Posted by: abc April 20, 2007
बोष्टनमा साहित्यिक कार्यक्रम हुने
Login in to Rate this Post:     0       ?        
बोष्टनमा आकाशमाथिको शहर विमोचित कृष्णराज खनाल वोष्टन,अमेरिका, अप्रिल १४ कवयित्री भारती गौतमद्धारा लिखित आकाशमाथिको शहर नामक कविता संग्रहको शनिबार बोष्टनमा विमोचन भयो । साहित्यकार प्रा. तारानाथ शर्मा (पीएचडी)ले सो संग्रहको विमोचन गर्नुभएको हो । अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज म्यासाच्युसेट्स (वोष्टन) च्याप्टरको आयोजनामा आयोजित समारोहमा संग्रहको विमोचन गर्नुहुँदै साहित्यकार प्रा. शर्माले झण्डै २० वर्षअमेरिका बसेर पनि कवयित्री गौतमले नेपाली परिवेश, नेपाली संस्कृति र नेपाली माटो नभुलेको र त्यसैको सेरोफेरोमा कविता रचना गरेको बताउनुभयो । उहाँले कविता संग्रहमा संग्रिहित कविताले विदेशमा रहे पनि नेपालप्रतिको माया, ममता र ममत्व प्रदान गरेको र कविताको भाषा र भाव विधानले वैशिष्ठ्य प्राप्त गरेको चर्चा गर्नुभयो । सो अवसरमा नेपाल सरकारका पर्ूव सचिव तथा पर्ूव निर्वाचन आयुक्त रामचन्द्र शर्मा पौडेलले कविता संग्रहको समीक्षा गर्दै कवयित्री गौतमका कविता उच्चकोटीका रहेका र तिनले नेपाली माटो छोएको चर्चा गर्नुभयो । अर्का वक्ता रमेश शर्माले श्रीमती गौतमका कविता हरेक दृष्टिकोणले सरल, सरस र समसामयिक पनि छन् भन्नुभयो । कार्यक्रममा च्याप्टरका महासचिव पत्रकार तथा कवि शिव प्रकाशले हाम्रो भाषा हाम्रो साहित्य, सेवा र संरक्षण हाम्रो दायित्व हो भन्दै संग्रहका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले पठाउनुभएको समीक्षा डा. प्रगति घिमिरेले सुनाउनुभएको थियो भने श्रीमती पुनम काफ्लेले पनि संग्रहका बारेमा बोल्नुभएको थियो । नयाँ वर्ष२०६४ को उपलक्ष्यमा उल्लेख्य संख्यामा साहित्यप्रेमी नेपालीहरुको उपस्थिति रहेको सो कार्यक्रममा च्याप्टरकी कोषाध्यक्ष डा. उषा शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै विदेशमा रहेर पनि यस किसिमको कविता संग्रह प्रकाशित हुनु आफैमा महत्वपर्ूण्ा रहेको र सबैले यसबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो । च्याप्टरका सदस्य उत्तमबाबु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा शिव गौतम (पीएचडी), अच्युतप्रसाद अधिकारी, मिलन गुरुङ, गोपाल पौडेल, हरि काफ्ले र मीन गौतमले कविता वाचन गर्नुभएको थियो । कवयित्री गौतमले आफ्ना कविताका परिवेशका बारेमा चर्चा गर्नुभएको थियो । कवितामा पाँच दर्जन कविता संग्रिहित छन् ।
Read Full Discussion Thread for this article