Posted by: gobarganesh April 16, 2007
foharee saajhaa
Login in to Rate this Post:     0       ?        
साझाका साहूजी, मेरो करजोरी बिन्ती तपाईंलाइ र तपाईंमार्फत साझाका सबैलाई: साझा हामी घर परिवारका सबैजनाले हेर्छौ । अव यहाँ मकार च्कार बोल्ने र पांडे गाली गर्ने हो भने कान थुन्नु कि आंखा चिम्लनु! हाम्री बहुनीले पढ्न नहुने, छोरीले हेर्नै नहुने लवज यहाँ लेखिएका छन्, बैराग लाग्छ । मुख फोहर पारेर हामी आफुलाई भात खाने कसरी भन्न सक्छौ? साझाका साहुजी ओझाले फोहर बोल्दैछन्, उनलाई सजायको बोझा बोकाउन नसक्द भारी मनले तपाईंलाई हुतिहारा पो भनौ कि भन्ने लाग्छ । साझाको लोकप्रियता वर्णन गर्न हजार जीब्रा भएका शेषनागलाई खेताल लगाए पनि थोरै । आजका तिथी मितितक कहीं साझाको इश्तिहार देख्नु परेकोछैन । कृपया आफ्नो इज्जतलाई खोपीमा जतन गरौं । दोबाटाको मादल किन बनाउनु! साझाका सङ्गीहरुले साझाको आङ्नमा चंदुवा टांगेको बढीयां, फोहर गरे आँफैलाई गन्हाउंछ ।
Read Full Discussion Thread for this article