Posted by: h1b May 1, 2007
Maoist Attached a Police Post!
Login in to Rate this Post:     0       ?        
FATAHA COMMUNIST HARU: माओवादीद्वारा प्रहरी शिविरमा हमला माओवादी कार्यकर्ताहरूले बांके र बर्दियाका दुईवटा प्रहरी इकाईमा हमला गरेका छन्। राष्ट्रसंघीय मानवअधिकार उच्चायोगले माओवादी कार्यकर्ताहरूको व्यवहार नसुध्रिएको गुनासो गरिरहंदा शान्तिप्रकृया शुरु भएयता पहिलोपटक माओवादीले सुरक्षाकर्मीको शिविरमा हमला गरेको समाचार आएको छ। बांकेमा हतियार सहितका प्रहरीहरूलाई नियन्त्रणमा लिएको र बर्दियामा सशस्त्र प्रहरी क्याम्प घेरा हालिएको बताइएको छ। भिडलाई नियन्त्रणमा लिन बर्दियाको कुसुम्बा बजारमा कर्फ्यु लगाइएको छ। माओवादीले चौकीमाथिको हमला आफ्ना कार्यकर्ताहरूद्वारा नभई स्थानीय जनताद्वारा भएको बताएका छन् । हमला गरिएका जनपद र सशस्त्र प्रहरीका इकाईहरू भारतीय सीमा क्षेत्रबाट हुने चोरी निकासी र आपराधिक गतिविधीहरु नियन्त्रणमा लिन स्थापना गरिएका थिए। वाँकेको बगौडा क्षेत्रको इलाका प्रहरी कार्यालयमा माओवादी स्थानिय कार्यकर्ताहरूको समूहले हमला गरेको जिल्ला प्रहरी कार्यालय वाँकेले जनाएको छ। हमलाका क्रममा पांच प्रहरी र चार थान हतियार पनि नियन्त्रणमा लिएर फर्निचरमा समेत आगजनी गरिएको थियो। ति सबै प्रहरी र हतियार माओवादी कार्यकर्ता नन्दकिशोर पाण्डेको घरमा फेला परेको र सबै सकुशल रहेको जनाइएको छ। बर्दियामा ८ दलीय सहमतिमा कुसुम्बा बजारमा स्थापना गरिएको सशस्त्र प्रहरीको क्याम्पलाई लगातार दुई दिनसम्म घेरी ढुङ्गामुढा गरी त्यहाँ रहेका प्रहरीहरूलाई क्याम्प छाड्न भनिएको थियो। सशस्त्र प्रहरी बसेको कपास विकास समितिको भवनमा यसअघि माओवादीको योङ् कम्युनिष्ट लिगका कार्यकर्ता र केहि सुकुम्बासी बस्दै आएका थिए। आक्रमण गर्नेहरू लिगका कार्यकर्ता र मुक्त कमैया रहेको प्रहरीको भनाई छ। स्थिति नियन्त्रणमा लिन उक्त ‌क्षेत्रमा मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । माओवादीले यी दुबै घटना आफूहरूले नगरेको बताएका छन्।
Read Full Discussion Thread for this article