Posted by: Birkhe_Maila April 11, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
चोखो छँदैछु साथी हल्ला चलेर के भो ? जल्दैन हेर पानी आगो बलेर के भो ? हारेर भाग्न मैले माया गर्या त हैन सक्नेछु लड्न एक्लै, साथी गलेर के भो ? विश्वास गर्छु तिम्रो औ हेर्छु प्रेमले म माया नमार मन् मा आँखा छलेर के भो ? सप्ना जलाउने त्यो आगो जलेछ आफैँ हामी खुशी छँदैछौँ संसार जलेर के भो ? मुस्काउँदा तिमीले, आत्मा भयो उज्यालो जूनै लुकेर के भो ? घामै ढलेर के भो ? अर्चना दाहाल "सप्रेम" *********************************************** उन्का सम्झनाका थलीमा धराप चिताएं ! मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं ! निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै हेलमेल बढ्यो र अंगालोको ताप चिताएं ! फैलिन सकिने सम्भाबना देखें मिलनमा घाम भन्दा पारी धरातलको नाप चिताएं ! ओठ टोकी रहे मानौं बिगत केही फुत्केला ! मैले खाली हाम्रो भबिष्यको बार्तालाप चिताएं ! सपना कजाउन कति निदाई मात्र रहुं ? जगाउने आबाज उन्को पदचाप चिताएं मबि सि बष्टन, अमेरिका :):) http://sahitya.org.np
Read Full Discussion Thread for this article