Posted by: HomLal April 13, 2007
Login in to Rate this Post:
0
?
केही साथीहरुले असली समस्याहरु माथि उल्लेख गर्नुभयो, बहुमत कुरा सत्य होला । धेरैजस्तो घटनाक्रमहरुलाई नियाल्ने हो भने साच्चै नेपालीहरुको कुराप्रति भरोसा गर्ने कमै ठाउ हुन्छ आजकल। त्यसमाथि पनि कुरो अमेरिकाप्रति गासिएपछि त झन पत्याउनै गाह्रो।
म पनि डी भी चिट्ठावालको आन्दोलनलाई सहज रुपमा लिने थिए होला यदि मैले एउटा पीडितसंग संगत गर्ने मौका नपाएको भए। उ र उनकी श्रीमति अमेरिका आएको १ वर्ष भयो चिट्ठा पाएर। तर उनीहरुका दुईवटा नाबालक बच्चा अझै नेपालमै छन्। हो, उनीहरुले चिट्ठा भर्दा छोराछोरीको नाम पनि हालेका थिए। तर छोराछोरीको बिषयमा झगडा गर्दा उनीहरुको पनि भिसा गुम्ने धन्की दुताबासमा काम गर्ने नेपालीहरुले नै दिएपछि आफ्ना बच्चालाई बाउ आमाको जिम्मामा छोडेर आए। उनीहरुले आफ्नो भिसा पनि म्याद गुज्रिने समयमा मात्र पाएछन। उनीहरुको भनाई अनुसार, अमेरिकी राजदुतावासमा काम गर्ने कर्मचारीहरुले कम भन्दा कम मान्छेलाई पठाएर या झुलाएर, म्याद गुजार्दे पछिल्लो भिसा नम्बर भएका ब्यक्तिहरुलाई पैसा खाएर भिसा मिलाउने काम गर्छन। त्यसैले डकुमेन्ट भेरिफिकेसनको नाममा के कस्तो सास्ती भोग्नु पर्छ भन्ने केवल पीडितलाई मात्र थाहा हुन्छ। वईयात कुराको पछि लागेका वेवकूफहरु हुन तिनीहरु भन्ने खालको निर्क्योल निकाल्नु युक्ति संगत नहोला। हामिले भुल्नु हुन्न त्यो भिसा सेक्सनमा काम गर्ने नेपालीहरु पनि उही ड्याङका हुन भन्ने। मोरियार्टीको एउटा बक्तब्यले सबै झूटो सच्चिदैन। सांच्चै छानविन गर्ने हो भने अमेरिकी राजदुतावासका यस्ता अरु त्रुटीहरु कयौ भेटिन सक्छन।