Posted by: Koirala_baje May 2, 2007
Ph.D in Japan
Login in to Rate this Post:     0       ?        
Continue hai. yo lekh haru ma ma dherai stariyata dekchhu . lagchha japan ma yo kura le tahalkai piteko chha. huna pani kura serious nai ho ni डा. उपेन्द्र महतो अगाडीका प्रश्नहरु एनआरएन जापानका पूर्व राष्ट्रिय सँयोजक तथा अन्तर्राष्ट्रिय समन्वय समितिका वर्तमान पदाधिकारी डा.(अहिले) कुमार बस्नेतको फर्जी कृयाकलापले एनआरएनको छविमा ठूलो आँच आएको छ। यस प्रकरण पश्चात एनआरएन फटाहा र फर्जीहरुको सँगठनको रुपमा देखिन थालेको छ। फर्जी काम गर्ने मान्छे अझैपदमै कायम रहनु र एनआरएन जापान भित्रका केही पदाधिकारीहरुका मिलोमतोमा "सामान्य गल्ती" मात्र हो भन्ने भ्रम पैदा गर्ने कोशीसले गर्दा नै आज एनआरएनको भविष्यमा प्रश्नचिन्ह उठेको हो। कुनै समाजसेवी सँस्थाले जहाँकुनै लाभको पद छैन र जहाँ कसैको जीविकाको प्रश्न जोडिएको छैन के समाजसेवीका नाममा धोखाधडीमा निर्लीप्त सँदिग्ध चरित्रका व्यक्तिलाई समाजसेवीको पगरीमा कायमै राख्न सुहाउँछ? नेपाली डियास्पोरामा उठेको ठूलोप्रश्न हो यो डा. उपेन्द्र महतोलाई । डा. कुमार वस्नेतको पि.एच.डी.प्रकरणपश्चात र एनआरएनले कुनै कदम नचाल्नुका कारण जनमानसमा कतै डा. उपेन्द्रमहतोको विध्यावारीधि पनि शँकास्पद त छैन भन्ने कुराहरु यदाकदा नसुनिएका पनि होईनन। हुन पनि हो, कसैलाई यदि केही लुकाउनु छैन भने र यदि अन्य कोहीपनि शँकाको घेरामा छैन भने डा. कुमार बस्नेतलाई तुरुन्त एनआरएनका सबैसमितिहरुबाट वर्खास्त गर्नु पर्ने हो। होईन, डा. कुमार बस्नेत विरुद्धको आवाज राजनैतिक पूर्वाग्रहले ग्रसित छ, र यो बदलाको भावनाले प्रेरित छ भन्ने पट्टी डा. महतो लगायत एनआरएनका अन्य दिग्गजहरुलाई कसैले पढाएको छ भने यसले झन खराब सँकेत दिनेछ नेपाली डियास्पोरालाई। यस्तो अवस्थामा स्वाभाविक रुपमा डा. महतो लगायत अन्य ठुल-ठुला उपाधि धारकहरुका उपाधिकै सँबन्धमा पनि प्रश्न उठन सक्नेछ । कुमार वस्नेत पि.एच.डी.प्रकरण अहिले मात्र अगाडी आएको कुरा होईन। जापानमा रहेको नेपाली डियास्पोराका अन्य सँगठनहरुमा यस मुद्दाले शुद्धिकरण मात्र होईन कायापलट नै गरिदिएको छ । पदका लागी हानाथाप हुने समाजसेवी विध्यार्थि सँगठनमा अहिले अत्यन्त क्षमतावान नेतृत्वहरु सहजै चुनिएका छन । न कसैको विध्न छ न कसैको वाधा । न कसैलाई सोझा-साझा विध्यार्थिहरुका ई-मेल प्रयोग गर्दै कसैले गाली गरेका छन न कसैले कसैलाई मन्डले नै भनेका छन । यदि लोकतान्तृकहरु जहिले पनि राजनिति नै गर्ने र पदको हानाथापमा लाग्दो हो त फेरी पनि झगडा हुनु पर्ने हो र फेरी पनि विवाद चुलिनु पर्ने हो। यी सवका अभावले के देखाउँछ भने पदका लागी हानाथाप, पदका लागी नातावाद र पदका लागी राजनिति गर्नेहरु मन्डले समूह मात्रै थियो । हो, यसै मन्डले समूहको प्रदुषणलाई हटाए पछि नै जापानमा रहेको नेपाली डियास्पोराको ज्वलन्त सँस्थामा कायापलट भएको हो। हामी सकार्छौँ, त्यस शुद्धिकरण प्रकृयाको नेतृत्व बहुमुखी प्रतिभाका धनी, मृदुभाषी लोकतान्तृक ब्यक्तित्व श्री अच्युत सापकोटाज्युले गर्नु भएको थियो। अच्युत सापकोटाजी लोकतान्तृक हुनु अनि उनका नेतृत्वमा प्रदुषणको सफाया हुनु र राजनितिबाट प्रेरित हुनु फरक कुराहरु हो। राजनितिबाट प्रेरीत भन्नेहरुले बुझ्नुपर्छ ज्ञानेन्द्रको जगजगी चलेको त्यो बेलामा जापान भरिका लोकतान्तृक विध्यार्थिहरुका नेतृत्व गर्ने अच्युत सापकोटाजी माथि नै केही शँकास्पद माफीयातन्त्रका मतियारहरुले हार्डकोर कम्युनिष्ट हो यो भन्दै ब्यापक रुपमा दुष्प्रचार र हमला गर्दै हिँडेका थिए । निरपराध नेपालीलाई माओवादी भन्दै सिधै गोली ठोक्ने ज्ञानेन्द्रको त्यो राजमा यस्तो राजनिति दुर्नियतले मात्र आउन सक्छ। यध्यपि, यस शुद्धिकरणको प्रकृयामा न अच्युत सापकोटाजीले राजनैतिक विभेदलाई प्रयोग गरे न कसैलाई निहित स्वार्थका लागी "युज" गरे। प्रयोग गर्यौँ हामीले त सिर्फ सत्यता र ईमान्दारीको। तत्पश्चात एनआरएन जापान भित्रैपनि हामीले यस कुरालाई जोडदार रुपमा नउठाएका होईनौँ। सँस्थाको कुरो पत्रपत्रिकामा आउनु अगावै र सँस्थाको सार्वजनिक बदनामी हुनु अगावै भित्रैबाट निमित्याऔँ भनेर हामीले सो कुरा अगाडी राखेका थियौँ । हाम्रो त्यो आवाज एनआरएनकै बृहत्तर हितको लागी थियो र सँस्थाको उद्देश्य अनुरुप पनि । तर, खुराफाती दिमाग भएकाहरु भने अप्रत्यक्ष रुपमा हामीलाई सुनाउँथे, "तँलाई त्यसले जीवन भर छोडदैन भनेर" । हामीलाई हतोत्साहित गर्न फलाना मित्रले तपाईलाई यसो भन्यो, उहाँलाई विश्वास नगर भन्थे। मानौँ, हामी सब रोबोट हौँ र सोच्न सक्ने र बोल्न सक्ने उनीमात्र हुन । हाम्रो आवाज उठेपछि मन्डले समूह व्यापक रुपमा कुमार बस्नेतको वचाउमा लागेका थिए र उल्टो फर्जी कामका विरुद्ध लाग्ने हाम्रै विरुद्ध षडयन्त्रका गोटीहरु फिट गर्दै हिँडेका थिए । एक फोनमा भनौँ वा एक फ्याक्समा टूँगो लाग्ने चिजलाई महिनौँ लगाए पछि हामीले बुझ्यौँ, यहाँ समूह नै लागेको छ वचाव गर्न र समूह नै लागेको छ ढाकछोप गर्न । पैसावाल, सम्पर्कवाल र सँबन्धवालहरुका लागी फर्जी र फ्राड कुमार वस्नेत हामी भन्दा प्रिय हुन गएका थिए र उल्टो हाम्रै खेदो खनिन थालिएको थियो। सत्य बोल्दा खेरी कसको खेदो खनिएको छैन र? मानव ईतिहासको नमेटिने पाटो हो यो। त्यसैले, डा. उपेन्द्र महतोले बुझ्नु पर्छ अब उनकै सँगठनमा आवद्ध र उनकै सँगठनका शुभचिन्तक कुनै व्यक्तिलाई हतास गर्न अनुसन्धानका नाममा महिनौँ झुलाउने समूहले राजनिति गरेको छ कि कुरा उठाउनेहरुले । हेक्का रहोस, डा. महतोलाई राजनिति गर्नेहरु मात्र जुम्सो झैँ पदमा टाँसिएर बस्छन। त्यसैले, बुझ्नु पर्छ डा. उपेन्द्र महतोले, एनआरएनको छविमा धब्बा लगाउनेहरु यिनै राजनितिवाजहरु हुन कि सँस्थाभित्रको कुरा सँस्थामै टुँग्याऔँ भन्ने हामी। यिनै कुरा हुन आज डा. उपेन्द्र महतोले बुझ्नु पर्ने यदि यिनी पनि फर्जी होईनन भने। डा. कुमार वस्नेतको उपाधिका सँबन्धमा कुरा उठाएर हामीले एनआरएन भित्रको गलत प्रवृतिलाई उजागर मात्र गरेका हौँ । हामी विश्वस्त छौँ, हामीले सही काम गरेका छौँ र अधिकाँस नेपाली डियास्पोराका भावनालाई प्रतिनिधित्व गरेका छौँ। यसका बाबजुद पनि हामि लाई दागा धरिन्छ र हामिलाई छोडदैनौँ भन्दै हिँडछन भने डा. उपेन्द्र महतोले अब झन स्पष्ट रुपमा बुझ्नु पर्छ कस्ता मान्छे रहेछन अहिले एनआरएन जापानमा र एनआरएन आईसिसीमा भन्ने । यिनै हुन डा. महतो अगाडी तेर्सिएका तर एनआरएनको भविष्यसँग जोडिएका प्रश्नहरु।
Read Full Discussion Thread for this article