Posted by: Gautam B. April 13, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार! सबैलाई नयाँ वर्ष २०६४ को हार्दिक शुभकामना छ! सबैले मागेको पुगोस्, रोजेको मिलोस्! "नयाँ वर्ष" भोलि फेरि- आफ्नो आलस्यको दोष मिले अरु कसैमाथि र नमिले 'भाग्य' माथि थोपर्नु छ, पोहर गरेर जानी-जानी बिर्सिएका वाचाहरुको नवीकरण गर्नु छ (हुनत पोहर पनि परारकै नवीकरण थियो!), अपरिचित 'फोटोकपी' मेलहरुको राश पन्छाएपछि अपरिचित सयौं मान्छेहरुलाई- उस्तै 'फोटोकपी' मेलहरु पठाएपछि बाँकी रहेको समयमा हतार-हतार, नयाँ हुने दाउमा- एक अंक मात्रै हेरफेर गरेर जिन्दगीका पानाहरुमा पूरानै समीकरण भर्नु छ।
Read Full Discussion Thread for this article