Posted by: chanaa_tarkaari May 4, 2007
Ph.D in Japan
Login in to Rate this Post:     0       ?        
Thanks koirala baje for bringing those articles and the blogsite into attention. I just visited http://lokatantra.blogspot.com/2007/05/blog-post_03.html and I felt that KB does have no feel of shame on what he has done wrong. ------------------------------------------------------------------------ एनआरएनः ईमान्दारको या फटाहाहरुको? फर्जी काम भनेको आफ्नो मर्जीले ढाकछोप गर्न नसकिने रहेछ। फलानोले पनि गर्यो त्यसैले मैले पनि गरेँ भन्ने जस्ता डा.(अहिले) कुमार बस्नेतका बेतुकका कुराले फर्जी चरित्रको वेवकुफीलाई झन टडकारो रुपमा देखाउने रहेछ। फलस्वरुप,डा. कुमार बस्नेत जस्ता फर्जीहरुलाई ससम्मान पदमा बहालै राख्न सहयोग गर्ने र समर्थन गर्ने ख्यातिप्राप्त, धनाढ्य एनआरएनका नेताहरुका गतिविधि र व्यक्तित्वमा पनि शँका उत्पन्न हुने रहेछ। जापान भित्रकाले मात्र होईन बाहिरकाहरुले पनि सुनियोजित रुपमा यस फर्जीलाई बचाउँदै हिँडेका रहेछन। फलस्वरुप, आज फर्जी डा.कु. बस्नेत गन्दैछ कुन कुन देशमा विदेशिएका नेपालीहरुका प्रकाशनले मेरो उपाधीलाई सक्कली भन्यो भन्दै। ठूलो अट्ठहास गर्दैछ फर्जी हेर मेरो विरुद्ध कसैले समाचार छापेन भन्दै र ठूलो अट्ठहास गर्दैछ फर्जी बेलायतकाहरुले मेरो प्रमाणपत्रलाई सक्कली भन्यो भन्दै। हामी भन्दैछौँ फर्जीका एउटा फर्जी कामले फर्जीका सबकुरा हरु फर्जी बनाईसक्यो। फर्जीका कुरा भन्दा विश्वासीलो त बरु लुते कुकुरको भुकाई छ अहिले। तथापि जति सक्दो हाँस्ने अधिकार भने फर्जीलाई छ है। आफ्नो समूहमा, आफ्नो प्रियतमा सँग र आफ्नो जमातमा हाँस्ने फर्जीहरुका पनि अधिकार छ। यदि भाडाका टट्टु र दलाल मन्डलेहरुले ताली पिटने हो भने फर्जीले हलै थर्काउन पनि सक्छ। दुई दिन अगाडी आफ्नै अनलाईन पत्रिकामा मैलै विध्यावारीधि गरेको छु भन्ने फर्जीको दावी दुई दिन पछि "क्षमा याचना"मा परिणत हुने र त्यसको दुईदिन पछि त्यो "क्षमा याचना" पनि अट्टहास र ललकार पो बन्ने स्थिति आएपछि हामीले पनि अब नयाँ ढँगले सोच्नु पर्छ। अब हामीले भन्नु पर्छ यो फर्जी, फर्जी रहेन, यो त अब फर्जी मात्र होईन, वहुरुपिया पनि हो। मित्रहरुले नै छट्याए हुन्छ अब, फर्जीको बहुरुपिया रुप भन्दा खतरनाक चीज अरु केही होला त। जस्ले विश्वासको हत्या गरिसकेको छ, जस्ले उपाधीलाई मागी खाने भाडँो बनाईसकेको छ र जस्ले सम्पूर्ण उपाधीधारीहरुकै बेईज्जत गरिसकेको छ, त्यसको अब केही पनि विश्वास छैन। हामी त फर्जीका नजिक पनि पर्दैनौँ, तर फर्जीकै नजिकका मित्रहरुले सोच्नु पर्छ, यस्तो धोखाघडी गर्नेले अब हरेक चिजमा धोखा दिनसक्छ । यस्तो फर्जीले अब पाईला‍‍-पाईलामा षडयन्त्र गर्न सक्छ। सँगै खाना खाँउ भन्दै अर्कै चीज पनि ख्वाउन सक्छ र यीनका घरमा भोजको सादर निमन्त्रणामा कुटील षडयन्त्र पनि हुन सक्छ । फर्जी उपाधिका लागी व्यवसाय र प्राज्ञिकतासँग बेईमानी गर्ने फर्जीहरु नैतिक रसातलमा मात्र भासिएका छैनन, यिनिहरु विश्वासको गहिरो खाडलको तल्लो सतहमा पनि पुगिसकेका छन । तसर्थ, फर्जीको अहिलेको तथाकथित सक्कली भनिएको कुरा पनि खोटो हुन सक्छ र झुटो हुन सक्छ। फर्जीले गर्न नसक्ने चीज अब केही छैन। झन बहुरुपिया भएपछि र नवरसका प्रत्यके रसका विमोचक भएपछि त यसले जुनसुकै रुप पनि धारण गर्न सक्छ। कराउन सक्छ, चिच्याउन सक्छ र धुरुधुरु रुन पनि सक्छ। र भन्न सक्छ मलाई विश्वास गर है, म खराब मान्छे होईन, म पनि समाज सेवक हुँ । हँसायो फर्जीले। एनआरएन जस्तो सँस्थामा फर्जीको उपस्थिति खतरानक छ। यो हामी होईन, नेपाली डियास्पोरा भन्दैछ। यसलाई नै काखी च्याप्दै राख्ने हो र यसकै पक्षमा तावेदारी गर्ने हो भने एनआरएन पूर्ण रुपमा फर्जी र बहुरुपियाहरुका सँगठन बन्न सक्छ। सत्य कुरा यही हो र तथ्य कुरा यही हो। धेरै सँस्थाहरुले फर्जी कामलाई ठम्याएका छन र फर्जी चरित्रलाई दुनियाँका सामु्न्ने उभ्याएका छन। महाशक्तिशाली राष्ट्र अमेरीकामा त्यहाँका एकजना राष्ट्रपतिलाई फर्जी काम गरेकै कारण सत्ताबाट घोक्रर्याईएको उदाहरण छ भने अर्को राष्ट्रपतिलाई ओभल अफिसमा गरेको कामका सँबन्धमा फर्जी बयान दिएकै कारण झन्डै-झन्डै हुत्याईएको छ। यसले के देखाउँछ भने सँस्थाको लागी व्यक्ति चाहे सर्वशक्तिमान राष्ट्र अमेरीकाकै सर्वशक्तिमान राष्ट्रपति नै किन नहोस, तिनिहरु पनि फर्जी छन भने घोक्रेठ्याकका हकदार बन्छन। तर, सत्तरी हजार कामदारका हाकिम र विकासवादी डा. उपेन्द्र महतोको अन्तर्रराष्ट्रिय समन्वय समितिमा भने सँस्था र सँस्थाको प्रतिष्ठाभन्दा पनि फर्जीहरुका सदस्यता नै महत्वपूर्ण हुने रहेछ। फर्जी हो यो! विश्वभरका नेपालीहरु भन्दै छन तर हाम्रा अग्रज डा. उपेन्द्र महतो भने कानमा तेल हाल्दै बसेका छन। ठीक छ डा. उपेन्द्र महतोलाई फर्जी चरित्र राम्रो लाग्छ र फर्जीलाई कायमै राख्ने ईच्छा छ भने हामी त्यो ईच्छाको पनि सम्मान गर्छौ। तर, डा. उपेन्द्र महतो, एकचोटी त भन्नुस एनआरएन ईमान्दारहरुको सँगठन हो की फटाहाहरुको?
Read Full Discussion Thread for this article