Posted by: chanaa_tarkaari April 19, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
भुतले खीर खाने बेलाँ तारेमाम है गाम्लेहरु ! को को कता कता लाग्याछन होला के रे, मलाइ निद्रा झुपुझुपु लाइरा'छ । यो आजआ भाग कथा टाँसेर गएँ म, है ताआआआआआआआआ भाग - १२ --------------- के हुन्छ के हुन्छ? कताबाट कसरी कसरी चना त्यतिकै त्यतिकै सन्दर्भमा जोडिन आउने र अपजसको भागिदार हुन मात्रै थाल्यो । के गर्ने के गर्ने भयो चनालाइ । मनमनै चनाले अठोट गर्यो - " यो स्कुलमा अब म पढ्दिन । यो स्कुल छोडेर जाँदा नै बरु सजिलो होला । " त्यसैले उ अर्को स्कुल खोज्नतिर लाग्यो । पुर्णलाइ भेटेर सोध्यो कस्तो छ उसको नयाँ स्कुल भनेर । पुर्णले आफ्नो नयाँ स्कुल झूर छ भन्यो । चनालाइ झूर स्कुल जान मन लागेन । अलि राम्रो स्कुल कुन होला भनेर चासो लिन थाल्यो । आमासित उसले अर्को स्कुलमा पढ्ने कुरो गर्यो, आमाले "किन यो स्कुल भएन ?" भनेर सोध्नु भयो, तर चनाले सबै कुरा आमालाइ बताउन सकेन । उसले हडताल भएको, सरमिसले पक्षपात गरेको जस्ता केहि कुरामात्रै आमालाइ बतायो । आमाले चनाको स्कुल फेर्न आफन्तहरुसित सरसल्लाह गर्नु भो, तर कसैले पनि स्कुल फेर्ने सुझाव दिएनन । "पहिला त्यत्रो भनसुन गरेर भर्ना गरेको, उक्त भेगमै राम्रो स्कुल भनेर गनिने त्यो स्कुल छोडेर किन फेरि अन्त सार्ने? फेरि त्यहाँ राम्ररी पढिरहेछ, एकैचोटीमा बि-सेक्सनबाट ए-सेक्सनमा आयो । नयाँ ठाउँमा झन गाहारो हुन्छ।" भनेर नानाथरी भन्नेहरु मात्रै निस्किए । तर अर्को स्कुलमा भर्ना नगरिदिए पढ्दै नपढ्ने घुर्कि चनाले आमासित लगायो । आमाको माया - चनालाइ विश्वास थियो - आमा मान्नु हुन्छ - भनेर । उसले कता कता विश्वनिकेतन नाम गरेको एउटा राम्रो स्कुल छ भन्ने सुनेको थियो, तर स्कुल कता हो थाहा थिएन । चनाले आमासित र आमाले आफन्तहरुसित विश्वनिकेतन स्कुलको विषयमा कुराकानी गरे । पहिल्यै स्कुल फेर्ने कुराको बिरोधि रहेका आफन्तहरु विश्वनिकेतनको नाम सुन्ने बित्तिकै "हुँदै हुँदैन" भन्न थाले । एक त स्कुल धेरै टाढा, त्यसमाथि सबैको नजरमा चना निकै सानो थियो । यति सानो केटोलाइ त्यत्रो टाढा स्कुल पठाउन हुँदैन भन्ने कुरामा सबै आफन्तहरुको एकमत थियो । धेरै नातेदारका सन्तानहरु त्यहाँ पढ्ने हुँदाहुँदै पनि चनालाइ तेत्रो टाढाको स्कुलमा भर्ना गर्न नदिने मनशायले होला शायद - कसैले पनि आमालाइ विश्वनिकेतन स्कुल कहाँ छ, कसरी त्यहाँ जाने भनेर बाटो समेत बताइदिएनन । एकदिन त:मां(ठुलिआमा)को छोरी (चनाको दिदि) साथ लिएर आमाले सोधखोज गर्दै विश्वनिकेतन स्कुल पत्ता लगाउनुभयो र भर्ना गर्ने फाराम लिएर आउनु भयो । स्कुलमा अन्तिम जाँचको रिजल्ट भयो । सँधै झै चमेलि फर्स्ट, कमल सेकेण्ड भएछ । अरुलाइ उछिनेर चना थर्ड, प्रतिमा फोर्थ भइन । चनाले अमर र गगनलाइ पछाडि धकेले, प्रतिमाले अरु धेरैलाइ । जँड्याहा रत्न फेल भएछ । तीन दिन पछि मार्कसिट दिने दिन थियो । रिजल्ट लिन बिहानै स्कुल गएका चनाले साथिहरुसित सामान्य कुराकानी मात्रै गर्यो । जिस्किने हाँस्ने, जोक्स गर्ने मामिलाहरुमा भाग लिएन । अरु जम्मै कोचिङ पढेका साथिहरुका बीच कुराकानी गर्नाको निमित्त चनासित बिषय पनि उत्तिसारो थिएन । फर्स्ट-सेकेण्ड-थर्डको बीचमा २-२ नम्बरमात्र फरक रहेछ । कोहि कोहि चनासित आएर "तिमिलाइ पक्षपात नगरेको भए फर्स्टै हुन्थ्यो" भन्न नि आए । रिजल्ट हातमा लिएर साथीहरु र सरमिसहरुबाट प्राप्त "थर्ड भएकोमा बधाइ" थाप्दै चना स्कुलमा नै बसेको बसेइ गर्यो । वास्तवमा चना त्यसदिन प्रतिमाको प्रतिक्षामा थियो । तर प्रतिमा आइनन । करीब साँढे २ बजेतिर प्रतिमाको दाजुले रिजल्ट लिन आए । दाजुसित सोध्दा "प्रतिमा आज बिहान हेटौडा-मामाघर गयो" भन्यो । "अव स्कुल लाग्ने बेलातिर मात्रै फर्केर आउँछ होला ।" "उनलाइ रिजल्ट भएको थाहा छ?" चनाले सोध्यो । "किन नहुनु? त्यहि रिजल्ट थाहा पाएर मात्र जाने भनेर त बसेको, नत्र मामाहरुले उहिल्येदेखि बोलाएको बोलाएइ ।" "ए !!!" चनासित केहि भन्ने कुरो थिएन । "जे होस रिजल्ट राम्रो भयो । अनि तिमी अचेल किन घर नआएको नि ? जाँच नभएकोले?" दाजुको अनुहारमा कुनै असाधारणपन थिएन । "अँ यत्तिकै ।" अरु के भन्ने चनालाइ थाहा नै भएन । "तिमि थर्ड र प्रतिमा फोर्थ भएको थाहा पाएर घरमा पनि सबै एकदम खुशि भएको छ। अब सगं (सगुन) दिने भनेको छ मां (प्रतिमाको आमा)ले । प्रतिमा त झन खुशी भएको छ । तिमीहरुले मिलेर पढेको दुबैलाइ फाइदा भयो हगि, नत्र प्रतिमा फोर्थ कहाँ हुनु? पोहरसाल जस्तै १५-१६ नम्बर तिर आउँथ्यो होला कि?" दाजुले चनालाइ अप्रत्यक्ष तारीफ गर्दै थपे - "प्रतिमाले मलाइ - चनालाइ भेट्यो भने धेरै बधाइ भन्दिनु है - भनेर गएको छ। ल चना मेरो पनि प्रतिमाको पनि बधाइ है । अब अर्को साल तिमीहरु दुबैले अझ राम्रो गर्नु पर्छ ।" दाजुको हँसिलो मुहारबाट यो कुरो सुनेर चनालाइ औडाहा भयो । प्रतिमाले दाजुमार्फत बधाइ भनेर पठाएको?!!! अचम्म । औपचारीकता निभाउन दाजुकै मार्फत चनाले पनि बधाइ भनेर पठायो प्रतिमालाइ । *******************************************************************************************
Read Full Discussion Thread for this article