Posted by: Poonte May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सत्ते, सत्ते, धरो धर्म, झुटो बक्या भे मरिजाम्! रउसि पिम्न खोज्दा पानी नै भउन्, तरुणी ठानि आँखा झिम्काम्दा तन्नेरी परुन्! त्याँसि… चित्रेको तो हालत देखेर टिठै लाओ त नि मुलाई। “संसाराँ करोडौं तरुणीहुर छन्, चित्रे, ति ठुली एउटीलाई पात्तेको जिम्मालेले मुई खाम भन्दैमा क्यार्न मर्न खोज्नि हो र? तै नि कुरोको निधो ला’छैन के रे, म जाँदै छु ठुली काँ, अन्खेरुन गाँठी कुरो के रच था’ पाम्लाम नि! खुट्टा दरो हुन्जेल जुत्ता जति नि पाईन्च के रे, किन पिर मान्छौ?”, भुनेर सम्झाम्न खोजें। “पुन्टे दाजी, खुट्टा भ’र मत्र क्यार्नु? आफूले चाहेको जस्तो जुत्ता काँर भनेको बेलाँ पाईन्च र? मुईले चाहेको जुत्ता त ठुलीको गाला जस्तै राता राता रंगको, तो जुत्ताको झट्टारो खाँदा नि ठुली कै हात गालाँ चड्के जस्तै भान हुनि, ला’र हिँड्दा नि ठुलीले गोडा मिचै जस्तै अनभव हुनि, फुलाकेर राख्दा फीरि कैले लाम् कैले लाम् भर हुरुक्कै पार्नि…तेस्तै जुत्ता, बाटा होस् कि बाँसबारी…हो के रे! तै नि चिन्ता लिनु पर्दैन, पुन्टे दाजी, मु त भिराऽट हाम फाल्न ला’को होईन के रे, आर्को सालको ओलउपिसाँ भाग लिन लाई डैबिङ् परकटिउस अर्न ला’को मत्र हो” भन्छ, कठै! तो के जाति ओलउपिस, सोलउपिस, परकटिउस फिरकटिउस के हो बुझे बिद्दै नष्ट! तै नि, “मर्न नखोज्या भे क्यार्न बर्खां सेती उर्ल्या झैं अरि आँसु बगाम्छौ त नि?” भनेको, “ए! हावाले हानेर आयो जस्तो छ के रे” भन्देै हत्त न पत्त पुछे। जे होस, ठुली काँ ग’र रउसिको रउसि, पानीको पानी पार्छु, तेतिन्जेल तो के जाति डैबिङ् सैबिङ् नअरेर थपक्कै य्हैं बसि राख, म आई हाल्छु भुनेर कुदे ठुलीको घर तिर। म पुगेको आवाज सुनेछिन् के रे भित्रैआट, अनि, “बिर्खु?” भन्दै रमाउँदै हुत्तेर आई आगनैं। भो त अब? “बिर्खु”???? अरु बेलाँ त औधी मुया लाम्नि बुईनी हुन् के रे, अब त हो न हो जिम्मालेसंग केई चले जस्तो छ लाएर झोंक चल्यो। “अँ! बिर्खु? तेरो बिर्खु न सिर्खु। म त परें तरो बिर्खु सैतानको सेखी झार्नि यमु! लु, भन्, के हो कुरो? आफू भन्दा चार गुना जेठो बुढो पात्त्यो भन्दैमा आफू नि बौलाउन हुन्छ? वैंश चढ्यो? भन्या भे जेनतेनले जे जति भ्याम्छम्, जुरा’र डोली मै हालेर अन्माम्थिम् नि! के खान गामघर घरि आफ्ना सन्तानलाई जिम्मालनि बजैको स्रापले मुखै देखाउन नहुने अरि उई पातकी संग पोईला जान परो तँलाई?” भुनेर रिसको झोकाँ राक्षसै चड्या’ झैं अरि झपारें। क्वाँ क्वाँ रुन थाली ठुली। “हे, दैव! आफ्ने दाजुले नि यस्ता पाप सोंच्न थाले, बाबै! किन काल नआ’को हो मुलाई यै बेलाँ! दाजुको मुखाऽट यस्तै सुन्न बचाउने भगवानै दुढ्ट भएसि के लाग्छ मेरो? भओ! अब मुलाई बाँच्न छैन!” भुनेर डाँको छोड्दै खुकुरी तेर्साउँदै, “बरु मलाई काट्देऊ, पुन्टे दाई!” भनेर रानाको मचाई। बुईनि न परि, रिसको झोकाँ गाली अरे नि मुया ला’र आयो फिरि। क्यार्नु, क्यारनु, भो। बुईनीलाई काट भन्नि आग्रह मत्र आम्नु नि पूर्व जुनिआँ घोर पाप अरे कै हुन पर्च मुईले जस्तो लाओ। “भो, भो, ठुली, नरो नरो। गाम भरि के के हल्ला सुनेथिम् के रे, अन्खेरुन् रिसको झोकाँ बोक्सो बोले हो त्यो, म होईन, बरु भन लौ कुरो के हो? किन गाम भरि नचाईने हल्ला फैलियो?”। “खास के होईन, पुन्टे दाई। बिर्खे मात्तिन्छ कैले काईं, अनि दोहोरी खेल्दा खेल्दै मुलाई मुई खाने भन्दिए। तो कुरोको तील को पहाड बनाम्ने को र’छ, चिनेर बरु ते्लाई ठट्याउनुस, दाई” भनेर आणसु पुछ्न थाली। “अनि, के हो त ‘बिर्खु’ को कथा चईं?” अब, तपाईं कै बैनी परें, दाई। कैले काईं जिस्कन, जिस्काम्न रहर लाउछ। अनि हिजो तो दोहोरीआँ निकै रमईलो भ’थो के रे, तेसैले मेरो पाल नि जिस्कार बिर्खु बिर्खु भन्देथें। मेरो पछेउरी तेईं छुटे थो र उनैले ल्याईदिन्छु अइले भनेथे, तेसैले उनै आ’होलान् भुनेर फिरि जिस्काम्दै ‘बिर्खु’ भन्देको मत्रै। पोईलै जानु छ भुने तो छिप्पेका संग जान्छम् र हामी? हाम्रो नि ईस्टेन्डड् त छ नि! हाँरो आँखा फुट्या’ छ र तेस्ता पाकासंग लईन मार्नलाई? कठै, जिम्माल्नि बजैको नि कस्तो मुया लाउँछ।“ कुरो त केई होईन्च आखिरि। अब चित्रेलाई नि भन्नु परो, मास्टर्नी नानी र तिरु को दुर्गे पुजा नि भङ्ग अर्नु परो, जिम्माल्नी बजैलाई नि सम्झाम्न परो भुनेर ठुलीको हाते चियामा बेलाउती चोपेर खाईम् र हिँडिम् त्याँट। भिर निर पुग्छु त, चित्रे छैन!!!!!!! भिराऽट मुन्तिर हेरिम्, एक सुरले बगेको सेती मत्र देख्छु! चिट चिट पसिनै आओ मेरो चिल्लो खप्पराँ। आङ् सिरिङ्ग भो, ज्यान जिरिङ्ग भो। कुलेलाम् ठोकेर दुर्गेसोरीको थानतिर लागें। ढोके बन्द! हन, के हुन लाओ? “जिम्दै नर्क त पुगिनम् आफू?” जस्तो नि लाओ। फिरि हुत्तेर जिम्मालेको घर गईम् वरि परि, भित्र बाहिर, जिम्माल्नी बजे छैनन्, न जिम्माले नै देखा परो! सपनाँ उजाड नर्कै पुरायो कि के हो मुलाई भनेर आँखा मिचिम्, गाम त तेई हो। चोतारीआँ जाम के रे, राहुलदाई त होलान् नि चिलिम् तान्दै भुनेर ग’को, बल्ल बडेमानको सास फेरियो। सबै तेईं। भेला भ’र मास्टर्नी नानीले चैं कुरो के हो सुतीको सुती, सिफनको सिफन पार्न खोज्दै रैछे। लोउने मुन्छे जति एकातिर, अईमईहुर हर्कातिर बसेर अईमईहुरले केर्दै र’चन्। जिम्माले, चने, कुम्ले, र हरिलाई। राहुलदाई र चित्रे चईं साईडाँ बसेर तमासा हेर्दै र’चन। मेरो पाल नि बोल्दिएँ। “खेल ठट्टा हामी नि अर्छम्, रउसि हामी नि पिम्छम्, दोहोरी सोहोरी खेल्दा हामी नि मात्तिम्छम्। जिम्माले र मेरो त रगत के साईनो जस्तो हो, उ ज्सतो उरन्ठेउला, म नि उस्तै, तर मेरै बुईनीलाई ताकेर जिस्क्याम्न पर्छ त?” जिम्माले भन्छ, “जिस्क्याम्ने अरुकै बुईनीलाई त हो नि, पुन्टे बुढा, आफ्नै बुईनीलाई नि कसैले जिम्क्याम्छ त? अब, यसपालाँ तिम्रै बुईनी परिछन् त, क्यार्नु हाम्ले? तिम्रो पो बुईनी, हाँरो त होईन नि!” रे! चने र हरि खित खित हाँस्छ। चाला निको छैन तिनेरुको नि। कुम्ले चईं भर्खे‍रै भित्र्या’को जोईले था पाउली र उनको के हुने हो भुनेर होला, सातो गा’ झैं अरि टोल्लाई रा’थे। जे होस्, ठट्टै त र’च। रमईलो त अर्ने परो, तर अब देखुन्, यो दाईको कन्चेटाँ नभा’को कपाल उम्रने अरि टेन्सन सेन्सन नदिनु, चित्रेले झन्डै आफ्नै ज्यान ले’का, मास्टर्नी नानी, तिरु र दुर्गेसोरी माता को समय बर्बाद, राहुलदाई तेन्सन ले’र यसै त चिलिमे, झन् चिलिमे डुबेर खुस्केका, बिचार चईं अर्न परो भुनेर कुरो ठीक पार्दै थेम्, काँर डाउटर्नी नानी सहराँऽट छुट्टि मिला’र गाम पस्दै ठ्याकके आईपुगि। सबै कुरो बुझि, अनि जिम्मालेको नाडी छामेर तो के जाती कानाँ के हालेर पाईप जस्तोले जोडेका खै के हो ले उनको छातीआँ राखेर सुनि। त्याँसि डाउटर्नी नानी भन्छिन्, “अरु के होईन, जिम्माल बा लाई लभेरिया भन्ने रोग ला’ छ। सायद उनका दम्तरीहुर भउते र कुम्लेले हालसालै बिहे अरेकाले होलान्, ईर्ष्याले जलेर उनको मन उकुस मुकुस भा’ छ। जिम्मालनी बजै हुँदा हुँदै नि ईर्ष्या खप्न नसकेर बेला बखताँ आफ्ना मनका तिर्सना पोख्ने रहर जागेर आम्छ। बरु, जिम्माल्नी बजैलाई सौतेनी राख्दा केई फरक नपर्नि भए, यई गामको त मिल्दैन, अर्के गामऽट कोई खोजेर जिम्माल बा लाई तह लाईदिए सब ठीक हुन्छ। हेर्नुस, जिम्मालनी बजै, बेला बखताँ यस्तरी गाममा रनाको मचाम्न भन्दा, बरु जिम्माल बा लाई कान्छी भित्र्याउन दिए, तपाईंलाई नि सजिलो घरको काम सम्हाल्न, बुढेसकालाँ एउटी साथी नि हुने…” ओ हो! डाउटरनी नानी त गजब कि लाग्यो! “लौ, लौ, अरु कुरा तेस्तेई हो के रे, डाउटरनी नानी, कुरो सब ठीक भै हाल्यो, बरु तो के जाती कानाँ झुन्डा’र मेरो नि छाती सुनम्, मेरो नि नारी छामम् त! अलि अलि मुटु पोले पोलेऽऽऽ जस्तो भओ मुलाई नि!” भनेर म नि तम्सिएं।
Read Full Discussion Thread for this article