Posted by: ImI April 20, 2007
यस्तो पो लोक्त्नत्र !
Login in to Rate this Post:     0       ?        
माओवादी डाकु हरु सरकार मा बिचरा चोर हरु जैल् मा?? ----------------------------------------------- रिहाइको माग गर्दै बन्दीहरू आमरण अनशनमा देशभर छरिएका जेलहरूबाट बन्दीहरुको निशर्त रिहाइको माग गर्दै हजारौं बन्दीहरु आमरण अनशन बसीरहेका छन्। उनीहरुले शुरू गरेको अनशन शुक्रवार तेस्रो दिनमा प्रवेश गर्दा पनि त्यसलाई तोड्ने कुनै संकेत दिएका थिएनन् । विभिन्न अपराधको कसुरमा सजाय भोगीरहेका भएपनि देशमा नयाँ संविधान र नयाँ परिपाटी शुरू भएकाले सबै जेलहरु खाली गरिनु पर्ने माग उनीहरूले गरीरहेका छन्। काठमाडौंस्थित बीबीसी नेपाली सेवाका संवाददाता भन्छन्, शुक्रवार दिउँसो काठमाडौंको डिल्लीबजार जेलमा एउटा अनौठो सन्नाटा छाएको थियो। नाराहरू जेल बाहिर एउटा रातो तुलमा 'आम बन्दी रिहा गर'; 'संपूर्ण जेल खाली गर'; 'हाम्रो आन्दोलन जारी छ' जस्ता नाराहरू लेखिएका थिए। अधिकारीहरुले सो कारागारभित्र ३२४ जना बन्दीह‌रुले गएको दुई दिनदेखि पानी बाहेक केही पनि नखाएका बताएका छन्। बन्दीहरूको संघर्ष समितिका संयोजक दुर्गादत्त देवकोटाले भने, "गएको बुधवार दिउँसोदेखि देशभरका १५ वटा जेलका हजारौं बन्दीहरुले केही पनि खाएका छैनन्।" त्यस्ता बन्दीहरुमध्ये सार्वजनिक अपराधको कसुरमा एक वर्ष देखि लागू औषधको कसुरमा २४ वर्षसम्मको जेल सजाय भोगीरहेकाहरू रहेका छन्। डिल्लीबजारस्थित कारागारका बन्दीहरुले अनशन बसेका केही बन्दीहरु तेस्रो दिनदेखि बेहोस हुन थालेका पनि बताए। अधिकांश बन्दीहरू पुरानो र त्रुटिपूर्ण कानुनका कारण आफुहरू जेल परेका बताउँछन्। त्यसैले नयाँ नेपालमा आफूहरू सबै जेलमुक्त हुन पाउनु पर्ने उनीहरूको भनाइ छ। तर गृह मन्त्रालयका प्रवक्ता वामनप्रसाद न्यौपानेले जेल खाली गर्ने माग पुरा नहुने बताए। उनले भने, "माग जेलै खाली गर्ने छ, तर सरकारको त्यस्तो नीति छैन, त्यसैले त्यो मागको सम्वन्धमा केही गर्न सकिंदैन।"
Read Full Discussion Thread for this article