Posted by: gahugoro April 19, 2007
sujata koirala in chandan taskari
Login in to Rate this Post:     0       ?        
माओवादीद्वारा आज पनि सदन अवरुद्ध, सुजाता चन्दन तस्करः मन्त्री यादव काठमाडौं, (महानगर)। माओवादीका विधायकले संविधानसभाको चुनाव मितिबारे सरकारको आधिकारिक धारणा नआएसम्म निरन्तर संसद्को बैठक अवरुद्ध गर्ने जनाएकाले आज पनि संसद् अवरुद्ध बन्ने भएको छ। अन्तरिम व्यवस्थापिका संसद्को हिजो बसेको बैठक सुरु भएलगत्तै, संविधानसभा चुनावको मिति तोक्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन खारेज गर्नुपर्ने, शिविरमा राखिएका छापामारको उचित भरणपोषण गर्नुपर्ने र वाईसीएल कार्यालयमा प्रहरीले छापामारेकोमा गृहमन्त्रीले माफी माग्नुपर्ने माग राखेर बैठक अवरुद्ध पारेका थिए। लगातार आठ मिनेटसम्म नारावाजी भएपछि बैठक आज ११ बजेसम्मका लागि स्थागित गरिएको थियो। 'आज पनि बैठक अवरुद्ध पार्ने कार्यक्रम छ' -माओवादी विधायक देवी खड्काले बिहान महानगरसँग भन्नुभयो- 'हाम्रो मागबारेमा सरकार नबोलेसम्म बैठक अघि बढ्न नदिने कार्यक्रम तय भएको छ। सांसद खड्काले चारवटा मागमध्ये पहिलो संविधानसभाको मिति घोषणा गर्ने माग पूरा नभएसम्म सदन अवरुद्ध पारिने बताउनुभयो। यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट वन तथा भूसंरक्षण मन्त्री बनेका मातृका यादवबीच चर्को विवाद भएपछि कुनै निर्णय नभई हिजो अवरुद्ध बनेको मन्त्रिपरिषद्को बैठक आज बस्न सकेको छैन। मन्त्री यादवले निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले वन विनास र वन्यजन्तुको शिकार गरेको सङ्गीन आरोप सार्वजनिक गरेको विषयमा क्षेत्राधिकारको विवाद गर्दै कोइरालाले सेनाको विषयमा किन बोल्नुभयो भनी आपत्ति जनाएका थिए। त्यसपछि मन्त्री यादव झनै आक्रोशित हुँदै कोइरालालाई तपाईंकी छोरी सुजाता नै रक्तचन्दन तस्करीमा संलग्न छिन् भनेपछि कोइरालाले यादवलाई बैठकबाट बाहिर निस्कन हकारे। यादवले पनि म तपाईंको निगाहमा मन्त्री बनेको होइन भन्दै प्रतिवाद गरेका थिए। त्यसपछि माओवादी मन्त्री सल्लाह गरी बैठक बाहिर निस्किएपछि बैठक स्थगित हुनपुग्यो। http://newsofnepal.com/kps/fullnews.php?serialno=7764&sec=44&ssc=0
Read Full Discussion Thread for this article