Posted by: gadha May 6, 2007
very relevand and good poem for nepali in USA
Login in to Rate this Post:     0       ?        
more kavitas (५) गणतन्त्रको खेती भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु दिदीले छोडेर गएको मुलुकमा सम्बिधानका पन्ना–पन्नामा फलेका गुलिया, चिप्ला र धारिला अक्षरहरू भोक मार्ने मकै–भटमास बन्न सकेनन् तसर्थ सुरु भएको छ गणतन्त्रको खेती । भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु आन्दोलनको हलोमा जुलुसका नाराहरु नारेर गल्ली–गल्ली, सडक र चोक जोत्दै जाँदैछन् फालि अडकाउँने दरबारका जग समेत जोत्दै जाँदैछन् सातसमुद्र पारी र छिमेकक फिरङ्गी-मोडलका ग्र्याण्डडिजाइन र रोडम्याप जोत्दै जाँदैछन् जोतेको सियो र खनेको चपरीमा आफ्नै रगतका वीउ हाल्दै जाँदैछन् यो महान खन्–जोतबाट कोही आतङ्कित छन् र एम्बेसीहरूका गोप्य प्राविधिक सहयोगमा बचाउका काला बङ्कर तैयार गरिरहेछन् तर गणतन्त्रको खेती गर्नेहरू बङ्करहरू पनि जोत्दै–जोत्दै जाँदैछन् भन्दिनु है Û पारिजात दिदीलाई भन्दिनु... सम्बिधानका पन्ना–पन्नामा फलेका गुलिया, चिप्ला र धारिला अक्षरहरू भोक मार्ने मकै–भटमास बन्न सकेनन् तसर्थ सुरु भएको छ गणतन्त्रको खेती (४) तिम्रो दरबार र हाम्रा घरहरु तिमीले सैन्यबलको बलियो आधार माथि बखतरबन्द टैंकहरुको पर्खालभित्र बन्दूक माथि बन्दूक थप्दै एउटा दरबार खडा गरेको रहेछौ । जहाँ, खुल्ला आँगनहरुमा हतियारधारी सैनिक जवानहरुले मार्चपास्ट गर्छन् बाग-बगैंचाहरुमा बम-बारुद मात्र फल्छन् र फुल्छन् विशाल ढोकाहरुमुनि आठपहरिया भारदारहरु तैनात छन् र बुट्टेदार झ्यालहरु हुँदै मात्र दमन र कर्फ्युको आदेशले ओहोर-दोहोर गर्छ । तिम्रो दरबारको भित्ताहरुमाथि ठूला-ठूला फ्रेमहरुमा हाम्रा खोस्सिएका मौलिक अधिकारहरु कैद छन् भुँइभरि चारैतिर हामीबाट लुटेको ढुकुटीलाई ओछ्छयाएको छौ र, बैठक कोठाका ठूला-ठूला शोकेसहरुमा हाम्रो स्वतन्त्रतालाई थुनेको छौ । ए राजन, पक्कै पनि तिमीले आफ्नो दरबारको खामाहरुलाई समयको प्रचण्ड मार देखि बर्बाद हुनबाट जोगाउन सक्ने छैनौं, तिम्रा दुर्गन्धित सपनाहरु चुहिंदै गरेका ती थोत्रा छानाहरु टाल्न सक्ने छैनौं र, तिम्रो विश्वासका जर्जर भित्ताहरुमा दरार पर्नबाट पनि रोक्न सक्ने छैनौं । यता हाम्रा घरका खामाहरुमा हाम्रा गतिशील खुट्टाहरु काँमेका छैनन् हाम्रा मुटुका कोठाहरुमा जोश र चेतनाले डेरा बसेका छन् र, हाम्रो जनआन्दोलन को यो घरलाई हामीले अझै बढी बलियो बनाउँदै छौं ।
Read Full Discussion Thread for this article