Posted by: SateLite April 15, 2007
" Spot Boy हरुको कथा..."
Login in to Rate this Post:     0       ?        
बालुवाटारमा दीपकको बाइकबाट उत्रँदा साँझको पाँच बज्न आँटेको थियो !लगायको हेल्मेट मैले उसको बाइकको लेगगार्डमा झुण्डाइदियँ अनि बाइक साइड लगायर हामि चोकमाको कफि शपमा छिर्यौँ !त्यहाँ मैले सधै देख्ने एउटा बुढा कफि बनाउन ब्यस्त देखिन्थे,उनको कपाल हिउँझै सेतो थियो अनि उनि सधै शान्त देखिन्थे,कहिले मैले उनलाइ तनावमा देखिन तर कहिलेकाँहि जब हामिहरु उनको पसलबाहिर सुर्याको धुवाँ हावामा उडायर कलेजो डढाइरहेका हुन्थ्यौं,उनको मुहारमा केहि असन्तोष देखा पर्थ्यो , सायद उनि भन्न चाहन्थे होला हामिलाइ चुरोट नपिउन तर आधुनिकताको जुन आवरण युवाहरुमा भित्रियको थियो अनि सायद हाम्रो आक्रोषपुर्ण जवाफ को कल्पनाले उनि हामिलाइ भन्नचाहिं केहि भन्दैनथे तरपनि म महशुस गर्थें सायद मैले बाबाको अगाडि चुरोट पियँ भने यस्तै भाव देखिदो हो भनेर !नरमाइलो त लाग्थ्यो तरपनि साथिहरुसँग कागको बिचमा बकुल्ला बन्ने हिम्मत आँउदैनथ्यो अनि चुपचाप तान्यो र जुत्ताले कुल्चियो रिस पोखेर ! ****** म धुलिखेलबाट दुइहप्ताको बसाइपछि फर्कियको थियँ, धुलिखेल वरपर OutDoor अनि त्यहिँको Mirabel Resort मा Indoor शुटिङ सकेर हाम्रो युनिट फर्कियको थियो र सिनेमा थियो दयाराम दाहालले निर्देशन गरिरहेको एउटा नेपालि सिनेमा!निर्माता थिय नागेन्द्र घिमिरेभन्ने एउटा प्राणि !दीपक थियो सो सिनेमाको Still Photographer अनि म थियँ Clap Man !सिनेमाका कलाकार श्रिक्रिस्न श्रेस्ठ र जल शाह थिय मुख्य रोलमा !सबै शुटिङ सकिन लगभग 65 Days लागेको थियो र अझै एउटा गीतको छायाङकन बाँकि नै थियो,सायद पछि पोखरा साइडमा गरिने योजना थियो क्या रे ! मैले नेपालि सिनेमामा काम गर्ने सपना कहिले देखेको थिइन,नेपालि सिनेमा हेर्नु आफुलाइ तिन घण्टासम्म दिक्क लाग्ने गीत,ताल न बेताल का द्वन्द अनि बेसुरको कथाले थिच्नु हो भन्ने लाग्थ्यो ! त्यो सजाय म आफुलाइ दिन प्राय चाहन्नथें ! गीत बिनाका अंग्रेजि सिनेमा नै मलाइ Doze दिन प्रयाप्त थिय तर पछि भैरहवाबाट +2 गरेपछि काठ्माडौं आयँ अनि सँयोगबश निर शाहको भर्खरै खुलेको National College of Film Making मा निर्देशन र Script Writting Course मा हुत्तियँ ! प्रायश Young Generation कलाकारितापट्टि आकर्षित थिय !हामि निर्देशन लगायतका बिषयमा Student केहि मात्र थियौँ !मलाइ Actor बन्ने सोख कहिले लागेन ,बरु यि रोगि सिनेमाहरुका बिचमा केहि राम्रा सिनेमा बनाउन सकिन्छ कि भन्ने सोचले निर्देशन र लेखनपट्टि तानेको थियो,हुदै भयन भने Telivision Field त छँदै थियो,राम्रा TV Programme बनाउन सकेपनि केहि त हुन्थ्यो भन्ने एउटा सोच थियो !प्रायश Dhotiz हरुका Programme हरुबाट केवल Copy & Paste गरियका नाममात्रका नेपालि Product हरुले मलाइ बित्रिष्णा बनायका थिय ! मनमा लग्थ्यो जब कथा नै चोर्नु छ भने किन अलि परका अंग्रेजि का चोर्दैनन यिनिहरु ? यो प्रश्नको उत्तर त मैले नेपालि सिनेमामा काम गर्न थालेपछि मात्र थाहापायँ ! खासमा कुरा के रहेछ भने चलचित्रको मुख्य पात्र निर्देशकहरु नै हिन्दि चलचित्रका भुक्तभोगि रहेछन, उनिहरु शुटिङ स्पटमा भर्खर Release भयका Dhotiz Product का बारेमा भब्य गफ हाँकिरहेका हुन्थे अनि बिचरा स्पट ब्वाइलाइ ताल न बेतालका गालि सित्तैमा गर्थे !अंग्रेजि सिनेमाका बारेमा बहस मैले त्यो परिवेषमा कहिले सुन्न पाइन !निर शाह सर को कलेजमा 12 Monh पढेपछि म Field मा कामगर्न सिनेमामा पुगें तर Atfirst त्यहाँ काम दिने जन्तु कोहि भेटियन ! नक्सालको चलचित्र निर्माता सँघ मा धाँउदा-धाँउदा पहिला बल्लबल्ल Spot Boy को काम पायेको थियँ एउटा नेपालि सिनेमामा तर त्यो Spot Boy को काममा जति श्रम र निशुल्क पाइने गालि सायद संसारको कुनै अर्को पेशामा पाइदैन होला ! प्रायजसो Spot Boy हरु सारै नपढेका र कुनै बिकल्प नभयर त्यहाँ काम गरिरहेका देखें मैले ! मेरो अवश्था केहि हदसम्म फरक थियो , म बाध्यताले भन्दापनि केहि सिक्ने चाहनामा त्यहाँ त्यसरि काम गरिरहेको थियँ तर ति सत्तरिवटा दिनहरु सारै कष्टपुर्ण बिते यार,सम्झँदा अहिलेपनि बोर लाग्छ !चियाको केटलि एउटा हातमा अनि अर्कोमा गिलास राखेर युनिटभरि चिया बाँडदै हिँडने..अनि क्यामेराम्यानले कुनै शट Crane बाट लिनुपर्दा Crane का गरुङगा ढकहरु उचाल्दै यता र उता गर्नुपर्ने,ट्रलिहरु लोड र अनलोड गर्दै युनिटको थोत्रो बसमा शुटिङ स्पटमा भौतारिने र बिशेषत नायिका का नक्कलहरुको शिकार स्पट ब्याइ हुनु पर्थ्यो !ताल न बेतालका अर्डर गर्थिन जल शाह मलाइ पनि !कहिले सलाद ले बाबु रे कहिले हट कफि रे कहिले कोल्ड रे !मलाइ मनमनै'लामोजस्तो रिसमात्र उठाँउछन यार सबैजना'भन्ने भाव आउथ्यो ! पछि जल शाहलाइ ताहाचालको 'साबित्रि सदनमा'शुटिङ हुँदाचाहि थाहा भयेछ म उनको शब्दमा भन्नुपर्दा(निर राजा) को कलेजमा पढेर आको भनेर अनि मोटो मुहार झन फुलायर हात्तिको जत्रो बनायकि थिइन अनि मलाइ एकछिन निशुल्क अर्ति उपदेश दिइन उनले अनि पुराना निर्देशकहरुका History दोहोराइन,सबै सानोकामबाटै माथि आयका हुन भन्दै,मनमनै मैले 'hu the hell cares,hu came frm where'भनें तर मुखलेचाहिं okey-okey मात्र भनें ! ति कठोर काम गर्ने स्पट ब्वाइहरुप्रतिको सबैको नकारात्मक ब्यवहार सम्झेर बोर लाग्यो ! बाहिर आधुनिक बन्ने हरुको सिनेमा बनाँउदा रातदिन मिहिनेत गर्ने ति स्पट ब्वाइहरुप्रति शुटिङ स्पटमा गर्ने ब्यवहार सम्झदा ,देख्दा र थोरै भयपनि आफै भोग्दा एउटा असहज खट्किरहेको हुन्थ्यो सधैभरि ! *********** मैले एउटा सिनेमामा स्पट ब्वाइको काम गरेपछि फेरिचाहि गर्नु परेन ! दोस्रो सिनेमामा चाहिं क्लाप हान्ने,कन्टिन्युटि शिट लेख्ने अनि प्रत्येक Shot पछि आफ्नो माथिल्लो गोजिमा राखियको निर्देशकको चुरोट सल्कायर निर्देशकको ओंठसम्म पुराइदिने काम गर्न थालें ! क्लाप हान्ने कामचाहिं पर्दामा आँउदा सह-निर्देशक (फलानो)भनेर आउथ्यो !घामलागेको दिनभरि शुटिङ चल्दा क्लापबोर्ड मा Scene no,Shot no अनि Take no लेख्दै घरिघरि हत्केलाले मेटाँउदा साँझसम्ममा हात रंगिन देखिन्थ्यो !तर शुटिङ सकियपछिचाहिं हल्का रमाइलो हुन्थ्यो जे होस !कहिलेकाहि निर्माताले उदारता प्रस्तुत गर्दै निर्देशन र क्यामेरा का मान्छेहरुलाइ अतिरिक्त Beer लगायत सोमरसहरुको ब्यवस्था गर्नेकाम पनि हुन्थ्यो !अनि साइडमा बसेर चुस्कि तान्दै निर्माता र निर्देशकका अल्छिलाग्दा गफ सुनेर Beer पचाउन बाध्यपनि भैन्थ्यो ! सम्झँदा अहिले कस्तोकस्तो लाग्छ ! Cinema Study गर्ने बिषयमा प्राय जताततै बिरोध खप्नु परेको थियो मैले !तरपनि बाबाले Sponser गर्न तयार भयपछि सबैका आलोचना तेल लिन गयका थिय !तरपनि म जहाँ बसेर पढ्थें र अझैपनि जहाँ बस्थें अर्थात मेरा मामा चाहिं मेरो सिनेमा यात्राका अहिलेसम्मका महा खलनायक हुनुहुन्थ्यो !दुखका साथ यो आरोप लगाउनुपर्दा म Sad Feel त गरेको छु तर उहाँले मलाइ सिनेमा पढने र त्यहाँ काम गर्ने अनुमति कहिले दिनुभयन ! म केवल उहाँलाइ'hu cares ?'को रुपमा हेरेर मात्र हो !उहाँको चाहना थियो अरुजस्तै म पनि पोखरामा काम गरुँ,एउटा ट्राभल्स एजेन्सि थियो त्यहाँ ,तर मलाइ ति सबैमा रुचि नै थियन !म सानैदेखिको बाङगो मान्छे थियँ जस्तो लाग्छ बरु मलाइ दिनभरि दुइटा उपन्यास पढेर बस भने म स्विकार्थें कोहि Relatives कहाँ जानुभन्दा !मामाले मलाइ पहिला सम्झाउनुभयको थियो,अनि हपार्नु भयको थियो अनि अन्धकार भविष्य़को त्रास देखाउनुभयको थियो सिनेमाको अन्ध्यारोमा भाञ्जाबाबु नजाकिउ भनेर तर ति सबै कुरा बालुवाटार चोकमा चुरोटका धुवाँमा उडेका थिय ,अस्तित्व नै नराखि !!माइजु केवल हाँस्नुहुन्थ्यो,भाञ्जाबाबुले फिलिम हुन कि के जातिका चिलिममा काम गर्नुहुन्छ भन्दै !मेरो अट्टहासपुर्ण हाँसो जान्थ्यो उहाँको Pronounce मा !तर मामाले हेर्ने द्रिष्टिकोणमा कुनै परिवर्तन आयन !म बाहिर कोठा लियर बस्छुभन्दा पनि नदिने अनि घरमा सधै मलाइ टेन्स मात्र दिने यार !कहिलेकाँहि त दिक्क लाग्थ्यो ! Vally भित्र शुटिङ परेको बेलामा,म साँझ बालुवाटार फर्कन्थें अनि सोफामा फ्यात्त फाल्थें ,क्लाप बोर्डसहितको ब्याग !अनि एकछिन हावा खान चोकमा ,त्यो हावामा चुरोटपनि थपिन्थ्यो जब कोहि केटाहरु भेटिन्थे !मामाले बेलाबखत मलाइ सारै बिझाउनेगरि भन्नुहुन्थ्यो,सिनेमामा लाग्ने भय यहाँ नबस भनेर ,डर देखाउनलाइ !तर मैले केहि वास्ता गर्दैनथें !तर आज के हुने हो खै ?******* __________________________________________________________________ दिपकसँग बिदा भयर म घरलागें !अलिअलि झमक्क हुन लागेको थियो...आँगनमा देखें माइजुले सुकायका लुगा उठाउदै हुनुहुदो रहेछ !मैले ढोगेँ !माइजुले मेरो स्नेहले कपाल मसार्नुभयो !त्यो उहाँको स्नेह देखाउने बानि थियो !मैले अलिक उदास देखेर सोधें -माइजु किन उदास हुनुहुन्छ ? -मामा रिसाउनुभयको भयको छ ,यत्रो दिन तपाँइ घरमा नआउदा ?सिनिमा मा काम गर्ने केटिहरु ठिक हुन्नन,संजय अब नसुध्रिनेगरि बिग्रिय भनेर बुट्वल फोनमा कुरा गर्नुभयो !एकपल्ट राम्ररि कुरा गर्नुस बाबु !!! म उहाँका कुरा सुनेर केहि अलमलमा परें-हुनत सधै हुन्थ्यो यस्तो ,तर आज अलिक सिरियस नै पो हो कि झै लाग्यो !म माथिल्लो तलामा उक्लियँ...मेरो आगमनको चाल पायर मामा झन फुलेर बस्नु भयको रहेछ !मलाइ सारै थकाइ लागेको थियो !म चुपचाप एक निद्रा सुत्न चाहन्थें,म बाथरुम छिर्न नपाउदै मामाको उर्दि जारि भयो-संजय बाबु यहाँ आउ भनेर,आज सिरियस नै लाग्यो बातावरण ! -भाञ्जाबाबु तिमि अब यो सबै छोड ! अब त तिम्रो मन पुग्यो होला नि ?कि अझै पुगेको छैन ?यस्ता काम न काजका सिनेमाभन्दै दौडिन काममा नलाग अब !कि यो सबै छोडेर पोखरा दाइसिम गयर काम सिक ,होइन भने तिमि यहाँ बस्नु जरुरि छैन ! मामाका शब्दहरु सरल थिय तर मलाइ असध्यै बिझाय !म उहाँको रोडम्याप अनुसार चल्न असमर्थ थियँ...केहि दिनपछि सुरु हुने Editing मा Continuity Sheet मैले लेखेको हुनाले मेरो उपश्थिति अनिवार्य थियो नत्र निर्मातामाथि सरासर धोका हुन्थ्यो !म चाहन्नथें ,त्यसै त रोगि सिनेमा त्यसैमाथि मेरो कारणले झन महारोगि नबनोस भनेर ! मैले भने - म बिचमा यसरि छोडन सक्दिन !! मैले कसैलाइ धोका दिन सक्दिन मामा !फेरि जीवनमा कुनै एउटा लाइनमा त लाग्नै पर्ने हुन्छ ,अब म यसमा छु त के खराब भयो र !सरि म छोडन सक्दिन मामा ! मेरो प्रतिउत्तरले मामाको टेम्पर अलि हाइस्पिडमा दौडियो अनि रिसाउनु भयो -तेसोभय तिमि यहाँ बस्नु पर्दैन ! जाउ त्यहि सिनेमा बनाउने ठाँउतिर बस !! मेरो थाकेको मनस्थिति पनि अब अलि अनियन्त्रित भइसकेको थियो,रिस उठेओ....खाइनपाइ कुनै गल्ति नगर्दापनि बिनासित्तैमा..के के सुन्नुपर्दा,प्रोत्साहन पाउनुको साटो सधै यार के के हो के के ?हतोत्साहि मात्र बनाउने मात्र ..... -त्यसोभय म घर छोडनु नै पर्ने हो त मामा ? -हो भोलि बिहानबाट अब मलाइ तिम्रो मुख नदेखाउ,जाउ त्यहि सिनेमा बनाउदै बस ! जुन दिन तिम्रो बुद्दिले यो काम ठिक रहेनछ जस्तो लाग्छ ,अनि यो मामालाइ सम्झनु ! मैले लामो सास तानें !नरमाइलो लाग्यो आफुले सम्झाउन नसकेको मा हो कि के हो के मा ! म तल्लो तलामा झरें ,कोठामा पसें...सानो ब्यागमा लुगा हालें,क्लाप बोर्डपनि !मलाइ अब त्यहाँ बस्नुको औचित्य लागेन !ब्याग सहित माथि उक्लियँ !माइजुले किचनमा केहि फ्राइ गरेको आवाज आइरहेको थियो,आज त्यो पनि मिठो लागेन ! -मामा माइजु हजुरहरुले आजसम्म गरेको स्नेहको त म सायद के रिण तिर्न सकुला र ,तर मैले आफु गलत छैन भनेर बिश्वास गराउन सकिन !मलाइ माफ गरिदिनुहोस !छोरालाइ दिने माया दिनुभयो...मलाइ सायद पाप लाग्नेछ तर अब म जानुपर्छ मामा !ल म गयँ ....राम्ररि बस्नुहोला ! ** म प्रतिउत्तरको प्रतिक्षा नगरि बाहिरियँ...मामा केहि भन्न मुख खोल्दैहुनुहुन्थ्योहोला तर म त्यहाँ थिइन !सधै बसेको घर छोडनुपर्दा केहि थोपा आँशु हत्केलामा झरे !मार्कर पेनको मसिमा रंगिदै !टि-सर्टमा पुछें... म चोकमा आयँ..हिउजस्तो कपाल भयका बुढा सायद केहि फुर्सदिला थिय कि ,मसित आँखा जुध्यो..म बिनाभाव अघि बढें..! पस्चिमतिर सुर्य अस्ताइसकेको थियो..बिस्तारै काठमाडौं रात्रिको अँध्यारोमा डुब्दै थियो !म उज्यालोको खोजिमा बसपार्कको निम्ति ट्याक्सि समातें..मलै भोलि सुर्य उदाउनुपहिला घरमा पुग्नु छ !बुटवलको लागि टिकट काटेर..म पछिल्लो सिटमा..ब्याग सिरानि बनायर पल्टियँ ! घर पुगेर अब निद्रा पुग्नेगरि सुत्नु छ..तिनै गल्लिमा केहि दिन अब हराउनु छ ! बसमै देखियका केहि सपनाहरुमा तिनै 'स्पट ब्वाइहरु' आइरहे..जहाँ मैले क्लापबोर्डमा ..Scene,Shot र Take नंबर लेखिरहेको थियँ !कुनै ठाँउमा कुनै अज्ञात सिनेमाको शुटिङ चलिरहेको थियो !!हिरोइन भन्नेहरु नक्कल परिरहेका थिय अनि...बिचरा सधै हेपियका Spot Boy हरु आफ्नो काममा ब्यस्त थिय ! ब्यस्त थिय !!!!
Read Full Discussion Thread for this article