Posted by: summonsk April 22, 2007
MAO LEADER,TERRORIST in washington list
Login in to Rate this Post:     0       ?        
आलेले भिसा पाएनन् कास काठमाडौं, वैशाख ८ - संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रममा भाग लिन त्यसतर्फजान लागेका माओवादी सांसद सुरेश आले मगरलाई अमेरिकी दूतावासले भिसा दिएन । सरकारी अधिकारी, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रित गरिएको कार्यक्रममा माओवादीका तर्फाट आले जाने भएका थिए । शुक्रबार भिसा लिन दूतावास पुगेका आलेलाई वासिङटन डीसीबाट खबर नआएसम्म भिसा नदिने भनी फिर्ता पठाएको थियो । 'आतंककारी संस्थामा सम्मिलित हो भनेर प्रश्न गर्‍यो । मैले होइन भनें । माओवादीस“ग आबद्ध हो भनेपछि मैले हो भनें,' आले मगरले कान्तिपुरस“ग भने- 'हतियार छ कि छैन - भनेर सोध्यो ।' 'तल जा“च गराएर आएको छु, केही छैन भनें' उनले जानकारी दिए । आफूलाई पासपोर्ट फिर्ता दिंदै खबर गर्छर्ुनी पठाएको आलेले बताए । 'सकारात्मक, नकारात्मक के हुन्छ खबर गर्न भनेको छु, त्यसमा हुन्छ भनेको छ,' आलेले भने ।
Read Full Discussion Thread for this article