Posted by: pire May 1, 2007
Let’s Honor UDIT NARAYAN
Login in to Rate this Post:     0       ?        
कुरो काँ सम्म साँचो हो कुन्नि, मैले सुने अनुसार कामनाको संपादक ले बेला बेला पैसा माग्ने, बम्बैमा गाबेला सम्मान खोज्ने, उदितको पोस बंगलामा मोज गर्न खोज्ने गरेछ। बिचरा सोझो उदितले शुरुमा त मागे जस्तो गरेछन, तर सधैं त कसले गर्न सक्छ र? अनि त तुरुन्त खेदो खन्न थालेछ। उसको पहिलो स्वास्नीको कुरो ल्याउने पनि उहि हो। हुनत त्यो पहिलाको स्वास्नीको केस मायालाग्दो छ तर हलिवूड बलिवूड तिर त्यस्ता बहुबिबाह गर्ने त कति छन कति। उदितको ठाममा म भाको भए त्यो बिहारि महिला आयोगमा जान्नथें हुँला, तर उसको त रोजीरोटी नै इण्डियामा कमाउनु पर्छ, नगएर के गरोस। के अमेरिकामा आयोगले बोलायो भने हामी जान्नौ र? नाकका चालले गैराख्या हुन्छम। बिचरा उदितको दुबै श्रीमति भारतिय (दिपा पनि भारतिय नेपाली हुन क्यार), आमा, मामा सबै उतै को भएपछि के गर्नु। तर सोझो उदितलाई त्यो बम्बैमा संघर्ष गर्न कति गार्‍हो भयो होला, कसरि यत्रो बर्ष त्यस्तो टपमा बस्यो होला, नेपालको त्यो पनि मधेसको मान्छे भनेर सोच्नु काँ छ, हामी किन उसको सानोसानो कुरो लाई लिएर खेदो खन्छौ? नेपालाँ बसेर हजारौं मार्ने प्रचण्डको जयजय गर्ने, या गरिब चुस्ने ज्ञानेको जयजय गर्नेहरुले त झन यस्तो कुरो गर्न सुहाउदैन। रियल्लि। अझै पनि नेपाल भने पछि हत्ते गर्छन उदित, नेपालि फिल्म बिकासमा उसको जस्तो योगदान कमैको होला, निर्माताहरुले फिल्ममा गित गाएको पैसा दिदा 'लाउनुस, घरमा छोराछोरिलाई मिठाइ लैदिनुस' भनेर फर्काउने समेत गर्छन रे। कति न्युयोर्क र डिसिमा बस्ने नेपालीले नेपालबाट अौनेलाई त्यसरि हेल्प गरेको सुनेका छौ? जे होस, अन्तमा, बिदेस गएर सफल भएर बस्ने हरेक नेपालीलाई मेरो हार्दिक बधाइ र शुभकामना। नागरिकता सागरिकता भनेको जुन देशको लिएर सफल भइन्छ लिनुस। तर नेपाल र नेपालिलाइ प्राउड बनाउने काम गर्नुस र अन्तमा , आफ्नो गाउंघर, देशलाइ हेल्प गर्नुस। सप्तरीको भारदाहमा अरु कति त्यस्ता युवाहरु छन, जसलाई उदितको प्रेरणा चाहिएको छ। त्यो गाउँ त्यसै पनि बिस्तारै बिपन्न हुदैगैराख्या जस्तो देखिन्छ। पर्सनल्ली, उदितब्रो भएर मेरो लाइफ बेट्टर चाहि भा'छ। मेरो सबभन्दा फभरेट गाना , अझै पनि, 'बल्ल बल्ल भेट भाको दिन, भेट भाको दिन, बोलाउदा नि बोल्दिनौ किन, माया बैगुनि, नभै नहुनि, हेहेहे, तिमि गयौ तर्केर फर्केर , म पनि आउदिन फर्केर' नै हो।
Read Full Discussion Thread for this article