Posted by: chanaa_tarkaari April 25, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु, आज त मै फस आएछु जस्तो छ है चौतारिमा, कथाको अन्तीम भाग टाँस्न आ'को । भाग - १४ --------------- अब मिनपचास बिदा सकिएर नयाँसत्रको स्कुल खुल्न, पढाइ शुरु हुन पनि २-३ दिन मात्रै बाँकि थियो । प्रतिमा मामाघरबाट फर्किसक्यो रे भन्ने थाहा पाएको थियो चनाले पनि । तर भेटघाट अझै भइसकेको थिएन । मन्दिरतिर घुम्न जाँदा मुलाको अचार सर बाटोमा भेट भयो । "ए चना! टिमि त बिसोनिकेटन जाने हल्ला सुन्यो नि मैले, हो?" "हो सर ।" "ल किन्ट? टेट्रो तारा । यइ इस्कुलमा खुरुखुरु परे हुने ।" "अँ सर मलाइ यहाँ पढ्न मन लागेन ।" "हाम्ले कट्रो आस गरेको टिम्लाइ । मैले भनेको मानेर ल्याउने भए यइ स्कुल पध ।" चनासित भन्ने कुरो केहि थिएन । "हेर, टिम्ले ह्याँ पर्यो भने ढेरि फाइदा गर्छ । अस्टि मितिनमा पनि टिम्रो कुरो भएर ल्यायो । सप्पै सरमिसहरुले नराम्रो मानेर ल्याएको छ । सप्पै सरमिसहरुले टिम्लाइ कट्रो ढेरि माया गर्छ । ठाहा छ टिम्लाइ?" चनालाइ भित्र भित्र रीस उठ्यो, मुखै फोरेर पक्षपात भएको कुरो भनुँ भनुँ लाग्यो । तैपनि भनेन । बरु व्यङ्ग्य बोल्यो । "अँ सर, धेरै माया पचाउन गाह्रो हुने रहेछ ।" "ल --- मुलाको अचार, हे हे हे !!! कस्टो कुरो गरेर ल्याउँछ टिमि पनि । टिमी राम्रो बिद्यार्ठी भएकोले माट्र हो नट्र ट हरेक साल यटाउटा स्कुलमा भर्ना हुन कटि जान्छ कटि आउँछ, कल्ले वास्टा गरेर बस्छ ? " चनाले चुप लागेर सुनेर बस्यो । "जे होस टिमि ठरब्वाइ भएको छ । फसब्वाइ सेकेनब्बाइ ठरब्वाइ को के कुरा भयो ट २-२ लम्बर टलमाठि ट हो नि । टिम्ले अर्को बर्स स्योर फसपोजिसन हानेर ल्याउँछ ल ।" चनाले मनमनै "चाहिएन मलाइ त्यस्तो फसपोजिसन" भन्ने सोच्यो तर केहि बोलेन । "अनि परतिमाचा पनि टिम्सिट बिसोनिकेटन जाने?" चनालाइ अचम्म लाग्यो यो सुनेर । "हँ? खोइ थाहा छैन सर, किन?" "खोइ उल्ले नि भरना गरेर ल्याएको छैन रे, अस्ति मितिनमा टिम्रो कुरा हुन्दाखेरि आथ कक्षाको ठरपोजिसन र फोरपोजिसन ल्याउने डुइजना भर्ना हुन आएछैन भनेर ल्यायो । टिम्सिटै बिसोनिकेटन जान्छ होला भनेर भनेर ल्यायो । हो कि होइन भनेर सोधेको, परतिमाचाले किन भर्ना गर्न नआएको टिम्लाइ ठा छ ?" "अहँ थाहा छैन सर मलाइ" "त्यो मुलाको अचार परतिमाचाले के गरेर बसेको है ? हे हे हे !!! अस्टि डुइ हफ्टा जटि अगारि उसको ब्वालाइ बातोमा भेत्दा मैले सोदेको, मामाघर हिटुङग्रा गएर पठायो भन्यो । अव आथमा भर्ना गर्नु पर्ने अहिलेसम्म भएको छैन । टिम्ले भेत्यो भने छित्छितो भर्ना गर भन्ड्यौ है । डुइटिन डिनमा भरना गर्न आएन कि जर्बाना लाग्छ ।" "हस सर, भेट्यो भने भनुम्ला" भन्दै चना बिदा भयो । चनालाइ थाहा थियो बिश्वनिकेतनमा भर्नाको लागि प्रतिमा आएकै थिएन । न प्रवेशपरिक्षा दिन आउने हुलमा चनाले प्रतिमालाइ देखेको थियो, न त्यसको नतीजामा कुनै प्रतिमाको नाम नै थियो त्यहाँ । त्यसैले "- किन आठमा भर्ना हुन नगएको होला?" भनेर खुल्दुलि जाग्यो र सिधै प्रदिप, दुर्गालगायतका साथीहरुको घर गएर सोध्यो प्रतिमा किन भर्ना नभएको होला भनेर, कसैलाइ थाहा रहेनछ । फर्किदा बाटोमा भेटेको पुर्णसित पनि यहि कुरो भयो । पुर्णले भनेपछि थाहा भयो कि प्रतिमाले त चनाभन्दा अगाडि नै अर्को स्कुलमा भर्ना गरिसकेको रहेछ । यो कुराले चनालाइ बिस्मित बनायो । "प्रतिमाले पनि स्कुल छाड्ने नै सोचेको रहेछ, तर किन केहि बताएन?" भन्ने लाग्यो चनालाइ । प्रतिमाको दाजुलाइ भेटेको त थियो नि । तर अहँ दाजुले पनि केहि बताएन चनालाइ । रिजल्ट भइसकेपछि दुइपल्ट चना आफै प्रतिमाको घरमा गएको पनि थियो, प्रतिमाको आमालाइ भेटेको पनि थियो, सञ्चो बिसञ्चोका कुराहरु भएको पनि थियो तर अहँ स्कुल फेर्ने बारे चनालाइ केहि पनि भनेको थिएन । अब भने चनालाइ पक्का भयो "भेटघाट हुँदा कुनै नराम्रो ब्यवहार नगरेतापनि प्रतिमा र उनको परिवारका सदस्यहरुले चनालाइ राम्रो नजरले नहेरेको रहेछ ।" चनाले त्यसअघि बुझ्नै नभ्याएको एउटा "मिसअन्डरस्टान्डिङ" रहेको रहेछ भन्ने कुरो बुझ्यो र अनौठो बितृष्णा जाग्यो प्रतिमाप्रति - "त्यति लामोसमय संगत गरेर पनि यस्तो बुझ्नै नसकिने ब्यवहार!!!!" जसले चनालाइ आक्रोशित पनि बनायो र त्यहि दिनदेखि प्रतिमासितको मित्रता अन्त्य भएको ठान्दै चनाले नयाँ स्कुल जाने दिन गन्न थाल्यो - एउटा नौलो ठाउँ र अपरिचितहरुको बीचमा फेरि हेलिने अठोटका साथ । (नोट: यो क्रम अहिलेलाइ यत्तिकै । यो कहानिको भाग १ देखि अन्तिम भागसम्म बर्णन गरिएको पात्रहरु र घटनाक्रम कसैको जीवनसित मिल्न गए संयोग मात्र मानिने छ ।)
Read Full Discussion Thread for this article