Posted by: Rahuldai April 15, 2007
Nepali Congress is the most corrupt party in Asia if not in world
Login in to Rate this Post:     0       ?        
बल बहादुर जी, पूर्बाग्रह् को पनि ह्द हुन्छ मित्र, तपाईलाई नेपाली कांग्रेस मन् पर्दैन भन्नु को अर्थ यो होइन कि तथ्य सत्यलाई तपाई को इच्छा अनुसार् परिभाषित गर्नु। १- संबिधान सभा को निर्बाचन तोकिएको समय मा हुन नसक्ने देखिनु कसरि नेपाली कांग्रेस को षड्यन्त्र भयो? २- निर्बाचन आयोग के नेपाली कांग्रेस को खल्ती आयोग हो? ए मा ले र माओबादि ले आफ्ना मान्छे आयुक्त बनाएका छैनन् र? के उनीहरुको मुखमा दहि जमेको थियो। ३- निर्बाचन आयोग ले असार् ६ गते निर्बाचन हुन नसक्ने भन्नु मा प्राबिधिक कारण धेरै थिए। निरबाचन प्रयोजन का लागि आबश्यक एन हरु संसदबाट समय मै हुन नसक्नु के नेपाली कांग्रेस को मात्र जिम्मेबारि थियो? बामपन्थी हरु को प्रचण्ड बहुमत भएको संसद् के नेपाली कांगेस को नियन्त्रण मा थियो? ४- यति महत्वपूर्ण समय मा पनि २-३ लगातार् संसद चलाउन कस्ले दिएन? कांग्रेस् ले कि माओबादि ले? ५- मन्त्री परिषद को कमि कमजोरि ले समय मै काम् भएन, निर्णय भएन । त्यो सत्य हो, त्यसको पनि कारणले चुनाव समय मा गर्न नसक्ने स्थिति आएको छ। के मन्त्री परिषद भनेको नेपाली काँग्रेस को मात्र हो? बहुमत् मन्त्रीहरु कस्का थिए र हुन्? आफ्ना मन्त्री हरु, तलब नि खाने, झण्डा भएको गाडि नि चढ्ने अनि मन्त्री परिषद् को निर्णय र जिम्मेबारि बाट् अछुट् हुने र कांग्रेसलाई गाली गर्ने? कहा को न्याय हो यो।जुनथाल् मा खायो त्यहिँ आचि गर्ने? ६- आठदल को बैठकमा कुनै न कुनै दल ले बखेडा झिक्ने, २-४ दिन् लम्ब्याउने अनि समय मा निर्णय न गर्ने नेपाली कांग्रेस् लाई दोष थोपर्ने? आठ दल ले संयुक्त जिम्मेबारि लिनु पर्दैन? राम्रो काम् को चाहि ठुला ठुला गफ् मैले नै गरेको भनेर गफ् हाँक्ने, अपजस जम्मै बुढो गिरिजा लाई? त्यसैले, असार् ६ गते को निर्बाचन मिति नेपाली कांग्रेस र गिरिजा ले तोकेको दिन होइन, आठदल ले गरेको निर्णय हो। सामान्यतया कुनै निर्बाचन गर्ने वा निर्बाचन को आधिकारिक सुरुवात् गर्ने १०० दिन चाहिन्छ भन्ने कुरा को हेक्का आठै दलका नेता मा न हुनु आश्चर्य को कुरा होइन र? के त्यो हेक्का राख्ने ठेक्का पनि गिरिजा बाबु को मात्र हो? गफ हाक्नु र देश चलाउनु एउटै कुरा होइन, प्रचण्ड र् माकुने दुबैलाई यो चेतना दिने कस्ले?
Read Full Discussion Thread for this article