Posted by: chanaa_tarkaari May 2, 2007
एमाले र माओबादि एक होला त?
Login in to Rate this Post:     0       ?        
नेपालको राजनीति जति तन्काएनि नचुँडिने जति छप्काएनि नछिनिने अनौठो जिनिस जस्तो भएको छ । कहिले पञ्च र काँग्रेसको मेल, कहिले कम्निस्ट र राजाको मेल त पञ्चायत कालदेखि नै देखिआएम । बाहिर एउटा कारण भित्र अर्को कारण, धोखाधडिको माहौल आदिमा त्यस्ता कुनै समिकरण पनि चीरस्थायी बनेनन । बहुदल पछि काँग्रेस र कम्निस्टका महत्वाकांक्षा र कमजोरीको फाइदा उठाउदै उनीहरुसित पालैपालो मिलेर नौटङ्की देखाउदै पञ्चेहरुले गर्नु मोज गरे । जम्मा २० थान जति सीट जितेर पनि सबैले पालैपालो मन्त्री पड्काए, मोजमस्ती गरे, धन कमाए, गर्नु गरे । बहुदललाइ भ्रष्ट र निकम्मा बनाउने काममा के काँग्रेस, के पञ्चे, सबैले इमान्दार होलान भनेर आशा गरेका कम्निस्टहरु पनि एकजुट हुदै बहुदल बदनाम बनाए । त्यसमाथि माओबादि युद्ध, इनिहरु पनि बाहिर जतिसुकै चर्को कुरो गरे पनि, कहिले राजदरबारसित मिल्ने, कहिले अरु कम्निस्टसित मिल्ने, कहिले काँग्रेससित मिल्ने, कहिले भारतसित मिल्ने, र एउटासित मिलेर अर्कोलाइ तह लगाउने रणनीति अपनाउदै सफल हुदै आए । पोहोरको जनआन्दोलन सिद्धिएपछि माओबादि र काँग्रेसको मेलमिलाप बिछट्टै चर्को भो । महरा र सिटौलाले खुसुखुसु अरु कसैले मिलाउन नसकेको समस्या छु‍-मन्तर गरेरै मिलाए जस्तो देखिने । माओबादिले ७३ सीट सांसद र ५ थान मन्त्री र झण्डै १ अरबको बजेट पाएपछि फेरि एकाएक माओबादि र एमाले नजीक भए । अब हुँदा हुँदा पार्टी एकिकरण रे, के यो सम्भव होला? पार्टी एकिकरणको पछाडि कस्ता कस्ता बदनियत लुकेको होला? माओबादिको जण्ड शैलि र एमालेको लोसे शैलिको फ्युजनले के त्यो पार्टी सफल होला? कि एकिकरण गरेर आफ्नो छविमा लागेको अजम्बरी रगतको दाग मेटाउने रणनीति अनुरुप प्रचण्ड-बाबुरामले गरेको चालबाजी पो हो कि? कि द्वैध चरित्र र नेतृत्त्व असक्षमताले खिइदै खिइदै गएको एमालेलाइ फेरि एकपल्ट ठूला ठूला आमसभाहरुमा भाषण गर्ने लोभले गाँजेको पो हो कि ? नत्र अहिले कम्निस्टहरुसित परम्परागत आरोपहरु र डरहरु त्यति भएजस्तो लाग्दैन । पञ्चेहरु त आमसभा गर्न समेत नसक्ने हैसियतमा पुगेका छन, काँग्रेस पनि सशक्त छैन, न संगठन, न सञ्जाल, न सन्तुष्ट कार्यकर्ता, न बैचारीक नेतृत्त्व, न सरकारी आडभरोसा । काँग्रेस राम्रो भएर काँग्रेस समर्थक बनेको भन्ने भन्दा पनि कम्निस्ट मन नपरेर बिकल्प फेला नपरेकाहरुले धानेको छ काँग्रेसलाइ । उहि रामभरोसे तालले चलेको काँग्रेस । तर कम्निस्टहरु भने संगठन छ, पैसा नि छ, कार्यकर्ता नि छ, जनतासित गर्ने मुद्दाहरु नि छ, सरकारमा संसदमा सडकमा घरघरमा कहाँ पहुँच छैन तिनिहरुको अहिले? यस्तो शसक्त अवस्था भएको बेला एकाएक यो एकिकरणको कुरो कसरी आयो ? लौ न कोहि बिद्वान मित्रहरु हो, बताइ दिन हुन्थो कि ?
Read Full Discussion Thread for this article