Posted by: chipledhunga May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
गाम्ले हो, मध्यरातको जदौ। दुर्गे, कसरी बयान गरु धकायोको सागको? अन्नपूर्ण आधार शिविर जाँदा मात्रै थाहा पाएको हो यसको बारेमा। दाल भातसँग तेसको साग खाइयाथ्यो, मिठो भाथ्यो। त्यो क्षेत्रमा धेरै चोटि गएँ तर आधार शिविर नजिकको क्षेत्र बाहेक अन्यत्र त्यो साग देखेको छैन। लौ, हजुरलाई चढाएको छु त्यो साग, पकाइ र चखाइ कष्ट गरी comment कष्ट गर्नु होला। मास्टरनी, मसँग के निउरो माग्या? माग्नुस् न आफ्नो विद्यार्थीहरुसँग, तिरुलाई मिठाइ चोर्न लाए जस्तै। नभए दुर्गे मातासँग पानि मागे होला, तर एक रुपैयाँ भन्दा अलि बढी चढाउनुस्। भुन्टेको कुरामा नलाग्नु है कोही पनि। Hawaii बस्ने मान्छे, भुइकट्टर र sea weed बाहेक अरु बिरुवा चिन्दैन होला अनि घाँस खुवाउन लागेको आरोप लाउँछ। रामाचन्द्रे, धन्यवाद बोटनिस्ट्को दर्जा देकोमा। figure बनाउनुको गार्होले ISc देखिन् biologyको मुख हेर्या थिन तैपनि घाँसमा पी एच् डि कमाइेछ ठुल्दाइ, मैले बजार भाउ सम्झिने पनि त्यही ४०-४२ सालदेखिको हो। त्यही बेला र अहिलेमा नै कतिको अन्तर छ। ३० रुपैयाँ किलोमा खसीको मासु र २ रुपैयाँमा पाउरोटी किनेको, अनि ५० पैसा बस भाडा तिरेको सम्झिन्छु। भर्खरै नेपाल गएको बेला खसिको मासु ३५० अनि बस भाडा ९ रुपैयाँ पुगेको रहिछ। नेप्चिको चाँही राती राती मात्रै फुर्सद् हुन्छ कि कसो? लौ सुत्न गएँ अब त। जम्मा ३ वटा बियरले झुम्म पार्ने भएछ। जवान चाँदा सिक्स् प्याक खाँदा नि पुग्दैनथ्यो। लौ शुभरात्री सबैलाई।
Read Full Discussion Thread for this article