Posted by: Rahuldai April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ९ " असार को ११ गते रिजल्ट् हुन्ने बलियो र भरपर्दो खबर् पाइयो। बिहान ५ बजे नै संस्थान को ढोका मा पुगियो, फेरी टायँ टायँ फिस्। यो हल्ला ल्याउने भिमसेन् ले ठुलै हप्की खाए। ११ गते भएन, १२ गते होला भनेर पुगियो, फेरी फर्कियो। १३ गते स्वर्गिय दीपेन्द्र को जन्म् दिन, आज त के होला भनेर गोर्खापत्र संस्थान को बाटो लाई शर्ट् कट् मारी सिधै रत्न पार्क हुँदै भद्रकाली पुगी, भद्रकाली माइ लाई बोर्ड मा नाम् देख्न पाओस् भनेर पुकारें। भद्रकाली बाट् शाहीद् गेट् के पुगेथें, आफ्नो स्कूल् का एक् हुल् भाई बहिनिहरु, हातंआ गोर्खा पत्र लिएर अौदै गरेका सङ जंकाभेट् भो। मलाइ चिन्दा रैछन् केहि ले। त्यस पछि त के चाहियो, उनिहरुलाई। काँधंआ बोकेर झ्याइंकुटि गरी स्कूल् तिरे लगे। "ए पख पख, पहिला गोर्खा पत्र र हेर्न देउ " भन्दै मा कराउन थालें। " "होइन, दाई को नाम् गोर्खापत्रमा छ, हामीले हेरी सक्यौं" एक् जना ले भने। "हेरं न एक् पटक् " मलाई चित्त बुझेन, न हेरी। "लौ हेर्नुस् , यता छ तपाईं को नाम्" भन्दै गोर्खापत्र मेरो हातमा दिए। हेरेको हेरै झन्दै बेहोस्, "मेरो नाम होइन नि त्यो " बेकार्अंा बोर् गर्यौ, तिमीहरुले" हतार् मा, हतास् मा मेरो होस् गुम्यो। आकशबाट् खसे जस्तो, सपना चकनाचुर् भे जस्तो लाग्यो। "होइन, दाइ को नाम् हामीले राम्रो सङ्ग हेरेको, छ भने" त्यो भाइ पनि अब भने आत्तिन थाल्यो। एक् छिन् हामी रोकी बिस्तारै बोर्ड् फस्ट् देखि को नाम् पढ्न थाल्यौं। त्यो भाइले देखाएको नाम् राहुले को नाम सङ मिल्दो जुल्दो नाम् थियो, थर् पनि एकै, बिचको नाम पनि एकै, अनि नाम् पनि उस्तै, तर राहुल थिएन। धन्न, त्यस्को २ नाम् तल हुबहु मेरै नाम थियो। स्कूल् को नाम् पनि मिलेको र सिम्बोल् नंबर् पनि मिलेको ले राहुले नै हो भन्ने यकिन भो। केटाहरुले गलत् नाम् देखाएको ले झन्दै खुस्केको। लामो लामो सास् फेरें, मानौं सगरमाथा बिजय गर्ने कठिन् यात्रा पछि चुचुरोमा सुस्ताएछु। अब भने झ्याइंकुटि झन जोड् सङ गर्न थाले। त्यतिन्जेल् स्कूल् जाने बिद्यार्थिहरुकोठुलो समूह नै भैसकेको थियो।कस्ले हो अबिर् पनि किनेर ल्याइ सके छ। अनुहार् न चिनिने गरि अबिरले नुहाइ दिएछ। स्कूल् पुगें, चहल् पहल् सुरु भैसकेको रहेछ। कहिले काहिं झुल्किने बोर्ड् हो, बिश्व निकेतन को लागि। म स्कूल् पुग्दा त सबै सर् मिस् हरु छक्क परे, रिजल्ट् को खबर् आएको धेरै संअय बितिसकेको थिएन। उहाँहरुको लागि मेरो उपस्थिति अपेक्षित थिएन। सबै खुशी थिए। हेड्सर् को मुहार् को कान्ति र हावभाव् ले उनको खुशी बयान गरि रहेको थियो। मलाइ पनि एक् अनौठो र उकुस् मुकुस् अनुभूति थियो। लौ जा, घर् मै खबर् गरेको छैन। स्कूल् मा भएको फोन् ले फोन् गरें। थाहा पाइसकेका रैछन्, घर् परिवार् ले। मेरो घर् को पल्लो पट्टि डेरा गरि बस्ने एक् परिवारका दौतरि पनि एस् एल् सी दिएको र उसैको परिवार् ले खबर् गरेका रैछन्। छिट्टो घर् आउ भने दाइ ले। जे होस्, जिन्दगि मा बहुत् कम सपना देखें, धेरै जसो सपना मै बिहानी भए,बिपना भएन। आज यो एक् सपना, बिहान् संम देखि रहें। घर् परिवार् सबै को इज्जत् राखें, सबै खुशी थिए। पिताजीको खुशी बिशेष थियो। बधाइ र सगुन को क्रम धेरै दिन सम्म जारि रह्यो। घर् को आर्थिक अवस्था उस्तै थियो। सुधार् हुने लक्षण र आधार् पनि त थिएन। कमाउने हात उही दाइ र मेरो गरि जम्मा चार् न थिए। पिताजी को ओखति खर्च कम भए नि सुन्य भै सकेको थिएन। अनि दिदि को बिहे मा लागेको ऋण पनि थियो। त्यसैले एस् एल् सी पास् गरे पछि झनै काम मा जोतिएं। क्याम्पस पढ्न अघि ऋण चुक्ता गर्ने लक्ष सहित। क्याम्पस् जाने दिन आयो। त्यतिबेला उत्क्रिष्ठ सबै बिद्यार्थि को एउटै आकर्षण् अस्कल् हुन्थ्यो र आफु पनि अस्कल् भर्ना भैयो। पिताजी को अज्ञात रोग र हामी नाबालकहरुले भोग्नु परेको पीडालाई संझी डाक्टरि पढ्ने लक्षका साथ जीव बिज्ञान मूल् बिषय लिएर अस्कल गएं। क्रमश: आगामी भाग अन्तिम खण्ड हुने ब्यहोरा अनुरोध छ।
Read Full Discussion Thread for this article