Posted by: nepaltrue April 29, 2007
3rd Revolution start in Nepal from today
Login in to Rate this Post:     0       ?        
"माओवादीद्धारा तेश्रो जनआन्दोलनको घोषणा" समुद्रपारि डटकम संवाददाता २९ अप्रिल, २००७ । दश वर्षको शसस्त्र युद्ध त्यागि भर्खरै मात्र सरकारमा सामेल भएको माओवादीले आज एक पत्रकार सम्मेलनको आयोजना गरी तेश्रो जाआन्दोलनको घोषणा गरेको छ । गणतन्त्र प्राप्तीका लागि भन्दै माओवादीले आजवाट तेश्रो जाआन्दोलनशुरु भएको घोषणा गरेको हो । माओवादीका पूर्वान्चल क्षेत्रीय ब्यूरो प्रमुख एवं केन्द्रीय सदस्य गोपाल किँरातीले सडक, सदन र सरकारवाट आफूहरु गणतन्त्र प्राप्तिका लागि लाग्ने घोषणा गरे । कतिपय दलका कारण गणतन्त्रघोषणा हुन नसकेको भन्दै माओवादीले वाध्य भएर आफूहरुले वाध्य भएर तेश्रो जनआन्दोनको घोषणा गरेको जनाएको छ । आज धनकुटामा एक पत्रकार सम्मेलनको आयोजना गरी माओवादीले तेश्रो जनआन्दोलन आजवाट शुरु भएको औपचारिक घोषणा गर्को हो । उनले आफ्नो आन्दोलनका लागि माओवादीले सवै शक्ति परिचालित गर्ने पनि जानकारी गराए । गणतन्त्र प्राप्तिको यो महान आन्दोलनमा मातहतका सवै शक्ति परिचालित हुनेछन उनले भने । यसका लागि माओवादीले शान्तिपूर्ण मार्ग भने छाड्ने छैन । उनका अनुसार कतिपय शक्तिले माओवादीलाइ युद्धमा फर्काउन प्रयास गर्पनि आफूहरु हतियारको लडाइमा नभइ विचारको लडाइमा वढि क्रियमशिल हुने उनो दावी थियो । त्यसका लागि माओवादीले सडक र सदनको वाटो वाट गणतन्त्र प्राप्त गरेर छोड्ने छ उनले दावी गरे ।
Read Full Discussion Thread for this article