Posted by: Rahuldai April 13, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ६ "म यसपाली फस्ट भएं भने के दिनु हुन्छ?" यस्तो हावादारी कुरा सुनेर हास्नु भयो र भन्नु भयो"तं जस्तो लड्डु फस्ट हुनै सक्दैन, ल भए छ भने तैले जे भन्छ त्यही किनी दिन्छु" । त्यसो भए मलाई एक जोर नयाँ लुगा किनी दिनु पर्छ साथमा एउटा जाकेट पनि भनेर भने । दाइ ले यो लड्डु ले दिउसै सपना देखे छ भनेर ल ल पहिला मार्कसीट ल्याउ अनि सपना देख भनेर भने । अनि त्यो दिन पनि आयो, रिजल्ट नि आयो । राहुले बेहोस्। राहुले मात्र कहाँ बेहोस् भए र भने । धेरै जनाको होस हराए। पूरानो स्कूलमा सात बर्ष सम्म अनवरत प्रथम भएकि मित्र यसपाली दोस्रो मै चित्त बुझाउन बाध्य भई। उता घरमा दाइ बेहोस्, प्रथम् भएको खबर् सुनेर। दाइ र घर् परिवार् को लागि अकल्पनिय खबर थियो त्यो। राहुले ले कहिलेइ पढेको देखेको थिएन। घिरौला जत्रो नाक बोकेर घर पुगें। सबै खुशी भए नै। पिताजी लाई खबर सुनाए र मार्कशीटमा प्रथम भनी रातो अक्षरले कोरेको टिप्पणी लाई गौर गर्नु भयो। र स्याबस्स भन्न हात उठाउन खोज्नु भयो, तर हात चाहिँ हल्लियो, उठाउन चाहिँ सक्नु भएन। पहिलो पटक् दाइ ले ज्याकेट् सहित नयाँ पाइण्ट र शर्ट किनी दिनु भो र भन्नु भयो"अब फर्स्ट् भयो भनेर बढि फुर्केर् काम मा ध्यान् न दिने होइन नि। काम को चाप् पनि छ, खर्च पनि जोगार् गर्नु छ।"त्यो तीतो यथार्थ मैले न बुझेको कहाँ छु र, काम गरी हाल्छु नि भनें । मीन पचास को बिदा भरि खूब काम गरियो । कमाइ पनि राम्रो नै भयो । गुठी गहना, "नख:, चख:"( चाड पर्ब) समेत मनाउन सकिने जस्तो भयो । बिदा सकियो । नौ कक्षाको पहिलो दिन, राहुले जिन्दगीमा पहिलो पल्ट फर्स्ट ब्वाइ को हैसियतले स्कूल गएको । मन मा अनेक तर्कना खेलाउंदै । अब के गर्ने होला भन्ने चिन्ता ले सताउन पो थाल्यो । मास्टरले कसैलाई न आए मलाइ नै सोध्ने हुन्छ। आफु परियो अझै लड्डु को लड्डु नै। जे पर्ला पर्ला, चुनौतीको सामना त गर्नै पर्‍यो । पढाइ सुरु भयो, कक्षा कोठामा पढाईदा ध्यान दिन थालें( पहिला पहिला खास् खुस् गर्ने बानी थियो) । एउटै उद्देश्य रह्यो, मेरा वरिपरी थुप्रै घायल प्रतिस्पर्धिहरु छन । कुनै पनि बखत मेरो "प्रथम" को उपाधी खोसिन सक्छ । त्यही एउटै मन्त्रमा अडिग भएर पढ्न थालें । प्रथम हुनु को धेरै फाईदा के भयो । एक अपरिचित राहुलेलाई धेरै ले चिने । दोस्रो अब फेरी मनितरको लागि कसैले चुनौती पेश गर्न हिम्मत गरेन । तेस्रो पढ्न वाध्य भएं । पढाइ भन्दा नि अंग्रेजी र नेपाली दुबै भाषा मा यथेष्ट सुधार देखियो । स्कूल बाट निबन्ध प्रतियोगीताहरुमा प्रतिनिधित्व गर्न आयोजित प्रतियोगीतामा दोस्रो भएं र एक जना सिनियर दाई सँग सँगै निबन्ध लेख्न धेरै ठाउँमा गएं । सिनियर दाजु बद्री मानन्धर ले सबै जसो प्रतियोगीता जिते र मलाई अर्को साल राम्रो गर्न सक्छु भन्ने आश जाग्यो । अंग्रेजीमा पनि उल्लेख्य सुधार भो । त्यतिबेला, बी ए मेजर अंग्रेजी को परिक्षा को केन्द्र स्कूल मा परेको रैछ । अंग्रेजीका गुरु, भूपाल लामिछाने सर ले उक्त बी ए को जम्मै ग्रामर बोर्ड मा लेखो दिनु भो र ट्राइ गर्नु भन्नु भयो । आफ्नो ब्रम्हले सके जती हल गर्यौं । पछि चेक गर्दा सम्पूर्ण ग्रामर खन्ड मिलेछ र धाप दिंदै भन्नु भयो"नेगेटिभ् थाहा न भएको को यति प्रगति हुन्छ भन्ने सोचेको थिइन, धेरै राम्रो प्रगति छ, एस् एल् सी मा कुनै कष्ट् हुने छैन"। यता पढाइ मा जती सुधार हुँदै थियो उता घर मा पिताजी को स्वास्थमा पनि त्यतिकै सुधार । अब पिता जी लौरो को सहयतामा हिड्डुल गर्न सक्ने हुनु भयो । बिस्तारै चम्चा ले गाँस मुख सम्म पुर्‍याउन् सक्ने हुनु भयो। औषधि उपचार् जारि नै थियो। तान्तृक् तन्त्र को असर् वा चिकित्सा बिज्ञान् को चमत्कार्, कुनै धमिलो आशा पनि न देखिएक्को बिरामीमा चहक् देखिन थाल्यो। नौ कक्षा को पनि सम्पूर्ण परिक्षा सकियो । यसपाली भन्ने प्रथम हुन्छु नै भन्ने बिश्वास थियो र भयो पनि । दोस्रो हुने को भन्दा पनि झन्दै १०० अंक ले छलाङ लगाएछु । अझ अरु दुई वटा सेक्सन मा प्रथम हुनेहरु भन्दा त १५० अंक ले बेग हाने छु । आफ्नो परिश्रम को फल मीठो नै पाए जस्तो भो । बिहान ६ बजे देखि ७ बजे सम्म र बेलुकी ९ बजे देखि ११ बजे सम्म मात्र मेरो अध्ययन को अबधी थियो । अब १० पुगियो । ख्याल ठट्टा गर्ने बेला हैन, एस् एल सी को सवाल छ भन्थे सबै जना । शैक्षिक सत्र को सुरु मै हेड सर आदर्णिय गम्भीर मान सर बाट बोलावट भयो, हेड्सर को कार्यक्षमा । "तेरो प्रगती को रिपोर्ट हेरें, म प्रभाबित छुं । तैलें हाम्रो स्कूल को इज्जत राख्नु पर्छ । बोर्ड ल्याउन सक्छौ । हामीले सक्दो सहयोग गर्छौ ।" हेड्सर को यस्तो प्रेरणादायी कुरा सुनेर अझ म मा उर्जाको संचार भयो । मैले मेरो घर को नाजुक स्थिती र मेरो बाध्यता सुनाएं र भनें"अझै पनि मलाई बिश्वास् छ, म राम्रो गर्नु सक्छु । एस् एल सी को २ महिना अगाडी मात्र सम्पूर्ण समय पढाई मा बिताउन पाए हुन्थ्यो । अहिले देखि पढन भनेर मेरो घर परिवार को माड खोस्न म सक्दिन र चाह्दिन पनि ।" हेड सर पनि भाबुक हुनु भो । अझ आश्चर्यचकित हुनु भो । भात जोडेर कलम कापी समात्ने को यस्तो प्रतिभा । यसै सिलसिला मा हेड्सर् हाम्रो घर् पाल्नु भयो र पिताजी सङ् लामै भलाकुसारि गर्नु भयो। र एस् एल् सी को २ -३ महिना अघि नै उस्लाई पढ्ने मौका दिन अनुरोध गर्नु भयो। घर् का अन्य सदस्यहरु पनि चकित् थिए। हेड्सर् घर् आउनु नै अचम्म को घट्ना थियो। शालीन् स्वभाबका गम्भीर् मान् सर् को गम्भीर् आग्रह् न मान्ने कस्को हिम्मत्? फाल्गुन मा सुरु भएको शैक्षिक सत्र को सुरुवाट मै जी ए ए ले आयोजना गर्ने एश्वर्य शील्ड हिज्जे प्रतियोगीता भाग लिनु पर्ने भयो । अंग्रेजी भने पछि झ्याउ लाग्ने आफुलाइ । भाग लिन्न भनेर बसेको, गन्भीर मान सर को आग्रह लाइ टार्न सकिन । छनौट मा भाग लिएं । न चाहदा न चाह्दै पन सेलेक्सन मा परियो । स्पेल्लिङ कन्टेस्ट भनेको नै त्यतिबेलाका अंग्रेजी आवासिय स्कूल हरु, सेण्ट जेभियर्स्, सेण्ट मेरिज्, बुढानीलकण्ठ्, आदर्श बिद्या मन्दिर्, भानु भक्त मेमोरियल्, शिद्धार्थ बनस्थली, आनन्दकुटी, ल्याब स्कूल्, आदी इत्यादी हरुको पेवा मानिन्थ्यो । हाम्रो जस्तो एक दुई सरकारी स्कूल ले कहिलेकाही दरो चुनौती चाँही दिन्थे । प्रतियोगीता सुरु भो । पहिलो चरण मै आनन्दकुटी, सेन्ट मेरिज र बुढानिलकण्ठ सँग भिडियो । हिम्मत हारेनौ । सेण्ट मेरिज र हामी डोस्रो राउन्ड पुग्यौं । अर्को राउण्ड पनि जित्यौं । सेमी फाइनल पनि जित्यौं । फाइनल मा सेण्ट मेरिज्, सेण्ट जेभियर्स् , भनुभक्त मेमोरियल र हामी भिड्ने भयौं । हेड सर तनावयुक्त मुद्रा मा । कहिलेइ सुपारी समेत न खाने ले चुरोट सल्काएको देखें । बडा महारानी को समक्ष अब बेइज्जत हुने डर रहेछ । त्यो डर हामी मा नि थियो । एक से एक बलियो स्कूल हरु माझ फुच्छे घाटे स्कूल का हर्लम्फु हरु । रानी को सवारी सँग सँगै प्रतियोगीता सुरु भो । हामी ले हिम्मत चाँही हारेका थियनौ । प्रतियोगीताको रिकर्ड हेर्दा भानुभक्त लाई चाँही जित्न सक्छौ जस्तो लाग्यो । तनावमय वातावरण मा जुझ्दै अन्तिम राउण्ड सम्म मा पुग्दा हाम्रो स्थिती सेण्ट मेरिज पछि दोस्रो मा थियो र सेण्ट जेभियर्स् भन्दा धेरै नै अगाडि भयौं । अन्तिम राउण्ड मा पनि त्यही स्थिती कायम गर्न सक्यौं र सिल्भर मेडल को हक्दार भयौं । यसरी पहिलो पल्ट जीवन मा कुनै पदक जित्यौं र त्यो पनि तत्कालीन महारानी को बाहुली बाट । खुशी को सीमा रहेन । समारोह बाट सिधै घर पुगें र पिताजी को हात मा त्यो चाँदी को तक्मा राखी दिएं र धेरै बेर हामी बाबु छोरा रोइरह्यौं । क्रमश:
Read Full Discussion Thread for this article