Posted by: ramguragain April 19, 2007
अनुसासन हिन ब्याबहार
Login in to Rate this Post:     0       ?        
माओवादीले विद्यालय भत्काए लहान, वैशाख ५ - सिरहाको रामनगर मिर्चैया-४ स्थित निर्माणाधीन निजी विद्यालय भवनको काठपात माओवादी कार्यकर्ताले भत्काएर लगेका छन् । मल्हनिया खोरी-४ का धनिकलाल साह र किशोरकुमार खतिवडाद्वारा मिर्चैयास्थित १० कठ्ठा जग्गामा बनाउन सुरु गरिएको चन्द्रज्योति आवासीय विद्यालय भवन निर्माणकै क्रममा माओवादी कार्यकर्ताले मंगलबार सा“झ भत्काएर ट्याक्टरमा लगेका हुन् । पीडित धनिकलाल साहका अनुसार आफूले विद्यालय भवन बनाउन सुरु गरेदेखि नै स्थानीय माओवादी कार्यकर्ताले पटकपटक नबनाउन चेतावनी दिने गरेका थिए । माओवादी कार्यकर्ताले राजपरिवारका नातेदार शोभा शाहीको जग्गा भएकाले घर नबनाउन चेतावनी दिने गरेको पीडितले बताए । तर साह र खतिवडाद्वयले एक वर्षघि कल्याणपुरका वीरेन्द्र साहस“ग ३० लाख रुपैया“मा जग्गा किनेको जनाए । स्थानीय बासिन्दा राजपरिवारका नातेदार शोभा शाहीका पति मोहन शाहीको नाममा रहेको उक्त जग्गा वीरेन्द्र साहले किनेकोसम्म थाहा भएको बताउ“छन् । पीडितले अधुरो विद्यालय घरका काठ दाउरा र लागतसमेत दर्ुइ लाख रुपैया“ बराबर क्षति भएको दाबी गरेका छन् ।
Read Full Discussion Thread for this article