Posted by: chanaa_tarkaari April 13, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु ! मन्तयेक ला? ह्याप्स दियो ताआआआआआआआ ??? चौतारिआँ बासी भ'को कथा उता बल्खु गाममा सारे के रे । आज फिरि अर्को एउटा भाग ले'र आ'को छु के रे । हुन त थुलिले लोब स्टोरी सुन्न परो भनेर हल्ला गर्दै छिन । तर स्कुलाँ भने हड्ताल छ - अव क्यार्नि हो मोइले ? भाग - ७ --------------- "ल ल चना । टिम्ले नबोलेसम्म अब अगादिको कुरा हुन्दैन । मलाइ अझै याद छ बा!!! यो चनाले पोहरसाल इस्कुलमा आएको फर्स्त दे मा नै यस्टो राम्रो नेपाली खरर्रर्रर पदेर ल्यायो कि । म ट टीन छकै परेँ बा~~~!! हा हा । ल ल टिम्ले नै मनाउनु पर्यो टिम्रो साठीहरलाइ, टिम्ले भन्यो भने माट्र मानेर ल्याउँछ होला ।" मुलाको अचार भन्ने सरले बोले । "खै सर, हाम्ले त फी बढाउन भएन भनेको, वहाँ सरहरुले मान्दै मान्नु हुन्न । के गर्ने ?" हेडसरतिर ताकेर चनाले भन्यो । यसपछि भने हेडसरले "जिन्दगीमा कम्प्रोमाइज गर्नु पनि पर्छ, भनेको चीज सबै पाउन सकिन्न ।" भनेर लामो दर्शन नै छाँटे । चनालाइ पनि हेडसरको त्यो दर्शन बिल्कुल ठीक लाग्यो । हेडसरले बोलेकै टुक्राहरु सापटी लिदै चनाले बोल्यो - "वार्ता समस्या होइन समाधानको हतियार हो । समाधान नगर्ने भए वार्ता किन गर्ने? आ-आफ्नो अडानमा नै बस्ने भए वार्ता किन चाहियो? त्यसैले सरले हामीलाइ कम्प्रोमाइज गर्न उपदेश दिए सरी सरहरु आफै कम्प्रोमाइज गर्न कतिको तयार हुनुहुन्छ त्यो जानकारी पनि दिनु पर्यो सर ।" "हो ल, चनाले अव राम्रो कुरो गर्यो ।" हेडसरले शायद फुर्क्याएर आफ्नो कुरो मनाउने बाटो पाए र भन्न थाले - "हामीले प्रस्ताव गरेको २५०% फी बढाउने भन्ने हो । यसो गर्न खोज्नु हाम्रो रहर होइन । हाम्रो पनि बाध्यता छ, थुप्रै कारणहरु छन, भाइबैनिहरुले त्यो पनि बुझ्नु पर्छ । स्कुल हामी सबैको हो । सरकारले स्कुललाइ दिने अनुदान घटाएको छ, हाम्रो खर्चहरु यतियति बढेको छ । अहिले स्कुलको बार्षिक घाटा यति छ।" लगायतका हिसाव देखाउदै हेडसरले फेरि पनि कुरो उतै मोडे । "यो सपै खर्च र भविष्य को खर्चसमेत ध्यानमा राखेर प्रति विद्यार्थी फी यति यति पर्न आउछ । हामीले त्यसअनुसार २५०% फी बढाउने प्रस्ताव गरेको हो ।" त्यो बेला चनाको महिना फी २० रुपैया थियो । यो फी तिर्न पनि धौ धौ नै थियो । चना र उनको बहिनीको लागि लाग्ने जम्माजम्मी फी ३५ रुपैया कमाउन पनि आमाले राति अवेर अवेर सम्म धुप बाट्ने ऊन काट्ने जस्तो काम गर्नु परेको थियो । २५०% फी बढेर महिनाको ७० रुपैया (दुवैको गरेर करीव ११० रुपैया) तिर्नु पर्ने भन्ने सम्झँदा आङ नै सिरिङ्ग हुन्थ्यो । रैथाने नेवारका संयुक्त परिवारभित्र हुने आर्थिक अभावको पीडा सबै जसो बिद्यार्थिहरुको समान समस्या थियो । त्यसैले बढेको फी को बिरोध गर्ने जोश कसैसित कम थिएन । हेडसरले थप्नुभयो - "तापनि अव यत्रो हड्ताल भयो, सबैलाइ यो मन परेन, अब हामी यो फी घटाएर १५०% बढाउने र त्यो अनुसार हाम्रो योजना बनाउने भन्ने कुरामा कम्प्रोमाइज गर्न तयार छौ । ल भाइबहिनिहरुले यो कुरा मानेर हडताल टुङ्ग्याउनु पर्यो । " यति भन्न नपाउदै सपै चिच्याए - "हुदैन हुदैन हुदैन सर। फी बढाउने कुरो त गर्दै नगर्नोस । " फेरि अर्को सरले बोले । "हैन, अव कम्प्रोमाइजको कुरा गरौ न, हामी २५०% बाट १००% झरेर १५०%मा आएपछि, भाइबहिनिहरु पनि बढेर १००%सम्म बढाउने भन्न पर्यो नि । अनि फेरी हामी अलिकति झरौला, भाइबहिनिहरुले अलिकति बढ्ने, त्यसरी पो कम्प्रोमाइज हुन्छ त ।" अर्को एकजना जोस्सिएर कराए । "हैन सर, १५०% को के कुरा? हामि त १% बढाउन पनि तयार छैनौ । सरहरुले देखाएको हिसाब सरकारसित के कसरी गरेर मिलाउनु पर्ने हो त्यो मिलाउनुस, हामी फी बढ्न दिदै दिन्नौ ।" अब फेरी डेडलक हुने स्थिति आयो । कुरो नमिल्ने छाँटकाँटले पढाइ पनि हुने देखिएन, फी घट्ने पनि देखिएन । वार्ताकोठामा सन्नाटा छायो, कोहि पनि बोलेन, उसले उसको मुख हेर्ने उसले उसको मुख हेर्ने मात्रै । चनाले चारैतिर आँखा दौडायो । सबैले ऊसितै केहि आश गरेको महशुस गर्यो, सबैले उसलाइ नै प्रतिक्षारत रहेको जस्तो लाग्यो । सिनियर दाइहरु तिर हेर्यो, सबै थकित, किंकर्तब्यमुढ र बिचारशुन्य देखिन्थे । हेराइमा कुनै चमक थिएन । दर्शकदीर्घामा हेर्यो अभिभावकहरु सपै निराश देखिन्थे । प्रशिक्षण दिने दाइहरुको उपस्थिति पनि थिएन । प्रशिक्षणमा सिकाइएको तर्कहरु सपै प्रयोग गरीसकिएको थियो । के गर्ने के गर्ने । फेरि चना अघि सर्यो । "सरहरुले अब्यबहारीक बन्न भएन । सबै बिद्यार्थिहरुको घरायसि आर्थिक अवस्था कस्तो छ सरहरुलाइ राम्रै थाहा छ । जसरी २५०% बाट १५०% हुनसक्छ, १५०% बाट पनि अझै झर्न त मिल्ला नि सर ।" "मिल्न त मिल्छ नि, अघि हामीले त्यत्रो बुँदाहरु मानेका छौ । त्यो नमान्ने हो भने मिल्छ । ल के गर्ने त अघी हामीले मानेको कुरालाइ नमान्ने भनेर अगाडि बढौ त अब?" हेडसरले भन्नु भयो । "हुदैन हुदैन सर । हुन्छ भनेर मानेको बुँदा नमान्ने भन्न कहाँ पाइन्छ?" धेरैजना एकैचोटी कराए । "ए बाबा त्यो सपै मानेको त फी बढाउने कुरा पनि मान्ने भनेर हो नि । फी नबढाएसम्म अरु बुँदाहरु मान्ने भन्ने त कुरै भएन । कसरी कुरा मिल्छ ? " यसरी अप्ठेरो परेपछि चनाले प्रशिक्षणको दायराभन्दा बाहिर गएर आफ्नै ढंगले कुरा गर्ने अठोट गर्यो । "सर, हामीलाइ एउटा कुरो स्पष्ट पार्नोस । बुँदागत रुपमा यति % फी बढाए यो यो कुरो राख्न सकिन्छ भनेर भन्न सक्नु हुन्छ? जस्तो ५% बढे लाइब्रेरी, १० % बढे टोइलेट, खानेपानि इत्यादि ।" "ओ हो यो त सारै अप्ठेरो छ । त्यसरी भन्नलाइ नसकिने नै त होइन तर तुरुन्त भन्न सकिन्न । मोटामोटीरुप मा १००% जति फी बढाउने हो भने अहिले सुधार गर्ने भनेको कुराहरु धेरै जसो गर्न सकिन्छ होला ।" यसरी कुरा चपाइ चपाइ भनेपछि चनालाइ आफुले कुरो बुझे जस्तो लाग्दै आयो - स्कुलले वास्तवमा १००% जति फी बढाउन खोजेको रहेछ, बार्गेन गर्नको लागि शुरुमा २५०% फी बढाउने घोषणा गरेको रहेछ, र पछि बार्गेन गर्दै झरेर १००% फी बढाउने लक्ष्य लिएर यसलाइ बार्गेन पोइण्ट बनाउन खोजेको रहेछ भन्ने ठान्यो । चनाले फेरि एकपल्ट सरहरुले मानेको मागहरु हेर्यो, ती माग पुरा गर्न पक्कै फी त बढ्नै पर्छ भन्ने लाग्यो र प्वाक्क भन्यो । "१००% होइन सर २५% गरम र सरहरुले मान्नु भएको बुँदाहरु सपै पालन गर्ने प्रतिबद्दता पनि रहोस ।" यति भन्न नभ्याउदै सबै बिद्यार्थि प्रतिनिधिहरु चिच्याए - "हे चना, बहुलाइस? के बोलेको त्यो? हामी १% पनि बढाउन हुन्न भनिराखेको बेला, तँ २५% भनेर बोल्ने, गधा ।" *******************************************************************************************
Read Full Discussion Thread for this article