Posted by: chanaa_tarkaari April 15, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
"होइन सर होइन, चनाले भनेको हुँदैन, हामी मान्दै मान्दैनौ । हाम्रो सबै माग पुरा हुनै पर्छ, फी बढाउन पाइदैन पाइदैन ।" धेरै जना स्याँउँ स्याँउँति कराए । वातावरण उत्तेजित बन्यो । चनालाइ बडो अप्ठेरो पर्यो, आफ्नो क्लासको साथिहरुतिर हेर्यो, आफ्ना साथिहरु पनि चनाको त्यो भनाइपछि स्तब्ध भएको देख्यो । चना बडो असमञ्जसमा पर्यो, मनमनै सोच्यो - "बोलि फिर्ता लिने कि, के गर्ने के गर्ने । आsss बोलिहालियो, किन फिर्ता लिने?" चनाले अठोट गर्यो "अब म बोल्दिन । अब अरुले बोलेको सुन्छु । " त्यसपछि हेडसरले फेरि भने । "ल चनाले भनेजस्तै २५% त होइन ८०-९०%मा सहमत गरम, र हामीले केहि दिनभित्र कति सम्म मागहरु पुरा गर्न सक्छौ त्यो हेरेर भनौला । ल हुन्छ?" "हुदैन सर । हुदैन । फी बढ्न त दिदै दिन्नौ । अरु कुरा हामीलाइ थाहा छैन । चनाले बोल्दैमा हुन्न सर ।" "ल चना के भन्छौ तिमी ? बिहान देखि तिमीले निकै राम्रो कुरो गरेको थियौ, तिम्रो कुरोहरु हामीलाइ पनि चित्त बुझेको थियो, अहिले तिम्रो साथीहरु फी बढाउने कुरो मानेको छैनन । के भन्छौ तिमी?" "मैले भन्ने कुरो भने सर । म मेरो क्लासको मात्रै प्रतिनिधि हो, सबैको प्रतिनिधि होइन । सरले ८० - ९०% फी बढाउने भनेको कुरो मलाइ पनि चित्त बुझेको छैन । अरु सबैलाइ चित्त बुझाउनोस, सबैले जे हुन्छ भन्छ मलाइ पनि त्यहि मञ्जुर हुन्छ । " चनाले आफुलाइ लागेको कुरो भन्यो । त्यसपछि चना बोलेन, वार्ता अझ साँढे दुइ घण्टा लम्बियो । पहिला सहमति भैसकेको मागहरुमा सरहरुले किचकिच गर्न थाले । बेलाबेला हाँसो हुने, बेलाबेला चर्काचर्की पर्ने तर कसैले कसैलाइ सहमत गराउन नसकिने तवरले वार्ता लम्बिदै गयो । नबोलिकन बसेको चनालाइ बोल्न सरहरुले बारम्बार उक्साँउथे तर चनाले भने सहमत मागहरुबाट पछि हटेर कुरा गर्दा पनि आफुले भन्ने कुरोहरु पहिले नै भनिसकेको, नयाँकुरो भन्ने बाँकि नरहेको र पुरानो कुरो दोहोर्याउन जरुरी नभएको मात्रै भन्यो । अन्त्यमा वार्ता असफल भन्ने घोषणा गर्दै सबैजना बाहिरिए । बाहिर आउने बित्तिकै चनाको साथिहरुले २५% बढाउने भन्दै प्याच्च बोलेर चनाले महाभुल गरेको भन्दै टोके । रातिको मिटिङमा पनि सबैले चनाको तीब्र आलोचना गरे । कसैले प्रशिक्षणको लाइन बाहिर गएर बोल्न नहुने भनेर भाषण सुनाए, कसैले अस्ति भर्खर स्कुलमा आएको केटालाइ बिश्वास गरेर भूल भएको भन्न थाले । तर चना भने भित्र भित्र टुटेको थियो, मेहनत गरेर बिहान देखि हरेक कुरामा सक्रिय आवाज उठाएको सशक्त तर्क गरेर कतिपय सवालमा हेडसर र अन्यलाइ नाजवाफ बनाएको जस्ता कुराहरुप्रति कसैले पनि ध्यान दिएन, खालि २५% भन्न नहुने मात्रै भनीरहे । फेरी चनाको अन्तर्मनले पनि थप मागहरुमा भएको कुरो मान्ने भनेपछि केहि न केहि फी त बढीहाल्छ, बिल्कुलै बढाउनहुदैन थियो भनेर अडान लिनुलाइ जायज अडान मानेकै थिएन । केहि दिनमा फेरी वार्ता हुने भनियो, चनाको अनुपस्थितिमा भएको अनेक चरणको कोठे बैठकले फेरी पनि चनालाइ वार्ता कमिटिमा राख्ने निर्णय गरेछ । तर चनाले वार्ता कमिटिमा बस्न अस्वीकार गर्यो । चनाको कक्षाबाट गगन प्रतिनिधि बनेर गयो, तर गगनले वार्ताअवधिभर केहि पनि बोलेन । चना दर्शकदीर्घामा गएर बस्यो, सरहरुले बेला बेला चनालाइ दर्शकदीर्घाबाटै बोल्ने हो कि भन्थ्यो तर ऊ बोलेन । वार्तामा तर्कबितर्क फिक्का रह्यो जिद्दीको मात्रा धेरै रह्यो, कुनै नयाँ बिषयमा वार्ता प्रवेश गरेन र अन्त्यमा फेरी फी कै कुरोमा गएर वार्ता असफल भयो । केहि दिन पछि स्कुलले एकतर्फि सुचना निकाल्यो । "सम्पूर्ण विद्यार्थी, अभिभावकवर्ग र शुभच्छुकहरुको आकांक्षालाइ ध्यानमा राखि हाललाइ २५०% फी बढाउने निर्णय स्थगित गर्दै २५% मात्रै बढाउने र निकट भविष्यमा ब्यापक पुनराबलोकन गरेर सर्वस्वीकार्य ब्यबस्था कायम गर्ने निर्णय संचालकसमितिले गरेको हुँदा हड्तालरत बिद्यार्थिहरु सबैलाइ नियमित स्कुल संचालन गर्न गराउन सहयोग गर्न अनुरोध गरीन्छ ।" अचम्म रुपमा हडताल टुङ्गियो, न कुनै माग पुरा भयो, न बिद्यार्थिले केहि उपलब्धी नै गरे । शायद लामो हड्तालले सबै थकित थिए र चिन्तित पनि थिए शायद । स्कुल फेरि सञ्चालन हुने भयो । तर २५% फी बढाएको अपजस भने चना एक्लैले खप्यो । हुन त कसैले पनि "चनाको कारणले गर्दा फी बढेको" भनेर प्रत्यक्ष र गम्भीर आरोप लगाएन, तर बेला बेला हुने कुराकानीहरुमा चनाले लाइन बाहिर गएर बोलेको र चनाले भने जसरी नै २५% फी प्रशासनले बढाएको हो भनेर अप्रत्यक्ष रुपमा आलोचित हुने र चनालाइ दोषि देखाउने क्रम भने जारी रह्यो ।
Read Full Discussion Thread for this article