Posted by: Nepe April 24, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
मेरो पनि एउटा "बेग्लै" रदिफ भा'को गजल जमानामा लेखेर परार साल हुँदो यहीं साझामा शिरीषकै एउटा धागोमा टाँसेको थिएँ, उप्का'र ल्याए फेरि टाँस्न । - http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=61&PageNum=4&forum=4&threadid=22595 अड्केका कुराले बोलेको बोल बेग्लै चर्केका चुराले खोलेको पोल बेग्लै खै यो टोलमा तिर्खा, जलन र छटपटी उ: उता मायालु बसेको टोल बेग्लै के पत्याउँ खै सधै मुस्काईरहन्छौ मुहार मुहारमा अचेल खोल बेग्लै किन्ने भाउ बढाउँछ, बेच्ने घटाउँछ मायाको, आँसुको के रे मोलतोल बेग्लै गजब कुनै कुनै हेराईको असर बाहिर हाँस्यो भित्र डाँवाडोल बेग्लै रस लिन जाँदो डुबेर म-यो "नेपे" के जानोस् बरा रस बेग्लै हो, झोल बेग्लै Nepe
Read Full Discussion Thread for this article