Posted by: Koirala_baje May 2, 2007
Ph.D in Japan
Login in to Rate this Post:     0       ?        
It is hitting headlines of nepalese blogger in japan. मन्डलेको मानवीय त्रुटी स्वच्छ छविका व्याख्याता र प्रयोगकर्ता महाराज ज्ञानेन्द्रले बुझ्नु पर्ने हो के-कस्ता कारणले २३८ वर्षको राजतन्त्र अहिले नेपालमा निलम्बित हुन गएको छ। राजा ज्ञानेन्द्रको एकल चश्मामा उनी जहिले पनि ठीक छन। उनले कहिले पनि मानवीय त्रुटी गरेका छैनन। जे पडकनु थियो त्यो पडकियो-कुरा खलास। तर, जनताले भने त्यसरी नसोच्ने रहेछ। जनताले बुझ्ने काईदा चैँ फरक हुने रहेछ। जनताले सोच्ने रहेछ पडकिँदा कस्ले फाईदा पायो। पुरा परिवारनै सखाप हुने गरि पडकिनुमा ज्ञानेन्द्रको हात छ या छैन, त्यो हामीलाई थाहा छैन। तर, नेपालको राजनैतिक यथार्थता के हो भने महाराज ज्ञानेन्द्र प्रति लक्षित धेरै प्रश्नहरु अझै अनुत्तरित छन। राजा ज्ञानेन्द्रले बुझ्नु पर्थ्यो, अनुत्तरित प्रश्न थुप्रिएको बेलामा स्वच्छ छविको कुरा गर्नु हुँदैन भन्ने। तर, मन्डलेहरु हरेक ठाँउमा आफ्ना दुश्मनका रुपमा लोकतन्त्रवादीहरुलाई दागा धर्ने गर्दो रहेछन र जथाभावी बक्दै हिँडने रहेछन। लोकतन्त्रलाई बदनाम गर्ने प्रमुख हतियारका रुपमा यिनिहरुले व्यक्तिगत चरित्रलाई नै दाग्ने रहेछन र भन्ने रहेछन फलानोको छवि स्वच्छ छैन। फलाना चरित्रवान होईनन, दुष्चरित्र हुन । फलाना ईमान्दार होईनन, भ्रष्ट हुन । फलानाको वाउ कहाँ आन्दोलनमा परेर लोकतन्त्रका लागी जेलमा गएका हुन र? तिनि त भ्रष्टाचारका मुद्दामा पो जेलमा खाँदिएका हुन । फलानाले भ्रुण हत्या गरेको थियो, फलानोले भर्खरको मूनालाई पाशविक बलात्कार गरेको थियो । आफै न्यायाधिश, आफै वकिल र आफै अभियोगको शाक्षि । गर बदनाम लोकतन्त्रलाई गर बदनाम लोकतन्त्रवादीलाई। पैसावाल र पहुँचवाला मन्डले नै भएपनि तिनका भनाईलाई मान्ने र समर्थन गर्ने चेतै काँग्रेशीहरु पनि हुँदा रहेछन र बक्दै हिँडने रहेछन, ए भन तँ पैले के थिईस । आफ्ना फुफाजुका काला धन्दा नदेख्ने चेतैहरु, अन्यका फुफाजुलाई जथाभावि भन्दा रहेछन र आफ्ना भिनाजुको करतुत नबुझेकाहरु अरुका भिनाजुलाई पो अपराधि भन्दा रहेछन। अनि, मानवतस्करीको सँजालमा फसेका विध्यार्थिहरुका ई-मेल भने यि चैतै काँग्रेशी र मन्डलेहरुका लागी ठूलो वरदान बन्ने रहेछ-दागा धर्न, स्वच्छ छविको वखान गर्न र दाग लगाउन। वास्तविकता यहि हो, जापानका मन्डलेहरुले चलाएको स्वच्छ छवि अभियानको । सत्य यही हो, लोकतन्त्रवादीले भोग्नु परेको नियतीको । तर, आज मन्डले नाँगो रुपमा खडा छ, तर पनि समाज चुपचाप बसेको छ । लाग्छ समाजलाई केही मतलबै छैन । अपराधी त ति हुन जस्ले राम्रो प्रगति गर्दै रहेको मान्छेलाई अप्ठेरोमा पार्यो। राम्रो प्रगति गर्नेहरुलाई अप्ठेरोमा पार्ने कामलाई कहाँ ठीक मान्छ यो समाजले। समाजलाई शुद्धिकरण गरिएको छ, तर पनि भन्दैन समाज यो शुद्धिकरण हो र यो विकृतिको वहिस्करण हो । नसकेका भए भन्थे होलान समाजले तँ जस्ताले के सक्नु। न तेरो चरित्र ठीक छ, न तेरो व्यवहार। तँ मर्नु र बाँच्नु बराबर छ। हुन पनि हो, पैसा नहुने, सँबन्ध नहुने र सँपर्क नहुनेहरु धेरैलाई जीवन निरस छ र निरर्थक छ। त्यसैले मन्डले नै भएपनि, फर्जी नै भएपनि पैसा छ भने हामीले भन्नु पर्छ उ मन्डले हो तर पनि उस्लाई धेरै गाली गर्नु हुँदैन। भन्थे सबैले, हामीले मन्डलेलाई वाँच्न दिनु पर्छ किनभने उ पहिले मानव हो । त्यसमा हाम्रो सहमती छ । तर, पढे-लेखेका मान्छेले नक्कली उपाधी बोक्दै हिँडदा पनि चुप लाग्ने हो र सानो गल्ती हो अब प्रश्न नउठाऔँ भन्ने हो भने हामीले अब धेरै ठाँउमा चुप लाग्नु पर्ने हुन्छ । निमहकिमले मान्छे मार्दा पनि हामी चुपचाप लाग्नु पर्छ र खलासीले बस घोप्ट्याउँदा पनि हामी चुपचाप लाग्नु पर्छ । अरु त अरु, गिरिजाका पियनले प्रधानमन्त्रिका कुर्सीमा बस्दा पनि हामी चुपचाप लाग्नु पर्छ । सफा गर्दा बस्यो होला, यार के टेन्सन लिने सानो मानवीय कमजोरी मात्र हो भन्दै । अनि आफुलाई लोकप्रिय अनलाईन पत्रिकाका तथाकथित सम्पादक भनाउँदाले भारत र चीनमा भन्दा नेपालमा अर्बपतिहरु बढे भन्दा पनि हामी चुपचाप लाग्नु पर्छ । किनभने यो लोकतन्त्रवादीहरुबाट भएको महागल्ती होईन, यो त एउटा विकासप्रेमी बिलियनरबादी मन्डलेको सानो मानवीय त्रुटी मात्र हो। टेबुलमा डेटा सार्दा हुन गएको सानो मानविय त्रुटी। गरिसक्या छ, अब प्रश्न नउठाऔँ किनभने यो मानविय त्रुटीले मात्र भएको हो । कति सजिलो छ-आफ्ना अपराधलाई लुकाउन र छुपाउन । कति सजिलो छ द्वैध मापदन्ड अपनाउन । आफ्ना समूहका रहेछन भने जोगाउनका लागी ज्यान दिने रहेछन । र त्यसैले नै थाहा दिने रहेछन अन्य मन्डलेहरु को-को हुन भन्ने । यदि कुनै लोकतन्त्रवादीले गरेको होस त, निस्किसक्थ्यो विशेष सम्पादकिय र भनिसक्थ्यो यो पहिले देखि यस्तै थियो। भनिसक्थ्यो यो जन्मजात अपराधी हो । यसले पाँच वर्षको हुँदा बगली मारेको थियो, दश वर्षको हुँदा विश्वज्योतीमा टिकट ब्लयाक गर्थ्यो, पन्ध्रवर्षको हुँदा छिमेकीको छोरीलाई करणी गरेको थियो र विस वर्षको हुँदा वानेश्वरमा छुरा हानेको थियो । यो जन्मजात अपराधि हो र यस्ताको अपराधलाई कुनै हालतमा पनि सानो ठान्न मिल्दैन । वास्तविकता एकातिर छ, तर पहेँलोवादमा हुर्केका र जन्मेका मन्डलेहरु पीतपत्रकारीतामा लागिसकेका हुन्थे र कार्यव्यस्तताका कारण यसो एक-दुई दिन ब्लग नलेख्दा पनि चिच्याईसक्थे हेर यो यस्तै घटिया भएको कारण यस्को ब्लग पनि कसैले ह्याक गरिदिएछ भन्दै । अभियानै चलाउँथे होला यी मन्डलेहरुले तालीवानी शैलीमा झुन्ड्याउनका लागी र भन्थे होलान अब यसको विउ पनि राख्नु हुँदैन । मन्डलेहरु आफ्नै दाजुभाईका त बिउ राख्दैनन अन्यका के कुरा । आफ्नो अपराधलाई लुकाउन जुन सुकै स्तरमा पनि झर्ने र अरुको मानमर्दन गर्न जे पनि भन्ने। यही हो मन्डलेहरुका द्वैद मापदन्ड । अरुका समाचार दिने तर आफ्नो दिनुपर्दा ह्याक हुने । हँसायो जापानको यस फ्राड मन्डलेले । source: http://www.lokatantra.blogspot.com/
Read Full Discussion Thread for this article