Posted by: ss7eleven May 6, 2007
Pradeep Nepal's Great JOB ???
Login in to Rate this Post:     0       ?        
धाराप्रवाह कलम चलाउन सक्षम प्रदीप नेपाल धाराप्रवाह जीब्रो चलाउन पनि सक्षम रहेछन । कलमको माध्यमले माओवादीका कृयाकलापमाथि प्रश्न चिन्ह उठाउनु हुने उनले शिक्षा मन्त्री भएपछि भने जीब्रोकै मार्फत विचार प्रवाहलाई बढाउने प्रयास गरेका रहेछन। व्यस्तताको यस समयमा कस्ले स्तम्भ लेख्दै गरोस र हैन त? बरु बेतुके अन्तर्वार्ता दिने अनि मातृभाषाको विरोध गर्ने नी। नेपालीहरु अन्य नेपालीहरुका मातृभाषाको किन विरोध गर्छन-यो मैले कहिले बुझ्न सकिन। हुन त स्व.डा. हर्क गुरुङ्गले पहिले लेखिसकेका थिए, भाषा वाहुनवादको हतियार हो भनेर र नेपालमा मन्डले राष्ट्रवादलाई वलियो बनाउने मतियार हो भनेर। धेरै दम छ स्व. गुरुङ्गका तर्कमा किनभने नेपालीपनका नाउँमा नेपाली राम्रोसँग बोल्न जान्नेहरु मात्र नेपाली हो भन्नेहरुको ठूलो जमात अहिले हाम्रो विचमा छ। वाहुनवादलाई जीवन दर्शन बनाएका यि तत्वहरु ठाडै भन्छन तँलाई नेपाली बन्नु छ र भनाउनु छ भने नेपाली बोल र ठेट नेपाली बोल । वाहुनवादीहरु त्यसैले भन्छन के मातृभाषामा शिक्षा लिने बरु अँग्रेजी पढ न । वाहुनवादीहरु र कम्युनिष्टहरु फरक हुन । वाहुनवाद मनुवादलाई जीवन दर्शन र राजनैतिक दर्शन मान्छन भने कम्युनिष्टहरु भने मार्क्सवाद, लेनिनवाद र माओवादलाई आफ्नो जीवन दर्शन हो र राजनैतिक दर्शन हो भन्छन। द्वन्दात्मक भौतिकवादले आध्यात्मवादलाई कहिले स्विकार्दैन र फलस्वरुप सामाजीक सँस्कारमा रुपान्तरण भएका हिन्दुवादको वर्णभेद र जातीभेदलाई पनि कहिले स्विकार्दैन। समानताप्रेमी कम्यनिष्टहरु सबैलाई बराबर ठान्छन र मान्छन। तर, आफुलाई कम्युनिष्ट भनाउन चाहने एमालेका नेताहरु भने अहिले भकाभक वाहुनवादका प्रवक्ता रुपमा देखिएका छन। काठमाडौँ जिल्ला एमालेका सचिव रामेश्वर फूँयाल होस या शिक्षा मन्त्री प्रदीप नेपाल-दुबै वाहुनवादका एजेन्डाहरु अगाडी सार्दैछन। रामेश्वर फुँयाल भन्छन काठमाडौँमा नेतृत्व लिन सक्ने गतिला नेवारहरु छँदै छैनन अनि के खाएर काठमाडौँका सात वटा क्षेत्रिय समिति मध्येमा कतै जितोस त। एमाले समानुपातिक प्रणालीको बखान गर्दै थाक्दैन तर रामेश्वर फुँयाल भन्छन चुनाव जित्न नेवारहरु लायक हुनुपर्छ। फर्जी कम्युनिष्टहरु मजाले बिर्सदैछन सक्षमता र समानुपातिक प्रणालीमा के साईनो छ भन्ने। यता वाहुनवादी कम्यनिष्टहरु नेवारहरुलाई सीधै मुखमा थुक्दै छन, तर उता नेवार समूदाय चुपचाप छ। लाग्छ, एमाले नेताहरु काठमाडौँका नेवारहरुका ज्वाँई हुन र ज्वाँइसाहेवहरुका गाली सुन्नु यिनिहरुको बाध्यता हो । काठमाडौँका नेवारहरुका मूढता देख्दा यस्तो लाग्छ यीनिहरुको जन्म एमालेलाई भोट दिन र एमालेका वाहुनवादी नेताहरुलाई चुनाव जिताउन मात्र भएको हो। यसै कारण हो, आज प्रदीप नेपालले भन्न आँट गरेको- मातृभाषामा शिक्षा लिनु बेकार छ । मातृभाषामा शिक्षालाई प्रदीप नेपालले "बेतुक"का कुरा भन्नु उनको गल्ती होईन, यो उनका वाहुनवादी चिन्तनको हुँकार मात्र होईन- यो काठमाडौँका नेवारहरुका नालायकी कारण उब्जेको हर्षित वाहुनवादी घोषणा हो। रामेश्वर फुँयालका भ्रमित अभिव्यक्तिलाई कडा विरोध नगरेका कारण टाउको उठाउन खोजेको साम्प्रदायिक सोच हो। मन्डलेतन्त्रको दासत्वलाई कायमै राख्ने खोज्ने जातीवादी सोच हो। निसन्देह, सबैलाई ईष्ट मान्ने कम्युनिष्टहरुले हत्पति यसो भन्ने हिम्मत गर्दैनन। त्यो पनि जुनवेला भाषाशास्त्रीहरु भन्दैछन मातृभाषामा शिक्षा सर्वोत्तम हो। हामीले कहिले पनि नेपाली भाषाको विरोध गरेका छैनौँ। हामी सदैव भन्छौँ, नेपाली भाषा नेपालको पहिलो कामकाजी सरकारी भाषा हुनु पर्छ। यो नेपालको अदालती भाषा हुनु पर्छ। तर, अन्य नेपाली भाषाहरु पनि परिचलनमा आउनु पर्छ। मैथिली भाषीहरुले मैथिलिमा व्यवहार गर्न सक्ने परिपाटी होस र राई भाषीहरुले आफ्नो भाषामा गर्व गर्न सक्ने ठाँउ होस। कुरा यति हो नेपालीहरुले खोजेको । नेपालका कम्युनिष्टहरुले अवलम्वन गरेको निती हो सबै भाषाको जगेर्ना गर्ने। तर, नेपालका अधिकाँश कम्यनिष्टहरु भन्दा प्रदीप नेपाल आज फरक देखिएका छन र भन्दै छन मातृभाषामा शिक्षा लिनु बेकार छ। त्यसैले हामी भन्छौँ, प्रदीप नेपाल पनि फर्जी हुन-उनी फर्जी कम्युनिष्ट हुन। र फर्जी कम्यनिष्ट प्रदीप नेपाललाई अहिले शिक्षा मन्त्रालयबाट हटाउनु त्यतिकै जरुरी छ जती अन्य फर्जीहरुलाई अन्य सँगठनबाट हटाउन जरुरी छ। पृथ्वि नारायण शाहले नेपाल खाल्डो हान्नुको प्रमुख कारण मध्ये एउटा चाँहि उपत्यकाको सम्पन्नता हो रे। ईतिहासकारहरुले भनेको र कतै पढेको । पृथ्वि नारायण गए तर उनका विरासत र मानसिकता गएनन। पृथ्वि नारायणको विरासत जानेवाला छ तर पृथ्वीको खुनी मानसिकताको ठेकेदारी भने अझै कायमै छन । जीवनदर्शन नै काठमाडौँमा आलिशान भवन बनाउने सपना बोकेका मित्रहरुले भन्दा हुन, यो मूला काठमाडौँलेले हाम्रो खेदो खन्यो। यसो काठमाडौँमा घर के बनाउन लागेका थिएम, यस्ले भाँजो हाल्यो। तर, हामी भन्छम, लोकतन्त्रमा नेपाली सबैलाई नेपालभरि जहाँपनि बसोबास गर्ने अधिकार छ र त्यसमा हाम्रो पू्र्ण समर्थन छ। मधेशका नेपालीहरुले पनि मुस्ताँग र सोलुखुम्बुमा व्यवसाय गर्न सक्छन जसरी मुस्ताँगका नेपाली एनआरएनका अध्यक्ष हुन सक्छन। हामीलाई न मधेशीहरुसँग समस्या छ न मुस्ताँगका कुनै अन्य नेपालीहरसँग । तर, पृथ्वि नारायणका खुनि मानसिकतालाई पछ्याउँदै हिँडने र काठमाडौँका आदिवासीहरुलाई "युज" गर्दै आफ्नो राजनितिक स्वार्थ प्राप्त गर्ने र पछि असक्षम, बेतुके, नालायक भन्ने एमालेका वाहुनवादी नेताहरुसँग भने हाम्रो ठूलो विरोध छ । आफुलाई भोट दिए राम्रो र चेतनशील भोट नदिए असक्षम। के यो आफुसँग बसे ठीक नत्र बेठीक भन्ने वाहुनवादी प्रवृतीको सबभन्दा भद्दा र विकृत रुप होईन र?होईन, एमाले फर्जी कम्यनिष्टहरुका वाहुनवादी पार्टी होईन भने, फर्जी कम्यनिष्ट प्रदीप नेपाललाई मन्त्रालयबाट हटाम क्यार। यसका लागी पनि के काठमाडौँमा फर्जी कम्यनिष्ट प्रदीप नेपालको पुत्ला जल्नै पर्ने त? Posted by परिवर्तन at 17:32 Labels: परिवर्तन http://lokatantra.blogspot.com/2007/05/blog-post_05.html
Read Full Discussion Thread for this article