Posted by: chanaa_tarkaari April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्लेहरु ! मन्तयेक ला? चौतारिआँ पुग्ने ट्याम तलमाथि परेर आपत पर्या'छ । सप्पैलाइ जवाफ दिन हाजिर भ'को छु के रे, पालैपालो गरुम है ताआआआआ । थुलि - कहाँ चना पछि लाग्नु, शुरुमा चनालाइ पछ्याएको कति छिटो बिर्सेको ? हरे शिव शिव । अरुले साथ छोड्दा पनि साथ दिने त उनै थिइ नि । नेप्चे - धन्यवाद है मन पराइदिएकोमा, पहिलो प्रयास हो, यस अघि कहिल्यै नगरेको काम, कहानी उतार्न गाह्रो हुनि रैछ क्या । गाम्लेहरुको माया र नेप्चि दिदिको हौसला नभएको भए यहाँसम्मन शायद लेखिन्नथ्यो होला । अव अर्को कथा लेख्न त गतिलै आँट गर्नु पर्ने भएको छ - सत्य । ठुल्दाइ - जो हुआ अच्छाके लिए हुआ - रे के, त्यस्तो नपरेको भए हामीले ठुल्दाइको संगत कसरी गर्ने पाउथ्यो होला र ? कुम्ले - एन्डिङ मन पर्यो? साँच्चि हो? ल खुशी लाग्यो । अब ".............संयोग मात्रै हुनेछ ।" भन्ने त चलनै हो नि, फेरि, यो कथाको पात्रहरु कसैको आँखा परो भने "सुउउउउ" गर्ला भनेर डर नि लायो के । के जाति तो "प्राइभेसि" भन्दा होलान नि । हुन त २०-२२ बर्ष पुरानो कुरो हो, तै पनि यस्स छुस्स हाल्दिया नि । हे हे दुर्गे - हे हे हे, कहानी धेरै पुरानो हो नि, कस्तो भर्खरैको कहानि जस्तो - वास्ता नगर्ने त? - भनेर सोध्या होला !!! मिस - मनपराइदिनु भो, धेरै खुशि लाग्यो । सहानुभूती र मया जित्न सकेछु त्यहि काफि भो । कहानीमा खाली स्कुल जीवन मात्र समेटे, स्कुल बाहिरको कुराहरु लेख्न सकेको छैन । स्कुलकै सन्दर्भमा मैले लेखेको टुक्राटुक्रिलाइ नेप्चि दिदिले राम्रो सम्पादन गर्नु भएको छ । यी ह्याँट त्यो हेर्न सकिन्छ के रे, http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=261&PageNum=14&forum=279&threadid=38650#372959 चिप्ले - ल~~~~~~~ टिमि पनि कस्टो कुरो गरेर ल्याउन्छ बा!!!!! अब टिम्ले कस्टो सोचेर बसेको छ भनेर भनेर ल्याएको भए ट म पनि बिचार गरेर ल्याउन्ठ्यो कि के ठा' ? भनेर ल्याएन, मैले के गर्न सक्छ अब हाँ ? हे हे हे जस्ट किडिङ है । तराइमा चितौन तिर थियो हामी गाउँतिर । निशे - आबो सोम कता गायब हौ? डिङो हराएदेखुन चौतारीमा देख्नु पाएनन्त हौ । आन्द्रै देखुन नमस्ते फर्काएँ मोइले पनि । मिसले घच्चि दिएछन्त हौ निशपाटको लाईफ स्टोरी । आबो चौतारीमा चुङ्गी नि खेल्न थालेछन कि, मो नि चुङ्गी त बब्बालै खेल्योन्त हौ । लु को कोस्ले म्याक्स कति हान्न सक्छ भनुम त । मेरो चै २२०० थियो हौ, टोलको रेकर्ड होल्डर ।
Read Full Discussion Thread for this article