Posted by: shirish April 29, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
rishi jee धेरै दिन पछि झुल्किनु भयो नि ! मैले जाने बुझे जति गजल बारे संक्षिप्तमा भन्छु है त ॥ तपाईले टांस्नु भएको क्षितिजपारीको मेरो गाँउबाट माटोको मीठो सुवाष आयो ॥ आज फेरी मम अन्तरभित्र स्व्च्छ ताजा प्रस्वास आयो ॥ विरानो मुलुकमा, विरानै छ संगत तर आज ज्युने नया आस आयो ॥ क्षितिज पारीको मेरो गाँउबाट माटोको मीठो सुवाष आयो ॥ १ तपाईले सबभन्दा पहिले "मतला" थप्नु प-यो ! मतला भनेको opening शेर हो जस्मा दुबै पङ्तिमा काफिया र रदिफ हुनै पर्छ ! २ सकेसम्म छन्दमा लेख्नु होला ! तपाईले सक्नु हुन्छ ! ३ छन्दमा लेखे जस्तै सबै पङ्तिमा मात्रा syllables गन्ति बराबर राख्नु होला ! आधा syllables को गन्ति गरे पनि हुन्छ । छाडे पनि हुन्छ । ४ काफिया- सबै काफिया आसमा अन्त्य भएको बेस होला । बांकि चित्रमा हेर्नु होला
Read Full Discussion Thread for this article