Posted by: sumedhu April 30, 2007
Is it time to fire Katuwal and exile Gyane?
Login in to Rate this Post:     0       ?        
हामीले देखिसक्यौँ माओवादीले भने झैँ गरी उनीहरूको सबै माग पूरा गर्दै जाँदा केवल उत्तर कोरियन शैलिको तानाशाही कम्युनिष्ट राज्य नेपालमा स्थापना गर्न दिन जाँदैछौँ । अत: नेपालमा पश्चिमी मोडेलको लोकतन्त्र नै रखेर स्वतन्त्रता ,समानता र सामाजिक न्यायको राज्य स्थापना गर्ने नै हो भने सम्पूर्ण पक्षलाई समेटेर लानै पर्छ , चाहे त्यो ज्ञानेन्द्र नै किन नहोस् । माओवादी र अरू सच्चिन सक्छन भने , सम्पूर्ण विशेषअधिकाररहित बनाएइको राजा सच्चिन सक्छन । यदि गणतन्त्रमा जाने हो भने पनि , भोलि मुलुक कम्युनिष्ट पार्टीको तानाशाहीमा रुपान्तरित हुनेछैन भन्ने कुराको ग्यारेण्टी हुने कुरा नेपालमा निश्चित छैन । अहिलेको नेपाल YCL नामको गूण्डा दस्ताको बन्दी भएको छ र यिनको छाल बुझ्ने हो भने , यो केवल संविधानसभाको चुनावममा आतंक खडा गरी आफ्नो पक्षमा एकलौटी मत सोहर्न बनेको भिजिलान्ते समूह हो । अत: माओवादी भन्दा खतरनाक समूह अहिले ज्ञानेन्द्रसंग पनि छैन, जो निरंकूश नेपालको माला जपिरहेको होवस् । नेपालालाई कम्युनिष्टहरूको भोज बन्न नदिन पहल गर्नुस !
Read Full Discussion Thread for this article