Posted by: ashu April 21, 2007
5 ?s
Login in to Rate this Post:     0       ?        
Meantime, लोकतन्त्र दिवस बृहत नागरिक सभा! ११ गते, २ वजे वसन्तपुर डबलीमा!! ऐतिहासिक जनआन्दोलनको सफलताको वर्ष दिन पुगेको उपलक्षमा स्मरण, समीक्षा र खवरदारीका लागि वैशाख ११ गते, मङ्गलवार, १२ वजे कलंकी चोक जाऔँ विशाल र्‍याली हुँदै नागरिक सभामा सहभागी बनौँ विश्व नै चकित तुल्याउने पोहोर सालको १९ दिने ऐतिहासिक जनआन्दोलनको वर्ष दिन पुगेको छ। यो अवधिमा निकै महत्वपूर्ण उपलब्धि हासिल भए - शान्ति छायो, राजतन्त्र निलम्वनमा पर्‍यो, माओवादी व्यवस्थापिका संसद र अन्तरिम सरकारमा सहभागी भए। तर - संविधानसभाको तिथी घोषणा हुनसकेको छैन, राजा र जनआन्दोलनका दमनकारी माथि कारवाही भएको छैन। मधेशी, जनजाती र अन्य सिमान्तकृत समुदायको प्रतिनिधित्व र पहिचानको माग पुरा भएको छैन। राजनीतिक अन्यौल र अस्थिरता कायमै छ। उपलब्धि ठुला छन, तर चुनौतिहरू बाँकी नै छन्। यस परिप्रेक्ष्यमाः · शहिदको वलिदान र आन्दोलनको आदेश र उद्देश्यहरूको स्मरण गर्न, · गत वर्षका कमी-कमजारीको समीक्षा गर्न, · र भावी दिनमा लोकतन्त्र र शान्तिको लागि खवरदारी गर्न। वैशाख ११ गते २ वजे वसन्तपुरमा विशाल नागरिक सभा हुँदैछ। जसमा : · माधव कुमार नेपाल, रामचन्द्र पौडेल र प्रचण्ड द्वारा मन्तव्य, · रामेश, रायन, जे.वि.टुहुरे, नन्दकृष्ण जोशी, इसास किर्तिपुर, मधु गुरुङ, गोपाल ठाकुर, माधव प्रधान, वद्री पंगेनी र रुवीन गन्धर्वद्वारा गीत। आरोहण समुहको नाटक। · मह जोडी र मनोज गजुरेलबाट हास्यव्यङ्ग्य। · सी.के. लाल, विष्णु निष्ठुरी, शम्भु थापा, पासाङ शेर्पा, दुर्गा सोब, रामकुमारी झाँक्री, श्याम श्रेष्ठका विचार। · अध्यक्षताः पद्मरत्न तुलाधर त्यसअघि : · वैशाख १० गते १ वजे प्रज्ञाभवन कमलादीमा "ऐतिहासिक जनआन्दोलन : स्मरण, समीक्षा र खवरदारी" विषयमा विचार गोष्ठी। वक्ताः कृष्ण खनाल, निलाम्वर आचार्य, इत्यादी · वैशाख १० गते ५ वजे वसन्तपुरमा जनआन्दोलनको झझल्को दिने फोटो प्रदर्शनी, कवि गोष्ठी र ६:३० वजे भिडियो फिल्म प्रदर्शन। · लोकतन्त्र दिवस आयोजक समिति
Read Full Discussion Thread for this article