Posted by: gobarganesh April 15, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
तथाकथित डी भी पीडितहरुका कुरा सुन्दा मलाई के लाग्छ भने यिनीहरुले आफ्नो बाटो त बन्द गरे नै अरुका सम्भावनाहरुलाई समेत कुठाराघात गर्दैछन । मनिसले आफ्नो आङ पहिला हेर्नुपर्छ्, जुम्रा छन कि छैनन त्यसपछि मात्र अर्काका ढाड्मा राङोले राइदाइ गरेको छ कि छ छैन बिचार गर्नु बेस् हुन्छ । सबै भन्दा पहिला कुरा गरौ डी भी को प्रारम्भिक प्रकृयाबाट्-- १: जब तपाईं डी भी भर्न थाल्नु हुन्छ हेक्का राख्न्नु पर्छ म सन्सारको सबैभन्दा व्यवस्थित् सरकारसङ्ग व्यवहार् गर्न थलेको छु जसले आफ्न नागरिक् तथा राखेका कानूनी आप्रवासीहरुलाई फगत् एउटो सोसल् सेक्युरिटी नम्बरले हग्दा मुत्दा समेत् बांधेर् राख्न सकेको छ। अब तपाइ कच्चा बैद्य जस्ता विग्यापनको भाषा समेत शुद्ध लेख्न नसक्ने इ डी भी कम्पानीका घन्चक्करमा पर्नुहुन्छ अथवा आँफैले डी भी शुरुमा भर्दा र पछिका तिथि मिति फरक पार्नुहुन्छ भने मोरियार्टी मोरा मरी जओस् भनेर सरापेर हुन्न, कृपया आफ्नो गल्ती पर्गेल्नुस् । (अझै आउँदै छ । । । ।)
Read Full Discussion Thread for this article