Posted by: Poonte April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
आच्या! कामरेडको नि भरोसा भएन अब? यो बृद्ध माथि के आई लाग्या हो, हे भगवान! चारैतिराऽट पेलिन थालिम्। न्याय खोज्न काँ जानि अब? बरु, हाम्रै धोबिनीले ठीक पार्लान् सबलाई। भड्डु चेप्नि सनासोले गर्धन चेपि दिन्छे सबको! माई वासर वुमान्स् रेड पटिकोट छीथ ह्यामर एन्ड सिकल दिसाईन्स प्रोमिस्! क्यार्नि त नि, सान्नानी! कुम्लेको पछिल्लो निवेदनको भाषा र शैली हेर्दा सामन्तीहरु के षडयन्त्र जस्तो लायो के रे, अनि त लागिम् नि मावबादीलाई गुहार्न! नपत्त्याए, हेरुम् के कुम्ले को पछिल्लो निवेदन को प्रतिलिपी: "हे राहुल दाई! तपाईँ कस्तो मान्छे भने, जे देख्यो त्यो भन्ने, जे सहि हो त्यो बोल्ने, न कहिले भ्रष्टचारीको पछि लाग्नु भयो, न कहिले अत्याचारीको अघि अघि भाग्नु भयो। जन्मे देखि अहिले सम्म तपाईँको मुखबाट सत्य बाहेक केहि नि निस्केको छैन, तपाईँले जे बोल्नुभयो त्यो सधैँ हामी जस्ता सोझा, केहि नयाँ सिक्न लालायित बालखहरुको लागि कहिले भुल्न नहुने महाबाणी बन्यो, यस्ता तपाईँलाई कोटी कोटी नमस्कार छ!! हे चिलिम ग्रहणकर्ता, हे गजलबाचक, हे सत्यबादी पुरूष, आज तपाईँले भन्नु भएका केहि सत्यकुराहरुलाई यहाँ चौतारीका केहि छट्टु, धुर्त ब्यक्तीहरुले गलत हो भनी तपाईँलाई देवता जस्तो गरेर पुज्ने हामी जस्ता हजारौँ सोझा भक्तजनहरुको मात्र होइन, तपाईँको पनि खिल्ली उढाएको कुरा यहाँ निवेदन गर्न चाहन्छौँ। हे ख्वामित, आज फेरि यहाँ आफ्नो त्यहि पुरानो पराक्रम, त्यहि पुरानो कला देखाएर ति पापिस्टहरुको आरोपको खन्डन गरी यो धर्तीलाई पुन: स्वर्ग द्वारी बाटिकाको रुपमा उभ्याई हामी जस्ता हजारौँ अनाथहरुको कल्याण गरिदिनुपर्यो!! हजुरलाई फेरी कोटी कोटी नमस्ते टक्र्याउदछौँ। प्रभुको लिला अपरम्पार छ। हाम्रो मनको कुरो बुझ्न केहि समय लाग्दैन। पापिष्टहरुको नाश गर्न पर्यो प्रभु!! हाम्रो कल्याण गर्नपर्यो प्रभु!! प्रभुको जो आदेश!! :-)"
Read Full Discussion Thread for this article