Posted by: Rahuldai April 11, 2007
FNJ prez denied US visa
Login in to Rate this Post:     0       ?        
H1b, कुरो सही हो । बिष्णु निस्ठुरी को बिगत को ईतिहास थाहा पाएको ले पनि दुई शब्द लेखेको हुं । कुनै पनि योग्य ब्यक्तिले भिसा पाउन भन्ने अभिप्राय मात्र हो । न पाएको, अन्याय भएको रहेछ भन्ने दु:खद घट्ना नै हो । ताली बजाउने होइन । अझै ताली बजाउने हरु को लाम देखेको छु । मानौं उ मात्र असल ब्यक्ती, अति योग्य, बाकी जम्मै चोर हुन । यही हो हाम्रो मनसिकता? अर्को कुरा, बिष्णु निस्ठुरी, खल्ती पत्रकार होइन । माओवादी को ज्यादाति को समर्थन मा कहिलेइ लेख र रिपोर्टिङ गरेको देख्नु भएको छ? कसैले? माओवादी को बिल्ला भिडाइ दिने त्यतिक्कै । माओवादी प्रती उनको स्पष्ट धाराणा छ । पढ्दै न पढि, को मान्छे हो निस्ठुरी बुझ्दै न बुझी अपशब्द प्रयोग गरी हाल्ने? मेरो टिप्पणी तिनिहरु को लागि मात्र हो, जो आफु बाहेक अरु सबै चोर देख्छन । पहिला आफ्नो आङ को भैंसी केलाउनु र अनि मात्र अरुको जुम्रा गणना गर्नु । मेरो बिनम्र निबेदन छ ।
Read Full Discussion Thread for this article