Posted by: Rahuldai May 3, 2007
prachanda: hero or villian?
Login in to Rate this Post:     0       ?        
काम्रेड् प्रचण्ड र तिनका चम्चाहरुको लागुइ लेखिएको खुल्ला पत्र, मेरो संसार ब्लगमा पोस्ट् गरेको, संभवत उमेश जी प्रकाशित् गर्नु हुन्न होला, त्यसैले यहाँ पनि राख्दै छु। का प्रचण्डको भाषण भन्दा चर्को बोली यहाँ कमेन्ट् गर्ने कामरेडहरुमा देखियो। प्रचण्डको भाषणमा जनताको पक्षको कति कुरा छन्, केवल माओबादि र आफ्नो कुरा मात्र? माओबादि मात्र जनता हुन र, अरु उनीहरु सङ असहमत हुने जम्मै राजाबादी? वा गजबको तर्क गर्छन्, लेनिने र माओका सन्तानहरु। माओबादि चुप लाग्दैनन्, क्याबिनेट् भित्र बिस्फोटन हुन्छ रे, संसद भित्र बिस्फोटन हुन्छ रे। बिसफोटन् र ध्वंस बाहेक के गर्न जानेको छ र भन्न जानेको छ, का प्रचण्डले? जन युग्दको नाममा कति निर्दोषहरु को घाँटि रेट्नु भएको छ, काम्रेड्? कति हेड् सर् हरुको खुट्टा भाच्नु भएको छ, काम्रेड्? कति चेलि बेटिको बलात्क्रीत भएका छन् काम्रेड, कति को घर् गोठमा आगो लगाएर न्यानो तापेकाछौ , काम्रेड्? कति को खुट्टामा बर्माले प्वाल पार्नु भएको छ, कति को मुख ग्रिनेड् झुन्ड्याइ बिस्फोटन गर्नु भएको छ, काम्रेड्? हिसाब छ, तपाई सङ? गिरिजाको मन्त्रीमण्डल गएर भूल् गरे रे। कति भूल् गर्नु हुन्छ काम्रेड्? एक्लै क्रान्ति गर्ने दम्भ १२ बर्ष देखियो। के सात् दल सङको सहकार्य पनि भूल् थियो भन्नुस्, जनता मार्दिन भनेर दिएको झुठो र नौटंकी अश्वाशन पनि भूल् थियो? आफु सहित को अन्तरिम संसद पनि भूल् थियो? अनि मन्त्री मण्डलमा सामेल गराउ भनेर गिरिजालाई हत्ति गरेको नि भूल् थियो? त्यो भूल थिएन, फूल थियो। सरकारमा गएर जङली ब्यबहार् गर्नु र कानून न मान्नु भूल् थियो। पहिलो र अन्तिम कुरा के भने, सबै जनता माओबादि हुन् सक्दैन। गणतन्त्र भनेको कम्युनिष्ट् हरुको मात्र उद्देश्य र गन्तब्य होइन। धेरै छन् नेपाली जनता, माओबादिको , लेनिनबादि, मार्क्सबादि सङ बिमति राख्ने गणतन्त्रबादिहरु। अनि अन्तमा नेपालीको छिटो भुल्ने बानी छ, स्मरणको लागि यहाँ दोहर्याउंदै छु। २००१ जुन् ६ तारिक राजा बिरेन्द्रको हत्या पछि कामरेड् बाबुराम भट्टराइले कान्तिपुरमा लेख्नु भएको लेखमा ” स्वर्गिय राजा सङ हाम्रो कार्यगत एकता थियो”। त्यो कार्यगत एकता भनेको के हो? राजतन्त्र मास्ने कसम खाएका पार्टि को राजा सङ के को लागि गठबन्धन थियो? के राजाले मलाई देश निकाल गर भनेर का प्रचण्ड सङ सह कार्य गरेका हुन त? देश मा प्रजातन्त्र को अस्तित्वको लडाइ लड्ने अरु बिपक्षलाई ब्यबस्थित सफाया( कामरेड कै शब्दमा) गर्ने कुटिल षडयण्त्र त थिएन? किन कि का माओ कहिलेइ प्रजातन्त्रबादि थिएन, उ अधिनायकबादि नै थिए, जस्तो ज्ञानेन्द्र। यहि मूल् मन्त्रमा कार्यगत एकता भएको त होइन? सोच्न बाध्य भएको छ, काम्रेड। अस्तु!
Read Full Discussion Thread for this article