Posted by: Birkhe_Maila May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
सुचना! बिषय:- कुम्ले बिजुलि चोर नभएको बारेमा। आदरणिय गाउँलेहरु, हाम्रो अत्यन्त सोझो र अत्यन्त ...हैन हैन.. अलि अलि कालो कुम्लेलाई, यसै चौतारिमा पटक पटक बिजुलि चोरेको आरोप लागेको सन्दर्भमा, म केहि कुरा प्रस्ट्याउन चाहन्छु। गाउँलेहरु,मैले थाहा पाए सम्म र अरु गाउँलेले थाहा पाए सम्म कुम्लेले कहिले पनि बिजुलि चोरेको छैन। केहि महिना अघि मात्र माति सिस्नेरि गाउँमा बिजुलि लैजान राखेको ५-५ मिटर तार चोर्दा पनि सोझो कुम्लेले बिजुल चोरेन। घरमा खामो राख्ने काठ नहुँदा एउटा सिङ्गै बिजुलिको पोल उडाउँदा पनि कुम्लेले अहँ. बिजुलिलाई हातै लाएन। तसर्थ कुम्लेलाई बिजुलिचोरको आरोप नलाइदिनुनुन हार्दिक अनुरोध गर्दछु। बि्रखे माईला मिती रोज २ शुभम्।
Read Full Discussion Thread for this article