Posted by: world_map April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
दुर्गे आन्टी, पून्टेदाइले सबै रसबरी खाइदिनुभो रे? :O ए पून्ट्स सुड्डा! :P मेरोलागि यौटै रसवरी नराखी आफैं मात्र सबै खाइदिने? यो त भएन नि! :@ :P डल्ली फूपू, फुच्चे भाइलाइ चौतारी ईस्कूलाँ भर्ना गर्न ल्याउनुस् न। आज 'माफी मागिङ् डे' भएकोले मेरो पुरानो कथाको एक टुक्रा माफीसँग सम्बन्धित हुनाले यहाँ कपेर पेस्टिदिएको छु। >>>> मेरी कान्छी दिदीले स्कूलमा सिकेको अंग्रेजी मलाई सिकाउँदै थिइन्, ‘थाहा छ चित्रे, कसैलाइ जानेर या नजानेर चोट पुग्यो भने ‘सोरी’(sorry) भन्नुपर्छ।‘ मैले टाउको हल्लाएँ, अनि यसको प्रयोग कतै गर्नुपर्छ भन्ने निधो गरें। मनिषको घर मेरो घर नजिकै थियो, हामी सँगै खेल्थ्यौं र कहिलेकाहीं सँगै तितौरा पनि किनेर खाने गर्थ्यौं। एकदिन हामी चानचुन पैसा लिएर सँगै त्यही पाटीमा तितौरा किन्दै थियौं, मैले आफ्नो पाइला सार्दा गल्तिले उसको खुट्टामा टेक्न पुगेछु। मनिष, ‘अय्याऽऽ‘ भनी करायो। मैले दिदीले सिकाएको शब्द सम्झने कोशिश गरें, तर तत्कालै सम्झन सकिनँ, बल्ल एकछिन घोरिए पछि फूर्तिसाथ ,‘चोरी!’ भनें। मैले त सोचेको थिएँ कि मनिष खुशी हुन्छ, तर मेरो सोचाइ विपरीत ऊ जंगियो, ‘के रे? चोर रे? मलाई चोर भनिस् तैंले! मैले के चोरें भन्?’ म छक्क परें। भनें, ‘मैले तिम्रो खुट्टामा टेकेको हुनाले पो ‘चोरी’ भनेको त।‘ मनिष फेरी पनि अकमक्क पर्यो, तर अरू केही बोलेन। मैले मनमनै सोचें,’ यसलाई त मलाइ भन्दा पनि कम अंग्रेजी आउने रैछ!’ :P :P<<<<<<
Read Full Discussion Thread for this article