Posted by: anugaman May 6, 2007
Tribute to Shiva Shankar: (1989 - 2061 B.S.)
Login in to Rate this Post:     0       ?        
मानन्धरले कला र संगीत क्षेत्रमा पा“च दशक लामो समयसम्म योगदान दिनुभएको थियो । उहा“ वि.सं. २००८ मा कोइलीदेवी, नातिकाजी, पन्नाकाजी, हर्रि्रसाद रिमालस“गै रेडियो नेपाल प्रवेश गरी २०४९ सम्म कार्यरत हुनुहुन्थ्यो । कोलकातामा रर्ेकर्ड गराएको 'यो खोलाको पानी, एउटा रुमाल धु“दैमा दिन जाने' बोलको पहिलो गीतबाट उहा“को सांगीतिक यात्रा सुरु भएको थियो । उहा“का 'म मरे पनि मेरो देश बा“चिरहोस्,' 'ए गगनकी सुन्दरी,' 'बर्बाद जिन्दगीमा' जस्ता गीत लोकप्रिय छन् । 'आधुनिक संगीतको विकास र पर््रवर्द्धनमा उहा“को प्रमुख भूमिका रह्यो,' सहकर्मी गायक प्रेमध्वज प्रधानले भन्नुभयो । मानन्धरले तेह्र सय गीतमा संगीत दिनुभएको छ भने करिब तीन सय गीत गाउनुभएको छ । 'उहा“का गीतहरू चालीस वर्षघि जस्तै सदाबहार छन्,' लामो समय रेडियोमा स“गै काम गरेका गायक योगेश वैद्यले भन्नुभयो । इन्दिरा कलानिधि संगीत महाविद्यालयबाट स्नातक मानन्धर स्वदेशमा निर्मित पहिलो नेपाली चलचित्र 'आमा' का नायक हुनुहुन्थ्यो । चलचित्रमा संगीतसमेत उहा“ले नै दिनुभएको थियो । उहा“ले 'मनको बा“ध,' 'कुमारी,' 'पच्चीस वसन्त' लगायत आधा दर्जन चलचित्रमा संगीत दिनुभएको छ । 'उहा“ कला क्षेत्रका प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो,' चलचित्र 'आमा' की नायिका भुवन चन्दले भन्नुभयो । रत्न रेकर्डिङ संस्थानका अध्यक्ष र महाप्रबन्धकसमेत रहेका मानन्धर दर्जनौं पुरस्कार तथा सम्मानबाट विभूषित हुनुहुन्छ । एक साताअघि मात्रै उहा“लाई नेपाल टेलिभिजनले 'नातिकाजी स्मृति सम्म्ाान' प्रदान गरेको थियो ।
Read Full Discussion Thread for this article