Posted by: CaMoFLaGeD May 7, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् चौतारीबासीहरु!! सबैलाई सन्चै होला क्यारे! आफ्नो नि ठिकै छ भन्न पर्यो, हैन र? चना ब्रो: के हो? कहाँबाट मेरो फोटो भेट्छौ बुढा तिमीले त्यसरी। त्यो बिजुलीको खम्बाबाट बिजुली चोर्न ला'थिएँ एक्कासी झिलिक्क गरेर के चम्क्यो चम्क्यो त्यो माथ्ला घरबाट, के रहेछ भनेर हेरेको त मेरो फोटो खिचेका रहेछन्। आँफु मान्छे कालो भएपनि अलि अलि त राम्रै छु, त्यहि भएर फोटो खिचेका होलान् ति माथ्ला घरका उरठेउली ठिटीहरुले भन्या त यी चना तरकारी बुढालाई दिन पो रहेछ। ल गाम्लेहरु मेरो फोटो नि देखिहाल्नुभयो। अब यो कालो सोझो कुम्लेलाई बिजुली चोर नभन्नु होला क्यारे!! :-) यी भुन्टे बुढा नि के कुरा गर्छन् बाबा! के भन्या त्यो 'धेरै दिनपछि झुल्किएउ' भनेर? बुढा फिट्टान भा'बेला मात्रै देख्दा रहेछन् मलाई, नत्र अरु अरुलाई हेर्दै फुर्सद हुन्न यिनको। :पि राहुलदाईलाई सलाम छ तारेमाम ठुल्नानी अरुलाई सोध्या छ भन्दिनु!! जदौ!!
Read Full Discussion Thread for this article