Posted by: Koirala_baje May 2, 2007
Ph.D in Japan
Login in to Rate this Post:     0       ?        
ghumdai jada talako kura padhna paiyo. malai jayaj lagyo. hijo dekhi yo manchhe ko barema padhera ma dang dasai chhu bhanya. Upendra Mahato le pani PHD garya chha chhaina sankai chha hai. malai yo byapari haru ko ratibhar biswas lagdaina. NY ka mandale haru bata aajit bhaiya thiyo antarastriya mandale haru pani ekaek charcha ma aauna thale. mandale lai dadai kataidiu... एनआरएन: कारवाही गर्ने की विघटन गर्ने? के एकजनाको गल्तीकै आधारमा सम्पूर्ण सँगठनलाई नै दोष दिन मिल्छ र? अहँ, कुनै हालतमा पनि मिल्दैन। तर, पनि हामी आज एनआरएनको भविष्यका सँबन्धमा कुरा गर्दैछौँ र भन्दैछौँ यस्तै हो भने अब एनआरएन डुब्यो। निश्चित रुपमा, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका एकाध सदस्यले अनुसन्धानमूलक पि.एच.डी. समाप्त गर्नु अगावै डा. झुन्ड्याउँदै हिँडदैमा र फर्जीकाममा निर्लीप्त रहँदैमा सम्पूर्ण सँस्थालाई नै दोष दिनु गलत हुनेछ । एकल व्यक्तिको गलत कृयाकलापका आधारमा सम्पूर्ण सँस्थालाई नै दोष दिन पाईन्न । हामी यसमा पूर्ण रुपमा सहमत छौँ र यो हाम्रो पनि अडान हो । तर पनि हामी भन्दैछौँ, एनआरएन डुब्यो किनभने यहाँ न पारदर्शिता छ न चुस्तता। न यहाँ सर्वस्विकृत ब्यवस्थापनको प्रयोग छ न यहाँ सबैलाई स्विकार हुने व्यवहारको प्रयोग छ । यहाँ छ त फर्जी काममा लाग्ने गलत तत्वहरुलाई जोगाउन खोज्ने स्वार्थि तत्वहरु र तिनैलाई समाजसेवीको जामा पहिर्याउँदै बस्न चाहनेहरुका जमात । यसो नहुँदो हो त एनआरएनको राष्ट्रिय समितिको बैठकमा कुरा उठीसके पछि तदारुकताका साथ छानविनलाई अगाडी बढाईन्थ्यो र सत्य के हो त्यसको निरुपण त्वरीत रुपमा गर्दै दोषीलाई उचित कार्यवाही गरिन्थ्यो । यसको बदलामा सुनियोजित ढिलासुस्तीको जुन क्रम-उपक्रम देखियो, त्यसले आफ्ना मान्छेलाई जोगाउनु पर्छ भन्ने प्रवृतिमात्र उजागर गरेको छैन, कसै-कसैका निर्णय क्षमता र व्यावहारीकतामाथि पनि प्रश्न चिन्ह खडा गरेको छ । यस्तै, जुन हिसावले कार्यवाहीको प्रकृयालाई सँबन्धित व्यक्तिले उपाधि नपाउन्जेलका अवधिसम्मका लागी अगाडी बढाएनन, त्यसले स्पष्ट गर्छ यहाँ गुट-उपगुट छ र यहाँ गलतलाई सही बनाउन कोशिस गर्ने हरु छन। यस्तै अप्रत्यक्ष धम्कीका कुराहरु सुन्दा त यहाँ अरुका लाशमा आफ्नो राजनिति तताउन चाउने स्वार्थि तत्व पनि रहेका आभास हामीले पाएका छौँ। हो,डा.(अहिले) कुमार वस्नेतको पी.एच.डी.उपाधि प्रकरणले अहिले एनआरएनको धेरै कुरालाई छताछुल्ल पारेको छ । यहाँको कार्यपद्धतिलाई छताछुल्ल पारेको छ र यसको विश्वसनियतामाथि प्रश्न चिन्ह तेर्स्याएको छ । एनआरएन राम्रो सँगठन हो त्यसैले हामी यसभित्र मौलाएका विकृतिहरु केलाउँदै छौँ। यसको विश्वसनियता बढाउनु छ, त्यसैले हामी भन्दैछौँ विकृतिलाई फाल्नु पर्छ । तर, स्वार्थि गुटका कार्यपद्धतिलाई हेर्नुस त, बैठकमा उठेका एकल आवाजलाई त सुनियोजित तवरले घोती लगाईदिए-लगाईदिए । तर के अब वार्षिक साधारण सभामा उठेका आवाजलाई पनि घोती लाउने? के साधारण सभामा उठेको भूपाल मान श्रेष्ठको आवाज उनका ब्यक्तिगत स्वार्थका लागी थियो त? के विद्वान मित्र सूर्य पाठकको आवाज व्यक्तिगत रुपमा हमला गर्नका लागी थियो त? दुबै आवाज फर्जीहरु सामाजिक सँस्थाको नेतृत्वमा बस्नु हुँदैन भन्ने प्रति थियो। दुबै आवाज दागी चरित्रका सँलग्नताले सँगठनको विश्वनियता घटाउँछ भन्ने थियो। र दुबै आवाज एनआरएनको शुभचिन्तकहरुको आवाज थियो। तर, जहाँ पनि सुनियोजित रुपमा सेतोलाई कालो र कालोलाई सेतो बनाउनेहरु पूर्ण तयारीका रुपमा आउँदा रहेछन र भन्दो रहेछन, सूर्य पाठकले जस्तै म पनि हल थर्काउन सक्छु। बुझ्नु पर्छ यी फर्जी र फ्राडले कुरा आवाजको चर्कोपनको होईन, त्यसमा रहेको सत्यताको हो। बुझ्नु पर्ने थियो यी फर्जीले के भन्दैछन आज नेपाली डियास्पोरा भन्दै। सूर्य पाठकको आवाज साधारण सभामा गुन्जिएको डियास्पोराको आवाज थियो र प्रतिनिधित्व गर्दै थियो विश्वसनिय सँगठनका लागी डियास्पोराको चाहनालाई। एकल आवाजलाई जवाफ दिँदैमा के फर्जीले विश्वभरका नेपालीहरुलाई विश्वस्त तुल्याउन सक्छ अब? सुन्नु पर्छ फर्जीले के भन्दैछ अहिले नेपाली डियास्पोरा । आज नेपाली डियास्पोरा विश्वसनियताकै लागी भन्दैछन, यो घटीया काम हो, यो नैतिक पतनको पराकाष्ठा हो र सँबन्धित सँस्थाले यस्ता घटीयाहरुलाई तुरुन्तै घोक्रेठ्याक लगाउनु पर्छ। डियास्पोरा भन्दैछ यो सीगो नेपालको विश्वसनियताको प्रश्न हो र यस्ले जापानमा अध्ययन र अनुसन्धान गर्नेहरु तर्फ पनि विश्वासको सँकट पैदा गर्न सक्छ। गल्ती एकजनाको छ तर विश्वासको सँकट भने जापानभरिबाट अध्ययन र अनुसन्धान गर्ने तर्फ । हो, त्यसैले हो विध्यार्थि समाज र डियास्पोराको समाजले खुला रुपमा कार्यवाही गर्नु पर्ने यस्ता फर्जी काममा लागेका तत्वहरुलाई। र खुला रुपमा भन्नु पर्ने हामी यस्ता नैतिक हिसाबले कमजोर तत्वहरुलाई टाउकोमा राख्दैनौँ भनेर। र खुला रुपमा भन्नु पर्छ अब देखि तिम्रा फर्जी तर्क र फर्जी रोदन हामीलाई सुन्नु छैन भनेर। र खुला रुपमा सँगठनको विश्वसनियता बढाउनका लागी यीनलाई निष्काशन गर्नु पर्छ र घोक्रेठ्याक लाउनु पर्छ। तर, आफ्ना मित्रहरुलाई वचाउन उधतहरु भने भन्दैछन, होईन, अलिक मिष्टेक मात्र भएको हो तर पि.एच.डी त गरिसक्यो नि यार । बरु उल्टो हामीलाई सोध्दै छन र भन्दै छन, ए भाते के ब्लगीँग गर्दै वस्छस, पढ पढ सक्छस भने उहाँ जस्तै सक्कली "डा." हासिल गर अनि हामीसँग कुरा गर । कतिको दुष्प्रभाव छरिसकेको छ फर्जीको कामले, उनका त्यो मन्डले मित्रहरुलाई केही हेक्का छैन। तर, सदा झैँ एउटै निती अपनाउँदै छन फर्जी मन्डलेका मन्डले मन्डली । हिजो ज्ञानेन्द्रको फर्जी लोकतन्त्रका विरुद्ध यसो के कलम चलाएका थियौँ, डा. रमेश बैध्यका पालतु जन्तुहरु हामीलाई यसै भन्थै, "तँ, जापानमा पढन आएको कि राजनिति गर्न?" जब हामीले दब्न बन्द गरेनौँ, केहीले त माओवादीको नाममा गोलीको वर्षात गर्नु पर्छ पनि भने रे । मन्डलेका विचारवाणिलाई हेर्ने हो भने मान्छे जतिको एकाँगी अरु केही हुँदैन रहेछ । यिनिहरुका विचारमा विध्यार्थि भनेपछि पढने मात्र हुन्छन। विध्यार्थिले व्यापार पनि गर्नु हुँदैन, साहित्य पनि लेख्नु हुँदैन र ब्लग पनि लेख्नु हुँदैन। र यिनिहरुका घनटाउके मन्डले त झन डा. उपेन्द्र महतोकै अगाडी उफ्रँदो पो रहेछ, "विध्यार्थिहरुलाई कार्यसमितिमा राख्नु हुँदैन"। कतिको डराउँदा रहेछन मन्डलेहरु विचार प्रवाहको क्रमले भने विचारको स्रोत सुकाउन कर्तव्यबोध तर्फ पो लाग्दा रहेछन। तानाशाहीको दलालीगर्ने देखी मानवतस्करीसम्म लाग्नेहरुलाई विचार प्रवाहले जहिले पनि त्रस्त बनाउने रहेछ। झन रमेश बैध्य जस्ता एमआईटी र आईआईटी शिक्षित र दिक्षित प्राज्ञिक दलालहरु राजदुत हुने हो त, ठूल्ठुला विश्वविध्यालयबाट नाम चलेको अनुसन्धान गर्नेहरु पनि विचारप्रवाहलाई बन्द गराउन लाग्ने रहेछ। सँबेदनाहिन मन्डलेहरु रोगको औषधि र उपचारमा भन्दा रोगलाई लुकाउन पो लाग्दो रहेछन। विचार प्रवाह भन्छ नरोक्ने हो भने यो क्यान्सर जस्तै फैलिन्छ छ है। विचार प्रवाह भन्छ यसले एउटा खाडल खन्दैछ है। र बुझ्नु पर्ने थियो यी मन्डलेहरुले आज विश्वसनियताको ठूलो खाडल छ र यसका लागी सबैले एकजुट भएर कार्यवाहीमा लाग्नु पर्छ भनेर। तर, मन्डलेहरुका लागी विश्वसनियता भनेको त आफुले जे गरे पनि ठीक र अरुले गरे मात्र बेठीक हुने चिज पो रहेछ । मन्डलेहरुका विचारमा रोग देखाउनु भनेको आफ्नो मान्छेलाई ठेल्नु वा पेल्नु पो हुँदो रहेछ। दासता र गुलामीमा जकडीएका तथा कसैको जी-हुजुरीमा लागेकाहरुका चेतनाको स्तर शायद यतिकै हुँदो हो। अन्यथा, जापानका मन्डलेहरुले बुझ्थे होलान, विश्वसनियताको खडेरी परेको बखतमा धेरै कुरामा शँका लाग्ने गर्छ भनेर । मन्डलेहरुले बुझ्थे होलान आईन्दा देखि, कसैले ठूल्ठुला रकम चन्दा दिँदा पनि हाँसोको फोहरा छुटन सक्छ । नक्कली फर्जी धन्दाको सक्कली तुजुक त होईन भनेर। यस्तै बुझ्थे होलान अब देखि कसैले दीनदुःखीलाई भित्री हृदयदेखि चन्दा दिँदा पनि प्रशँसा नहुन सक्छ। किनभने विश्वसनियताको सँकटले चन्दा रकमलाई फर्जी धन्दाको कमाई हो भन्ने पार्न सक्छ। अनि कुनै समाजसेवी सँस्थाले साँच्चिकै समाजसेवी काम गरेको रहेछ भने पनि मान्छेले भेष्टेड ईन्ट्रेस्टहरु खोतल्न थाल्छन। कतिको विषालु छ विश्वासको सँकट भने हरियालीलाई पनि यसले उजाड मरुभूमिमा रुपान्तरण गर्न सक्छ। तर, चेतनाशुन्य मन्डलेहरुलाई यी कुनै कुराको मतलब छैन । बरु सँस्थाको विश्वसनियता भडखोलामा गए जाओस आफ्नो मान्छे भने जसरी पनि बचाउनु पर्ने रहेछ। निर्देशक सिद्धान्तलाई नै हेर्नो हो भने एनआरएनका लागी कोही पनि निर्विकल्प छैन। डा. उपेन्द्र महतो आफैले पनि कुनै दिन अन्तर्राष्ट्रिय समितिबाट राजिनामा दिन सक्छन या छोडन सक्छन किनभने यो सँगठन हो र उनका ठाँउमा काम गर्न सक्ने अरु भएमा सँगठन आरामले चल्छ। सँगठन चल्ने मान्छेले होईन विचारले हो। तर, मान्छेको विश्वसनियता भने यहाँको कसीमा जहिले पनि तौलीने गर्छ। हो, विचारले नै भन्छ सँगठनका सबैजना पदाधिकारीहरु विश्वसनिय हुनुपर्यो। तर, ठूल्ठुला डीँग हाँक्नेहरु फर्जी निस्कँदा, र त्यस्ता फर्जीहरु माथि कार्यवाही नहुँदा खेरी भने सँस्थालाई नै अविश्वसनिय बनाउने गर्छ। डा. उपेन्द्र महतो स्वयम विना एनआरएन चल्दैन भन्ने सोच मात्र पनि हामी राख्न सक्दैनौँ । तर, आनाकानी र ढीलासुस्तीको जुन रुप हामीले डा.कुमार वस्नेतको शैक्षिक उपाधिका सँबन्धमा देख्यौँ, त्यसले भने फर्जी उपाधीधारीहरु भने एनआरएनका लागी नभईनहुने हुँदो रहेछ। यदी फर्जी उपाधिधारी डा. कुमार वस्नेत जस्ता अहिले पनि आईसीसीमै बसिरहने हो र तिनका ढाकछोपमा एनआरएन लाग्ने हो भने, एनआरएनको औचित्य समाप्त हुन्छ र यसलाई विघटन गरेपनि खासै फरक पर्दैन। होईन, एनआरएन साँच्चिकै देश विकासमा लाग्ने सँस्था हो भने, आफ्ना निर्देशक सिद्धान्त अनुरुप हिँडनु पर्छ र फर्जी कार्यमा लागेका तत्वहरुमाथि तुरुन्त कार्यवाहीको थालनी गर्नु पर्छ। source: http://www.lokatantra.blogspot.com/
Read Full Discussion Thread for this article