Posted by: chanaa_tarkaari April 12, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु ! मन्तयेक ला? ह्याप्स दियो ताआआआआआआआ ??? थुलि मो नि त्यहि गामको सेतो घरबाट आधा हात पर तिर हो - मेरो कथाको तलतल लागीरा' जस्तो लाओ के रे गाम्लेहरलाइ । लु आज अर्को एउटा भाग ले'र आ'को छु के रे - अल्लि ढीलो भो - शायद पहिलाको भाग बिर्सी पनि सकियो होला के रे । त्यहि भ'र पुरानो भागहरु उता बल्खु गाममा राख्दिया छु - रिफ्रेश अर्न मुन लाए उतातिर घुमेर आम के रे । मुन नलाए ह्याँ मुनि आँखा डुलाम के रे । भाग - ६ --------------- वार्ता कमिटिमा प्रशासनको तर्फबाट चिनेका नचिनेका सरहरु थिए । आमने सामने बिद्यार्थि प्रतिनिधि र सरहरु, यता दर्शकदीर्घामा अभिभावक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, संचालक समितिका मेम्बरहरु, अन्य गन्यमान्य र बिद्यार्थिहरु समेत थिए । बिद्यार्थिहरु निकै धेरै थिए । परिचयको क्रममा चनालाइ पनि वार्ता गर्न आएको देखेर हेडसरले भनिहाले - "चना ! तिमी पनि नेता बनेर वार्ता गर्न पो आएछौ । त्यस्तो राम्रो पढ्ने ज्ञानि बिद्यार्थी भन्ठानेको मैले, हँ, स्कुलमा यत्रो बगैचा सगैचा बनाएको मान्छे । तिमी जस्तो मान्छे पनि यस्तोमा हडताल सडतालमा लाग्ने हो?" वार्ता शुरु हुनु अगावै देख्ने बित्तिकै यस्तरी बचनवाण हान्दै अज्ञानि र नपढ्नेहरु मात्र हड्तालमा लाग्छन भन्ने अर्थ लाग्ने गरी हेडसरले यस्तो भनेपछि चनाले पनि चर्को स्वरमा जवाफ फर्काइहाल्यो - "अब हामीले स्कुल राम्रो पार्न बनाएको बगैचालाइ सरहरुले देखिनसहने, उल्टै फी बढाएर हडताल गराएर पुलिस बोलाएर दमन गराउने ‍- बगैचा सप्पै नाश भो हेर्नुस, हामीले त्यत्रो मेहनत गरेर पसिना चुहाएर बनाएको बगैचा तपाइले गर्दा सबै नाश भयो । त्यो देख्न नसकेर नै त्यसको जिम्मा तपाइले लिनु पर्छ भन्न म यहाँ आएको ।" चनाले बोल्न नभ्याउदै ताली बज्यो पर्ररर्ररर । "भैगो यो कुरो छोडुम । अब स्कुल खोल्नु पर्यो । कति दिन हड्ताल गर्ने ?" "बढेको फी फिर्ता लिनुस, हामीमाथि दमन गर्नेलाइ कारवाहि गर्नुस, पुलिस बोलाउनेलाइ कारवाहि गर्नुस। भोलिदेखि नै हड्ताल खत्तम ।" चना फेरि चम्कियो । ताली परर्रर्ररर्रर । त्यसपछि विवादको रुपमा हैन बुँदागत रुपमा एक एक जनाले बोल्ने भन्ने कुरा आयो । सबै बिद्यार्थि प्रतिनिधिले पालैपालो बोल्ने भनियो । आ-आफ्नो पालोमा प्रशिक्षणको योजना मुताविक सबै बिद्यार्थि प्रतिनिधिहरुले बोले । अनि सरहरुले बोल्ने पालो आयो, तर सरहरुको पालोमा भने हेडसरले मात्रै बोले - धेरै लामो बोले लगभग सबैजसो बिद्यार्थीले उठाएको सवालहरुको जवाफ दिदै बोले । बाँकि सरहरु टाउको हल्लाएर मात्रै बसे । त्यसपछि चना जुरुक्क उठ्यो । "सरहरुबाट पनि सपैको विचार पालैपालो आउनु पर्यो । हामी बिद्यार्थिहरु चै सपैले बोल्नु पर्ने, सरहरुमा चाहि हेडसरले बोलेपछि पुग्ने? के छ ल अरु सरहरुको भनाइ, हामीलाइ त्यो चाहियो ।" "हैन, हेडसरले भनिसक्नु भयो नि, हामीले फेरी किन भन्नु पर्यो ?" "अनि हामीबाट चाहि किन सपैले पालै पालो बोल्नु पर्ने? हेडसरले मात्र बोले पुग्छ भने बाँकि सरहरु त्यहाँ नबस्नुस । जानुस दर्शक बसेको ठाउँमा ठाउँ खालि छ, त्यहा बसेर सुन्नुस । केहि नबोल्ने खाली हेडसरले भनेको कुरो सहि हो भनेर टाउको हल्लाएर बस्ने भए ठाउँ ओगटेर त्यहाँ किन बस्ने ?" फेरी ताली परर्ररर्ररर्ररर । बाँकि सरहरु रातो रातो हुन थाले । हेडसर पनि कायल देखिन्थे । वास्तवमा यो कुरा प्रशिक्षणको योजना मुताविक बोलिएको थिएन । तर यति भनिसक्दा अघिसम्म गजक्क परेका सरहरु लुरुक्क परिसकेका थिए । नेपाली बिषय पढाउने बिप्लव सरले भने । "हैन ठीकै छ नि । अब बोल्ने बिषयमा पुगेपछि सबैले आ-आफ्नो राय दिऔला, अहिले नै सपैकुरो भइसकेको छैन । अब बुँदागत रुपमा अघि बढौ न ।" बहसमा चनाले सक्रिय भाग लियो । आक्रामक र धाराप्रवाह रुपमा बोलेर चनाले बिद्यार्थिका मागहरु जायज छन भन्ने पक्षमा सशक्त तर्कहरु राख्दै आफ्नो पक्षबाट राम्रो भुमिका निभायो । लाइब्रेरीको पुस्तक, खेलकुदका सामान, ट्वाइलेट, खानेपानीका समस्या, प्रयोगात्मक कक्षा हुनुपर्ने, प्राथमिक उपचार, भौतिक पुर्वाधारको सुधार र शैक्षिक भ्रमण सम्मका मागहरुमा प्रशासनले नाइनास्ति गर्न सकेन । तर फी को कुरामा भने बहस अड्कियो । प्रशिक्षणको योजना अनुसार फी पटक्कै नबढाउने मागमा दह्रो अडान लिने, र भएन भने ५ - १०% सम्म बढ्न दिने भन्ने थियो । यस्तो गर्दा पनि स्कुल प्रशासनले अन्य नयाँ शुल्कहरु थपेर २५% सम्म बढाउने सम्भावना रहन्छ भनेर बुझाइएको थियो । तर बहसकै क्रममा चनाले सोच्न थाल्यो, तेत्रो अरु माग पुरा गर्दिने भनेको छ, फी नबढाए त कहाँबाट पैसा आउँछ? सरहरुले घरखेत बेचेर ती माग पुरा गर्दै जाने त होइन होला । कि त अरु माग पनि चाइएन, फी पनि नबढाउ भन्नु पर्यो, कि त फी बढ्ने कुरामा सहमत हुन पर्यो । धेरै बढ्ने कि थोरै बढ्ने भन्ने सवालमा पो बहस हुनु पर्यो । यो कुरा गमेर चना बहसमा सुस्तायो । उता बहस गर्दै गरेका सरहरु र बिद्यार्थि प्रतिनिधिहरु भने आ-आफ्नो अडानबाट टसको मस भएनन । बहस जारी थियो तर उपलब्धिहिन । *******************************************************************************************
Read Full Discussion Thread for this article