Posted by: shirish April 13, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
'डुबायो डीभीले' घनश्याम खड्का काठमाडौं, चैत २९ - गोरखा तन्द्राङकी सीता बस्ताकोटी डीभी परेको दिन खुसीले रातभरि निदाउन पनि सकिनन् । सरकारी शिक्ष्ँिकाको सरल जिन्दगीमा एउटा परिवर्तन ल्याइदियो डीभीले । राष्ट्रसंघको आईएलओ अर्न्तर्गतको एक संस्थाका जागिरे उनका पति राजेन्द्रले जागिर छाडिदिए । दर्ुइ जुम्ल्याहा छोरा, आफू र श्रीमान् अमेरिका जान लागेको पत्तो पाएका सीताका छिमेकीले उनलाई सजिलै ऋण पत्याए । 'सेकेन्ड लेटर आइसकेको थियो,' राजेन्द्र भन्छन्- 'ढुक्कैले खर्च गरियो ।' अमेरिका गइहालिन्छ, अनि त पैसाको के खा“चो भन्ने सिद्धान्तले तिनले ६ लाख खर्च गरेछन् । तर सोचेजस्तो कहा“ हुन्छ - सीता अन्तर्वार्तामा अमेरिका जान अयोग्य घोषित गरिइन् । 'म बर्बाद भए“' आमरण अनशन बसेकी सीताले भनिन्- 'अमेरिकाले ठग्यो ।' एउटा शान्त र सरल जिन्दगी डीभीको हुरीले यसरी उडाएको घटना यो एउटामात्रै होइन । तीन सयभन्दा बढी त क्षतिपर्ूर्तिको र डीभी चिट्ठा खारेजीको माग गर्दै आन्दोलनमै उत्रिएका छन् । ओखलढंुगाका दिनेश पोखरेलको डीभीकै कारण सम्बन्धविच्छेद भएको छ । 'डीभी परेको थाहा पाएपछि' खोटाङकी रिता केसीले सुस्केरा हालिन्- 'गाउ“भरिका मानिस भेट्न आए, बधाई दिए र भाग्यमानी भनेर प्रशंसा गरे ।' तर भिसा नपाएको थाहा पाएपछि तिनै मानिस उनीस“ग बोल्दैनन् रे । डीभी पीडित संघका अध्यक्ष घनश्याम बस्यालका अनुसार २५ भन्दा बढी पीडितको मानसिक सन्तुलन खलबलिएको छ । दर्जनभन्दा बढीको सम्बन्ध विच्छेद र एक सयभन्दा बढीको जागिर गुमेको छ । ऋण सबैलाई लागेको छ र धेरैको घरबार बन्दकीमा छ । चिट्ठा भनेको धेरैस“ग लिएर थोरैलाई दिने खेल हो । यहा“ अमेरिकाले पनि यही गरिरहेको राजेन्द्रले बताए । अमेरिकाले भर्खर जन्मिएको बच्चाको पनि अन्तरवार्ताको नाममा मोटै रकम लिएर ठगी गरेको उनको गुनासो छ । www.kantipuronline.com
Read Full Discussion Thread for this article