Posted by: Rahuldai April 12, 2007
230 years of Monarchy...
Login in to Rate this Post:     0       ?        
धेरै चोटि धेरै ठाउंमा लेखेको छु, हामीले कति छिटो ईतिहास बिर्सने गरेका छौं । सकरात्मक कुरा कहिलेइ अगाडी राखेनौ। १- माओबादिको जन्म के ६ बर्षको प्रजातन्त्रमा गर्भाधारण भएको हो? गरिबी, अशिक्षा, छुवाछुट्, सामन्ती थिचोमिचो, के ६ बर्ष को उपज हो? सदियौं देखि नेपाली जनतालाई रैती बनाएर, दास् बनाएर देश चलाएको उकुस्मुकुस बिस्फोटन भएको मान्नु हुन्छ कि हुदैन? २- २३८ बर्षको कुरा नगरम्, पन्चायत को कुरा गरम्। तानशाहि रुपमा राजाले बुँख्यचा हरु अगाडि राखेर देश चलाएको ३० बर्ष मा भए गरेका बिकास र आर्थिक बृद्धी दर र बहुदल आए पछि तपाईहरुले भने जस्तै भ्रष्ट्र हरु ले शासन चलाउदा को भौतिक र आर्थिक बिकास को कुनै लेखा जोखा छ, तपाइ हरु सित्?। वास्तबिकताको धरातल् मा आएर् कुरा गरम्। जथाभावि गाली का श्ब्दहरुले यथार्थ मेटिदैन। हो अपेक्षाकृत बिकास भएन, बिकृति धेरै जन्मे । मात्र नेता र कार्यकर्ता को खुराफाति दिमाग र संलग्नताले मात्र यती बिसंगती जन्मेको हो त? खबर्दार गर्ने हात हरु खै? ३- माओवादी को कारण १४ हजार निर्दोष को ज्यान गएको छ । दुर्भाग्यपूर्ण ईतिहास हो । कयौं घरबार बिहिन र अपाङ्गभएका छन्, लेखाजोखा छैन । तर अब आएर ती बन्दुके औंठा छाप हरु हिंसा त्यागेर मूल धार मा आएका छन । के फेरी तिनिहरुलाई फेरी जङल पठाउनु पर्‍यो र फेरी अर्को १४ हजार निर्दोष हरु को बली चढाउनु पर्‍यो? तिनी हरुको अपराध समय ले दिने छ, जनताको मत ले दिने छ । ४- हलेरी मा नेपाली सेना ले माओवादीको पोलिट्ब्युरो मिटिङ घेरा हालेका थिए । तत्कालीन प्र म गिरिजा प्रसाद ले संबिधान ले दिएको अधिकार प्रयोग गरी हलेरिमा सेना को कार्यबाही गर्न आदेश दिंदा सेना ले किन मानेन र दरबार को आदेशमा सेना पछि किन हट्यो? १४ हजार् को ज्यान् सित यो प्रसंग जोड्ने कि न जोड्ने? दरबार र माओवादी को के अघोषित गठबन्धन थियो । राजा बिरेन्द्र को हत्या भएको दोस्रो दिन मा कान्तिपुर मा माओवादी क दोस्रो कमाण्डर बाबु राम भट्टराई ले राजा बिरेन्द्र सङ् हाम्रो कार्यगत एकता थियो भनेर लेख छापाएका थिए( हेर्नुस् कान्तिपुर्) । के यो, मात्र संयोग थियो? अब सात दल सित मिलेका छन्, यस्को राम्रो नराम्रो परिणति
Read Full Discussion Thread for this article