Posted by: gahugoro April 19, 2007
sujata koirala in chandan taskari
Login in to Rate this Post:     0       ?        
सुजाताको कारण बालुवाटारमा रडाको आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एक माओवादी मन्त्री मातृका यादवविच विवाद उत्पन्न भएपछि स्थगीत भएको समाचार त पढ्नुभयो होला । तर, सायद किन भयो त त्यस्तो रडाको त्यो भने त्यत्ति स्पष्ट रुपमा बाहिर आउन सकेको छैन । यस विषयमा मैले बैठकमा सहभागि एक मन्त्रीसंग कुरा गरेको थिए । उनका अनुसार आजको झगडाको कारण हुन् प्रधानमन्त्री कोइराला पुत्रि सुजाता कोइराला । सुजाता माओवादी नेताहरुविच अरुचीको नाम हो । विभिन्न बहानामा निरन्तर माओवादीलाइ गालि गर्दै हिडेकाले पनि हुनसक्छ सुजाता भनेपछि माओवादीको कन्सिरीको रौ पनि ठाडो हुन्छ जस्तो लाग्छ मलाइ । आज क्याविनेटमा के भएको थियो । त्यसको विवरण लेखौं है त । विहान नौ वजे क्याविनेटको बैठकको समय तोकिएको भएपनि माओवादी मन्त्रीहरु प्रधानमन्त्रीनिवास बालुवाटारमा साढे नौ वजे मात्र उनीहरु प्रवेश गरेका कारण बैठक आधा घण्टा ढिला शुरु भएको थियो । ढिला हुनुको कारण के रहेछ भनेर बुझेको माओवादी नेता डा. बाबुराम भट्टराइले मन्त्रीहरुलाइ मन्त्रीपरिषद्मा उठाउने मुद्धाको विषयमा प्रशिक्षण दिएकाले केह ििढला भएको रहेछ । बैठक प्रारम्भ हुनासाथ माओवादीका तर्फवाट सरकारको नेतृत्व गरेको सुचना तथा संचार मन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टीको लागि भारतवाट ५० वटा जिप्सी ल्याउने तयारी गरेको र सरकारले त्यसको भन्सार मिनाहा गर्ने प्रस्ताव राखेका रहेछन् । उनले माओवादी छापामारको भत्ता एक हजार आठ सय वाट बढाएर तीन हजार पुर्याउन प्रधानमन्त्रीसंग माग पनि गर्छन् । तर, अर्थमन्त्री रामशरण महतले त्यो त सकिंदैन भनेर अस्विकार गरेछन् । सोमवार मन्त्री यादवले एक कार्यक्रममा काठमाडौंको उत्तरमा रहेको शिवपुरी राष्ट्रीय निकुन्जको शुरक्षाका लागि खटाइएको सेनाले बन फाड्ने तथा बन्यजन्तु मारेर खाने गरेको आरोप लगाएका थिए । अनी आज प्रधानमन्त्रीले त्यही विषयमा आपत्ति जनाएका रहेछन् । मन्त्रालयको विषयमा कुरा गर्दै जांदा प्रधानमन्त्री कोइरालाले बन मन्त्री मातृका यादवलाइ तिमिले मसंग नसोधि सेनाको बारेमा किन बोलेको भनेर प्रश्न सोधेछन् । अब ज्यानको बाजी थापेर जनयुद्ध लडेका यादव प्रधानमन्त्री कोइरालासंग के झुक्थे उनले बन मन्त्रालय मेरो भएकाले निकुन्ज पनि मेरो अधिकार क्षेत्रभित्र पर्ने कुरा हो भनेर जवाफ दिएछन् । कोइराला त परे सेना बन अन्तर्गत हैन रक्षा अन्र्गत हो अब आइन्दा अरु मन्त्रालयको विषयमा टिप्पणि गर्नेभन्दा अगाडि छलफल गरेर मात्र गर्नु भनेछन् । उनले आफ्नो मन्त्रालयमा हुने गरेका गलत काम आफुले जनतामाझ भन्छु भनेछन् । यसरी केही बेर बादवीवाद भएपछि एक्कासि यादवले तपाइको छोरी सुजाता रातो चन्दन तस्करीमा संलग्न रहेकी छिन् मलाइ के निर्देशन दिनुहुन्छ भनेपछि कोइराला रिसले आगो भएर यादवलाइ’ तिमि यहांवाट गइहाल भनेछन् । यादवले पनि म कसैको निगाहवाट यहां जागिर खान आएको हैन भन्दै त्यसको प्रतिवाद गरेपछि कोइरालाले जहांवाट आएको हो त्यही जाउं भनेपछि रिसाउंदै यादव बाहिरीरिएपछि उनीसंगै माओवादीका अन्य मन्त्रीहरुपनि बाहिरिए । जसका कारण मन्त्रीपरिषद्को बैठक बस्न सकेन । बालुवाटारवाट बाहिरिएका माओवादी मन्त्री आफ्नो अध्यक्ष प्रचण्डसंग भेट गर्न गए । त्यसको करिव चार घण्टापछि प्रचण्ड अर्का नेता बाबुरामलाइ बोकेर बालुवाटार छिरेर ४५ मिनेट विताए । सो क्रममा दुबै नेताविच समस्या समाधान भएको भनिएको छ । तर मलाय लाग्छ यो टेलर मात्र हो । http://www.hamroblog.com/?p=395#more-395
Read Full Discussion Thread for this article