Posted by: Birkhe_Maila May 4, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
जदौ ठुल्दाई! यसो बेला बेलाँ भुराभुरि सँअ जिस्केर चाइन्जो कुरा अर्दा आफूलाई आफू नि सानै छु जस्तो जो लाउनि रेछ! अब गैसक्या बैँश फर्केर त क आउँथो र तै पनि बेला बेलाँ मन बुझा'र सानै छु अस्तो गर्दा रमैलो हुने के! लु अब हामि बुडा खाडा कुरो अरुम! अनि क्यारिँदै छ आजकल? सपै मेलोमेसो मिलिरा नै होला के रे? म चाईँ तल खटबिरेओ पसलाँ ग'र आको। एसो च्या तमाखु तान्न नि मिल्ने अनिखेर रिडियोमा गिद सिद नि सुन्न पाईने! तो फत्तेमानको गिद बजिरा' रेछ अइ सुनेओ कस्तो मन नि के जाति भारि भ'र आओ भन्या। तेई के हाउँरो पाला गिद - मर्न बरु गारो हुन्न, मर्न बरु गारो हुन्न तमरो माया मार्न सक्दिन धेरै धेरै बाटो हामि संगै संगै हिँडिसक्यौँ टाढा टाढा कता कता हामि दुबै पुगि सक्यौँ तर यसको अन्त्य यहिँ, भन्न अझै गाह्रो नै छ तिम्रो माया मार्न सक्दिन....
Read Full Discussion Thread for this article