Posted by: Rahuldai April 21, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -अन्तिम भाग" क्याम्पस् जाने दिन आयो। त्यतिबेला उत्क्रिष्ठ सबै बिद्यार्थि को एउटै आकर्षण् अस्कल् हुन्थ्यो र आफु पनि अस्कल् भर्ना भैयो। पिताजी को अज्ञात रोग र हामी नाबालकहरुले भोग्नु परेको पीडालाई संझी डाक्टरि पढ्ने लक्षका साथ जीव बिज्ञान मूल् बिषय लिएर अस्कल गएं। स्कूले जीवन् भन्दा अस्कल् को वातावरण फरक् हुनु स्वाभाबिक थियो। अंग्रेजी मा पढाउने, अंग्रेजी बोल्ने खरर्म् आफु त हेर्‍या हेरै नि। ७५ जना को किलास मा ४५ जना भन्दा बढि केटिहरु, बायो क्लासमा हल्ला चाहि पटक्कै न हुने रैछ। बोर्ड् आएका सबै जना अस्कल् मै थियो। पढाइ सुरु भो, पढ्ने भनेर आए सि पढ्नु पर्यो, तर त्यतिन्जेल् क्रिक्रेट् खेल्ने रहर् ले किलास् भन्दा होस्टल् मुनि को बास्केट् बल् कोर्ट् तिर् मन् जान्थ्यो। तै पनि केति हरुको अगाडि इज्जत त जोगाउनै पर्यो। यसै बिचमा बिश्व निकेतनले एस् एल् सी मा प्रथम श्रेणीमा उत्तीर्ण हुने सबैलाई पदक् बितरण् गर्ने भनेर निम्तो आयो। २- ३ ब्याच् लाई एकै पटक् पदक् दिने कार्यक्रम् गर्ने गर्दा धेरै संख्या मा पदक् लिने बिद्यार्थिहरु थिए। सबैलाई चाँदि को चिटिक्क परेको मेडल् दिए तत्कालीन शिक्षा मन्त्री ले। राहुलेलाई बडेमान् को चाँदिमा बिचमा सुन को तारा भएको तक्मा दिए। त्यो सुन को तक्मा पनि परिश्रम कै फल थियो, खुशी लाग्यो नै। मैले अर्जेको त्यो चौथो पदक् थियो। साथमा महिना को ५० रुपैया को दर् ले छात्रब्रित्ती पनि दिए। ठुलो राहत् थियो, त्यो सुरो को ६०० रुपैया पनि। केहि नपुग पुस्तक र मसलन्द किनियो। बाकि रहेको पैसा ले एक् जोर् जुत्ता किनियो। घर् मा आर्थिक् बोझ सके सम्म न परोस् , मेरो चाह त्यहि थियो। त्यसरि नै तत्कालीन श्री ५ को सरकार् ले पनि महिना को २०० स्कोलरशिप् दिंदो रहेछ। धेरै हुंदो हो त्यति बेला को बेसार् भाउ अनुसार्। चिया ५० पैसा-६० पैसा को जमाना मा। समय बित्दै गयो। अनेक् हडताल् बन्द हुने गर्दथे त्यति बेला पनि। राजनीति को केन्द्र नै हुन्थ्यो, क्याम्पसहरु। प्रतिबन्धित काल् मा पनि खुल्ला राजनीति हुने ठाउं क्याम्पस् मात्र थियो। क्यलेन्डर् अनुसार् कुनै काम् नहुने त्यतिबेला। एक बर्ष न पुग्दै हुनु पर्ने प्रथम् बर्ष को जाँच हुने नामो निशान् थिएन। क्याम्पस त रमाइलो गर्न जाने अखडा पो हुन थाले। उता पिताजी लगभग् पूर्ण् स्वस्थ भै सक्नु भएको थियो। भित्री शरिर् कस्तो थियो, भगवान् जानुन्, बाहिर् बाट् स्वस्थ हुनुहुन्थ्यो। तर त्यो बिमारिको २-४ बर्षले उहाँलाई २० बर्ष बुढो बनाइ दिएको स्पष्ट् देखेन्थ्यो। त्यसैले पनि हामी दाजु भाइले पिताजी लाई कुनै किसिम काम् गर्न दिएनौ।चिन्ता पर्ने काम् गरेनौ। जिन्दगि भरि खानु पर्ने केहि ओखति चाहिँ बाकि थियो खाइ रहनु पर्ने। यसै बिचमा अस्कल् को नेत्रित्व गर्दै अन्तर् क्यम्पस हाजिर् जवाफ प्रतियोगिता मा भाग् लिने मौका मिल्यो। प्रथम् चरण् देखि फस्ट् हुदै हामे फाइनल् पुग्यौं। फाइनल पनि भयो। त्यो दिन तयारि गर्न बाकि रहेको ले बिहानै घर् बाट् निस्कें, सहभागी मित्र को धोबिधारा स्थित् घर् मा। अनि उतै बाट् फाइनल् हुने स्थान् मा लाग्यौं। फाइनल् सुरु भयो, खचा खच् भरिएको हल् मा। हामी सुरु मै निराश भयौं। परिचय को क्रममा अरु क्याम्पसका प्रतिस्पर्धिहरु एक् से एक् बिद्वान्। त्रिभुबन् युनिभर्सिटि क्याम्पसमा स्नाकोत्तर् गर्नेहरु को टीम्, मीन भवन् क्याम्पस, पाटन् सयुक्त क्याम्पसका पनि सबै जना एम् ए लेभल् पढ्नेहरुको माझ, आइ एस्सी पढ्ने १६-१७ बर्षका ३ जना ठिटाहरु। प्रतियोगिता सुरु भयो, हाफ् टाइम सम्म कीर्तिपुर् र मीन भवन् पछि हामी रह्यौं। हाफ टाइम् पाछि चन्द्रमा दाहिने भयो अस्कल् को पक्षमा। यत्सरि अगाडि बढ्यो अस्कल्, ती बुढा टीम कसैले नि पछ्याउन सकेन। राम्रो मार्जिनले जितियो। ठुलो उचाल्न नै मुश्किल शील्ड् र स्वर्ण पदक् जितियो। अस्कलका समर्थक् मित्रहरुले बिजय उत्सब् नै मनाए। नारा जुलुस् सहित् अबिर् जात्रा भो, प्रज्ञा भवन् को प्राँगण देखि। मिठाइ बांडियो। यसरि प्रतियोगिता जितेको खुशी मनाएर घर् फर्किदां रातको ९ बजि सकेको थियो। बाटो भरि अनेक् तर्कना खेलिरह्यो। पिताजी बहुत् खुशी हुनु हुने छ। मैले दिएको बचनको आधा यात्रा पुरा भएको छ। १० ओटा पदक् त यो गति मा छिट्टै पुर्याउंछु। आदि , इत्यादि। घर् पुगें। घर् मा त भाइ एक जना मात्र रैछ, मलाई कुर्ने। साह्रो भोक लागेको ले खान खान भन्छा तिर् लागें। भान्छा पनि रित्तै, भात पाकेको रैन छ। भाइलाइ सोधें " खै आज त कोइ पनि छैन, भात पनि पाकेको छैन।" भोज गएको होला भनेर "कहाँ भोज गएका सबै, न जाने लाई त भात राख्नु पर्ने हो नि कस्तो भओक लागेको बेला।" "बा लाई हस्पिटल् लगेको छ, दाइ र मामा त्यतै छन्, भर्ना गर्नु पर्छ रे।" भाइ ले एक् सास बाट् सारंश बताए। कहिले लगेको अस्प्ताल्, के भएको? भनेर जिज्ञासा राखें, भाइ लाई नि के थाहा, थाह् छैन भने। अनि के भनेको छ हामी लाई भन्दा, बिहान को तरकारि छ र चिउरा छ त्यहि खानु र अस्पताल् अौनु पर्दैन भनेको छ । त्यहि चिउरा र तर्कारि खाएं। दिन् भरिको मानसिक थकान् ले सुत्न मन लाग्यो। पल्टें, तर निद्रा लागेन। पिताजीलाई के भएको होला, पिताजी अहिले यहिंभएको भए कस्तो हुन्थ्यो होला, आदि आदि कुरा मात्र खेलिरह्यो। शारिरिकरुपमा नि थाकेकोले होला, रातीको १ बजे तिर् निदाएछु। रातको साढे २ बजे हुंदो हो, चोकमा बसेर कसैले बोलाए जस्तो लाग्यो। सपना हो कि बिपना , निद्रा खुल्यो। झ्यालबाट् हेरें हो रैछ, दाइ ले बोलाको रैछ। दैलो खोलेर यति राती पनि घर् अौने हो, अस्पताल् मै बसे भैहाल्थ्यो नि भनेर एक् सासले भनें। दाइ को अनुहार् ज्यादै मलिन थियो। मैले याद गरिन, निद्राको झोंकमा। "तुरन्त हिंड् अस्पताल्, भाइलाई नि उठा" यति भन्ने बित्तिकै मैले कुनै अशुभ घट्ना घटेको अन्दाज गरें र भाईलाई उठाइवरि हात्ति पाइलामा हामी तिनै जना दाजु भाई अस्पताल लाग्यौं। हनुमान् ढोका देखि बीर् अस्पताल् को दूरि १० मिनेट् को हो, हामी ५ मिनेट् मै पुग्यौं। बाटो मा ३ ठाउँमा बिरालो ले बाटो काटे। अशुभ पक्कै भएको छ। मन भरि अनर्थ र अशुभ घट्नाको बिभत्स तस्बीर् अै रह्यो। अस्पताल् पुगें, पिताजी देखिन। सेतो कपडाले छोपिएको पिताजी को लाश मात्र भेटें। किन् अभयो कसरि भयो, अब यी सवाल सङग् मेरो कुनै सरोकार् थिएन। हामी माथिको छत ढलेको छ। हाम्रो आस्था बिस्वाश खोसिएको छ। मलाइ बस् त्यति थाहा थियो। पिताजी जिन्दगि भरि कसैको कु भलो चिताएन, सधै भरि समाज् को सेवा नै गर्नु भएन। तै पनि भगवान ले यो क्रुर् सजाय किन मेरै पिताजी माथि? अक्रोश् थियो म मा। बिद्रोह थियो। आमा अर्को कुना मुर्छा परि रहनु भएको थियो। दाइ र भाइ को हालत पनि निकै खराब् थियो। एक्लैले सके जति सबैलाई सम्हाल्ने कोशिश गरें। यतिन्जेल २ जना काकाहरु पनि यो खबर् सुनेर अस्पताल् पुगिसकेका थिए। अस्पताल को औपचारिक कागजातमा सहि गरेर पिताजी को पार्थिब शरिरलाई दुइजना काका र दाजुभाइले स्त्रेचरमा बोकेर शोभाभगवति किनार पुर्यायौं। त्यतिबेला अहिले जस्तो शब बाहन् कहाँ हुन्थ्यो। रुवाबासी चल्यो। सिन्दूर् पुछियो। के के भयो के । (आज यो लेखिरहंदा अँखा भरिएको छ। बल्ल, तल्ल यी अन्तिम हरफ हरु टाइप् गर्दै छु।) पिताजी को त्यो सुन को तक्मा, मैले फर्काउन सकिन। त्यसको बदलामा मैले १० ओटा तक्मा जितेर चढाउछुं भनेको थिएं। आधा बाटो पुगेको थिएं। त्यो सुनको तक्मा पनि हेर्न पाउनु भएन। मेडल् पाउने बित्तिकै घर् पुगेको भए वा अस्पताल् पुगेको भए पिताजी को अन्तिम् प्रहर खुशीको हुन्थ्यो कि। पिताजी सुनको तक्मा यसरि कथा र र तस्बीर् मा सीमित् भयो। अझै पनि यो राहुले ले त्यो १० ओटा पुर्याउन सकेको छैन। ९ सम्म पुर्‍याएको छु। पिताजी लाई दिएको बचन् अझै पुरा भएको छैन तर हिम्मत हारेको छैन। यात्रा जारि छ। (यहि अप्रिल् २८ मा पिताजीको बार्षिकि को श्रद्धा सुमन् यहि कथा मार्फत् अर्पण गर्दछु।) अस्तु!!!!
Read Full Discussion Thread for this article