Posted by: Rahuldai May 5, 2007
Should Palace pay this bill?
Login in to Rate this Post:     0       ?        
ओरालो लागेको म्रिगलाइ सबैले खेद्छ, ज्ञानेर उनका सन्तानलाई अहिले त्यस्तै। हुन त देशै चुसेर अकुट् सम्पति जोडेकाले त्यति बिल त तिरि दिनु पर्ने हो। कर्तब्य बोध भएको भए देशको यो हाल् किन हुन्थ्यो नि? राजा साहेबको दम्भ अझै छन्। नेपाली सेनाले पहरा दिएको महलमा लाइन काट्ने कस्को हिम्मत? प्रचण्डले सात फेल रातो फेत्तावालहरुलाई भाषण गरे जस्तो सजिलो छ र देशमा काम् गर्न। भक्तपुर को पुरानो शहर भित्रका कुन चाहिले बिजुलीको वास्तबिक महशुल तिरेको छ र? त्यो पनि आज मात्र हो र युगैं युग देखि। पाटनको भित्री शहर र रिङ् रोड् बाहिर् को पुरानो वस्ती भएको गाउबस्तीमा कस्ले पैसा तिरेको छ, न्युनत्तम महशुल भन्दा बढि? त्यस्तै हाल कीर्तिपुर् को। अनि उपत्यका बाहिर्को हाल त त्यो भन्दा कहाली लाग्दो छ। सबै भन्दा बढि बिजुली खपत हुने उद्योगमा हो, १० % ले पनि सक्कली बिल तिरेका छैनन्। त्यसैले म भन्छु क्या जोडि मिलेको, राजा बिजुली चोर्, जनता बिजुली चोर्, किन यस्तो ठुलो स्वर्?
Read Full Discussion Thread for this article