Posted by: sprakashp May 2, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
मीठा मीठा कविताहरु लेख्नु भएछ मित्रहरुले । यति राम्रा र मीठा मीठा सृजना गर्ने सर्जकहरुलाई मैले नेपाली साहित्यको योद्धा ठानेको छु । यी योद्धाहरुका लागि मेरो "एउटा योद्धाको खोजी !" कविताको छोटो र अन्तिम अंश यहाँ अर्पण गरेको छु । धन्यवाद एउटा योद्धाको खोजी ! जित्नु नै छ भने ठूलैलाई जितौं जित्दा जीतको मजा होस् जित्नु नै छ भने बलियैलाई जितौं हार्दा पनि हारको लज्जा नहोस् जित्नु नै छ भने एउटा योद्धालाई नै जितौं जुन योद्धासँग हारे पनि केही जितियोस् अनि त्यो योद्धासँग हारे पनि केही सिकियोस् ।
Read Full Discussion Thread for this article